Similar Articles

कथा लघुकथा

अमेरिकन "वाउ" अर्थात् नेपाली आहा !- मनु ब्राजाकी

बिराट नेपाल

हुन त अमेरिकन "हाई" ब्रिटिस "हेल्लो" को सट्टा र "वाऊ" चाहिँ "वन्डरफुल" को सट्टा आएको होला । तर यसले 'आहा' र 'वाह' को पनि प्रतिनिधित्व गरेझैं लाग्छ । कुनै सुन्दर दृश्य र घटना देखेर "वाऊ" गर्दा यै आशय बुझिन्छ । अनौठो कुरा देखेर "वाऊ" भन्नु सामान्य भईहाल्यो । अरू पनि अर्थ र आशय छन् भने भन्नेले नै जानोस् । 

अमेरिकाको तिजमा सोह् सिंगाारले र बत्तीस लक्षणका गहनाले ढपक्क ढाकिएर नाच्दानाच्दै एउटी राताम्यै महिला बेहोश भएपछी रमिता हेर्दै फोटो खिंच्दै गरेका अमेरिकनहरु कराए "ह्वाट ह्यापेण्ड ?" 

तिज नाच्ने नारीहरुबिच उभिएका एकमात्र आधुनिक पुरुष पुरेतले अङ्रेजीलाई नेपाली पारामा तिनीहरूलाई भने, "लोग्नेलाई दीर्घायु पार्न दानापानी बन्द गरेर नाच्दा यस्तो भयो । यो हाम्रो कल्चर हो । "
"वाऊ !" अमेरिकनहरु !

यसो भन्ने यिनी बस्तुत: पुरेत हैनन । अमेरिका आएर जातले पाएको पेसा अंगालेर अतिरिक्त डलर कमाइ रहेका हुन । 

हाम्री स्वास्नीहरु लोग्नेको गोडाको जल खाएरमात्र अन्नजल गहण गर्छन् । यो पनि हाम्रो कल्चर हो !
"वाऊ !" अमेरिकनहरु !

"सात वर्षे गोमालाई सत्तरीका शिव शर्मासित बिहे गर्ने चलनको पाठ अझै पढ्दैछौं । यो पनि हाम्रो कल्चर हो !"
"वाऊ !" अमेरिकनहरु !

"नारीलाई हामी देवी भन्छौ ! र अहिलेका मितिसम्म हामीले अनेक थरीका धार्मिक विधि/विधानको लगाम देवीको मुखमा हालेर देवीकै घोडा चढेर यहाँसम्म आइपुगेका हौँ । यो पनि हाम्रो कल्चर हो !"

"वाऊ!" "वाऊ!!" "वाऊ!!!" दर्शक अमेरिकनहरु शिष्टाचारबश छक्कपर्दै कराए । तर एउटी केटी रिसाउंदै चिच्याइ - "हाऊ ................?"

उसले बोल्न नपाउँदै आँ गर्दा अलङ्कार बुझेर अमेरिकनहरुले उसको मुख अँठ्याइहाले । उसले सोध्न आटेको प्रश्न व्यक्तिगत स्वतन्त्रता विरुद्ध र अमेरिकन शिष्टाचार बिरुद्ध पनि थियो ।
नेपाली कल्चर, वाऊ ! वाऊ !! वाऊ !!! केटीको मुख थुनेका अमेरिकनहरु कराए । 

कल्चरको नाममा हास्यास्पद हुने नेपाली प्रबासीहरु र आफ्नो थोत्रो कल्चर छोडन नदिने अङ्रेजी पढेका नेपाली पुरेतले गम खाए " हाम्रा केटाकेटी भन्दा यी अमेरिकनहरु कति धर्मप्रेमी र कल्चरप्रेमी छन् । 

नारीलाई जन्मदेखि मृत्‍युसम्म घोर पिडा, अपमान र सास्ती दिने "कल्चर" कहिले सिनो झैँ मिल्किएला भनेर एउटा "भल्चर" हाम्रो थाप्लोमाथि अमेरिकामा पनि कुरेर बसिरहेको छ । 

“वाऊ ! "


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक