Similar Articles

कथा लघुकथा

कैदी विवेक--- शेखर ढुङेल

बिराट नेपाल

लघु कथा

एक देशका विख्यात पूर्व मन्त्री आफ्नो अन्तिम स्वास फेर्दै थिए । उनका वरिपरि टाढा टाढा देखि आएका सर्वसाधारण हरुको ठुलो  भिड लागेको  थियो ।

त्यस्तो अवस्थामा पनि उनी आफू वरपर बसेका लाई अनेक अर्ति उपदेश दिइरहेका थिए । सबै श्रद्धापुर्बक ध्यानले उनको उपदेश लाई सुनी रहेका थिए ।

त्यसै सिलसिलामा उनले भने जे जस्तो अवस्था होस् "अन्यायको विरुद्ध लड्न भने पछि न हट्नु होला "अन्यायको विरुद्ध लड्नु भएन सानो तिनो स्वार्थ ले बोल्नु भएन भने तपाईँ हरुको जीवन त् "दासत्व" मा नै बिती हाल्दछ तर तपाईँ हरुका  सन्तान पनि दासत्व मानसिकताको प्रभावमा परेर कहिल्यै स्वतन्त्र सोच बनाउन सक्ने छैनन् र अन्यायको विरुद्ध लड्ने छैनन् ।

व्यक्ति र समाजको आन्तरिक दासत्व मानसिकताले नागरिको ऊर्जा र एकतामा स्खलन हुनेछ समाज विभक्त हुनेछ र हाम्रो आन्तरिक दासत्व ले निम्त्याउने बिभाजन ले हाम्रो स्वतन्त्रता अस्मितता र सार्बभौमिकता माथि विदेशीले राज गर्ने छ .हामी माथि विदेशीको कब्जा हुनेछ ।

ती मन्त्रीको कुरो चाख सित सुनिरहेका एक युवक खित खित खित .......खित   खित गर्दै जोडले हासे । त्यो देखेर उपस्थित सबै स्तम्भ भए ।

मन्त्रीले ती युवक  लाई सोधे बाबु  तपाईँ निक्कै पढे लेखेको बुझ्ने मानिस जस्तो हुनु हुन्छ मेरो कुरामा व्यंग गरेर यसरि हास्नु को कारण थाहा पाउन सक्छु कि ?

ताकी म शान्त मन ले मर्न सकु ?

युवक ले जवाफ दिए मन्त्री ज्यु जब तपाईँ पदमा हुनु हुन्थ्यो तपाइका राजाको अन्याय  विरुद्ध आवाज उठाउदा कैयौ ले जेल भोग्नु पर्‍यो । कयौ सर्वसाधारण मानिसको घर सम्पति जबर्जस्ति राजाको कोषमा हालियो कैयौ निर्दोष प्रजा लाई मारियो यहाँ सम्म कि तपाईँ स्वयम् लाई राजाले आफ्नो मानिस भर्ना गर्न अन्याय पूर्वक हटाए तपाईँ किन त्यस्तो अन्याय  विरुद्ध लड्नु भएन ?

युवक को कुरो सुनेर मन्त्रीको आँखामा आशु भरियो । मन्त्रीले भने बाबु म त्यो समयमा म राजाको नाजायज  कमाइको  नुन खाई रहेको थिए । जुन नुन अन्न प्रजा लाई दुखी पारेर संकलित  थियो त्यस्तो नुन खाएको हुँदा मेरो सोच र विवेक पनि स्खलित भएको थियो ।

त्यसैले मेरो बोली बन्द थियो मेरो विवेक त्यस बेला राजाको नुन को कैदी थियो । आज मेरो रगत बाट  त्यो नाजायज नुनको गुण बगी सकेको छ मेरो इमान्दारी र असल सस्कार फिर्ता आइ सकेको छ । त्यसैले यसो भन्दै छु ।

हेर युवक जो जसको नुन खान्छ त्यसको  सोच र व्यवहार पनि त्यसै हुन्छ उ नुनको दास हुन्छ विवेक नुनको कैदी हुन्छ विवेकले स्वतन्त्र भएर काम गर्दैन ।

पछि त्यही युवक एक महान् समाज सुधारक हुन्छन् समाजको अन्याय अत्याचार को विरुद्ध लड़छन र समाज लाई एक सभ्य समुन्नत र सस्कारयुक्त  बनाउन सफल हुन्छन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक