Similar Articles

कथा लघुकथा

पात्र हत्या--पुरानाघरे

बिराट नेपाल

 à¤®à¤¾à¤˜à¥‡ सक्रान्तिको अघिल्लो दिन गुमाने बिहानै मनमा विभिन्न कुरा खेलाउँदै घरको उत्तरपटिको बरान्डामा निस्किन्छन । बिबाह भएको एक हप्तामात्र भएको छ । ‘बिबाहपछि घरमा एउटा नयाँ रौनकता छाएको छ पानी परेपछिको आकाश खुलेझैं,’  à¤®à¤¨à¤®à¤¨à¥ˆ सम्झन्छन उनी । बाहिर बसेर वरिपरि नियाल्न थाल्छन ।  à¤˜à¤°à¤¦à¥‡à¤–ि अलि पर पुर्वपट्टी भएको बृद्धबृद्धाहरू बस्ने काउन्टीले निर्माण गरेरको ठूलो भवनका बाहिर केही बुडाबुढीहरू घाम ताप्दै चुरोट तानिरहेका छन । कोही खोक्तै पनि छन एक तमासले । गुमाने मन मनै भन्छन, ‘मान्छेहरू चेतना भएर पनि किन पशु जस्तै गरेका होलान ? तान्ने बेलामा सकेजत्ति सुर्ती तान्छन बैंशमा अनि फोक्सो मकाएपछि जंगली कुकुर जस्तो वुफ वुफ गर्न थाल्छन । त्यती बिघ्न सुर्ती तानेपछि खोकी त लागिहाल्छ नि, बैंशमा तुजुक देखाएकाले सतायो बुढाबुडीलार्इ यतिखेर, कति दुःख धान्नु पर्ने हो त्यही बैंशमा देखासेखी गर्दै रोपेको बानीहरूको बुढो सुकेको रूखको फेदीमा बसेर अझैं । आ ! मलार्इ के को टन्टा ?’ पश्चिमतिर फर्किन्छन उनी । 

यति विघ्न हिउँ झरेको छ कि आँखाले देख्न सके जति सबै सेताम्य देखिन्छ । ‘फेरि कति मजाले रूखहरू, घरका छानाहरू, र गाडीहरूमा टाँसिएको ? मानौं, रूखमै फलेको हो हिउँ । ती घरहरू पनि हिउँले नै छापिएका हुन । सबै गाडीहरूमा पनि हिउँ जडिएको हो । प्रकृतिको लिला पनि अपरम्पार छ गाँठे ! यस्तो राम्रो संसार, परिवार, र साथीहरू सबै छाडेर झण्डै पो कुबुद्धीले पासोमा झुण्डि पठाएको गाँठे ! मलार्इ पनि कस्तो सोचाइ आएको होला ? अलि सोचाइलार्इ नियन्त्रणमा राख्न सकिएन भने त  à¤–त्तम हुने रहेछ । मान्छे मर्न त केही बेर नलाग्ने रहेछ । यस्ती मजाकी मायालु पाउने रहेछु, यति राम्रो ठाउँमा बस्न पाइएको छ । प्रकृतिले मिहिनेत गरेर सझाउँछ मौसम अनुसार, हेर न ! कति राम्रो देखिएको यो प्राकृतिक छटा वरिपरि ?’

गुमाने बाहिरका दृश्यहरूमा पालवित हुन्छन । प्रफुल्ल भएर कल्पना गर्न थाल्छन । उनको मनमा कुरा खेल्न थाल्छन, ‘अब त दिदीको पनि आफ्नै परिवार छ । भिनाजु नेपालको चित्वनबाट आएका रे । अलिक उमेर खाएका भए पनि भलाद्मी छन । दिदीलार्इ अब दुःख हुन्न भनेर आमा पनि बेला बेला मनभरि हार्षोल्लासको बगैंचा सझाएर रमाउँछिन ।‘ यतिकैमा वाक् वाक् गर्दै वेगले भित्र पस्छिन गुमानेकी दिदी, चञ्चला । ढोका बेगले बजारिएर झ्याम्म लाग्छ ।

राती धेरै बेरसम्म मिनाक्षीको बाटुलो नितम्ब र सलक्क परेको भेट मसार्दै गफ गरेको सम्झिन थाल्छन उनी । दिदीको अलिअलि सुन्निएको पेट देखेपछि  à¤®à¤¨à¤®à¤¾ अलिक उत्ताउलो काउकुती लागेर आँउछ । ‘’मेरी दिदीबाटै जन्मिएको एउटा भान्जो खेलाउने सपना पनि साकार हुने भयो ।“  à¤‰à¤¨à¤²à¥‡ विस्तारै साउती गरे आफुलेमात्र तर प्रष्ट सुनिने गरी । दैलो चुर्इssss गर्दै खुल्यो बिस्तारै, उनको भाले सातो गयो झण्डै,  â€˜à¤§à¤¨à¥à¤¨ दैलो हावाले खोलेको रहेछ ।‘ मुसुमुसु हाँसे उनी केही बेरसम्म । 
 
एक हुल हाँस जस्ता लाग्ने चराहरू धेरै माथि आकास हुँदै पूर्वतिर पंत्तिबद्ध हान्निए । ‘यसरी यी चराहरू आकासमा पूर्वतिर गए भने झन हिउँ झर्छ भन्छन । संसार नै छोपिसक्यो, कति पर्न सकेको यो बुर्को पनि ?’ खोइ कसलार्इ हो उनलार्इ नै थाहा भएन तर हिजो काममा जानु अघि दुर्इ घण्टाको निरन्तर लडार्इंपछि बल्ल कार हिउँको पञ्जाबाट निकालेको सम्झदै मनमनै जङ्गिएर सोधे ।

फेरि पुर्ब फर्किए, कुर्सी अचेटेर भित्तामा अडेस लगाए, शरिरभरि घाम टल्किने गरी उपरखुट्टी लगाएर सोच्न थाल्छन उनी । ‘घरमा आमालार्इ पनि सञ्चो हुँदै गएको छ । झन मिनाक्षी यो घरमा भित्रिएपछि हाम्रो यो कुर्इरेको देशमा ऋण गरेर किनेको घर पनि स्वर्गमा परिणत भएको छ ।‘ 

"गुमाने कान्छा ! बिहे हुने वित्तिकै झोक्रिएर बाहिर बस्न थालिस त ? यसरी झोक्रायो भने त छोरी जन्मिन्छे है, केटा !" हरिले मजाका गर्यो । कताबाट कहाँ हिडेको हो गुमानेलार्इ पत्तै भएन । हिजोको रक्सीको धङधङे अझै रहेछ खुट्टा लरबरउाँदै हरि एकाबिहानै ओरालो लाग्यो बोकाचोर कार्इंलाकातिर । 

‘साला, रक्सी धोक्न र तरूनी लतार्न पाए केही नचाहिने निमकहराम, छोरा भए पनि छोरी भए पनि त्यस ट्वाकिन्द्रे बाहुनलार्इ के मतलव ?’ निकै झनक्क रिस उठ्यो मनमनै गुमानेलार्इ । केही भनुँला जस्तो गरेर मुन्टो तन्काएर हेरे तर हरिले जाँडको धङ्धङेमै भए पनि अघि नै गल्ली काटिसकेको थियो । 

"हाम्रो कन्यारासी अध्यक्ष के भन्छन, भाइ ?" भैरेले सोध्यो पश्चिमपटिको पार्किङलटबाट । अघि कतिबेलादेखि हिउँ सोर्दैरहेछ भैरे, गुमानेलार्इ थाहै भएन ।

"गाउँभरिका आइमार्इ भेला गरेर ल्याउँछु भन्छ नि जडाहा बाहुन, के भन्छ र ? " गुमानेले निकै दरो झापड मारे ख्यालख्यालमै । भैरेलार्इ श्रीमतीले दुर्इ हात बाँधेर कस्सेर छातिमा दन्काए जस्तो भयो । आफुलार्इ समाल्दै भन्यो, " हो नि, भाइको कुरामा दम छ है ! यिनी, यो हाम्रो समाजलार्इ फुटाएर मोज गर्ने मानिस हुन । हामीले चङ्ख हुनुपर्छ यिनदेखि । यिनलार्इ पैसाचाही दिनु हुँदैन नि । पैसा दियो भने त यिनले बुढी नै लान बेर लाउँदैनन नि फेरि !"

 à¤—ुमानेलार्इ हरि, भैरे, र बोकाचोरा कार्इंलाको चर्तिकाला राम्रोसँग थाहा छ । ‘यिनीहरूले समाज भाँडेको देख्न नसेकर हो मैले आत्महत्या गर्ने सोच बनाएको गतशाल । मलार्इ तैले चिनाउनु पर्छ हरि को हो भनेर ? फुड स्टाम्पमा रक्सी र बोकाको मासु पाइन्जेल सक्तो धोकेर समाजिक रण्डिबाजी गर्दै हिड्ने तिमेरूलार्इ म चिन्दिन ?’ गुमानेले मन मनै रिस पखे र मथ्थर भए ।

अलिक हलुको पाराले भने, " मलार्इ पनि राम्रोसँग थहा छ दाजु, हाम्रो समाजमा कुन कति जाने भाँडो हुन भनेर । फुड स्टाम्पमा रक्सी र बोकाको मासु पाइन्जेल हो यी बाहुनहरूको तुजुक । घरमा बुडा बाबुआमा हेर्छु भनेर सरकारलार्इ ढाँटो, बसीबसी पैसा पाकिहाल्छ, फुडस्टाम्पमा रक्सी पाइहाल्छ त्यो धोतिको पसलमा, ल्यायो खायो, तास खेल्यो अनि समाजमा भएका असल मानिसहरूको खैरो खन्यो बस्यो । तिमीले पनि आमालार्इ पग्लाइ बनाएर ल्यायौ अरे नि त हो ? अब भत्ता अप्लार्इ गर, हेर्छु भन अनि तिम्रा पनि दिन आए तर याद गर दाजु, डोकाले छोपेका दिन हत्केलाले सुर्य छल्दैन नि ! यो पाप धुरीबाट नकाराओस् पछि ।" गुमानेले निकै जङ्गिएर दनक दिए । 

भैरेलार्इ निकै पछि अचानक अकबरे सुर्सानी लगाएको भुटुवा सितन र रक्सी सर्किए जस्तो भयो । माथिबाट निकै ठूलो केही खसेर किच्न लागे जस्तो लाग्यो । एक भन्नु न दुर्इ भन्नु भयो र निहुरिएर लुरूलुरू हिउँ सोर्न थाल्यो ।  à¤‰à¤¤à¤¾ त्यहीँ पर्तिर बसेर घाम तापिरहेकी भैरेकी श्रीमति, पवित्रीले पनि सुनिन तर भैरेका मनोदसा देखेर मुसुमुसु हाँसिमात्र रहिन ।

गुमाने सम्झिन थाल्छन, 'पवित्री र भैरेका जोइपोइको दिनै पिछे झगडा हुन्छ । यिनीहरूको झगडा नभएको दिनै हुँदैन । यिनीहरूको झगडाले त्यो अपार्टमेन्टबाट दिनदिनै नेपालीहरू निस्किएर जाने क्रम जारी छ । नम्बर तेह्रमा बस्छन उनीहरू र वरिपरि सबै खालि छ । अस्ति व्यवस्थापनले पुलिस लगाएपछि अलिक मथर भएको थियो, फेरि केही दिन भयो खपिसक्नु छैन । भैरे बाहुनलार्इ शसुराले अलिक तह लगाउँथे पहिला पहिला तर बुडाकी सानी छोरीलार्इ क्यासर भएर मरिन पोहोर साल ।  à¤›à¥‹à¤°à¥‹ भने पनि छोरी भने पनि तिमी नै हौ हाम्रो बुढेसकालको साहारा भनेकी छोरी अचानक वितेपछि बुडा पग्ला जस्ता भएका छन र भैरेलार्इ अहिले ठूलै राहात र स्वतन्त्रता छ पिउन र केटीहरूसँग सल्किदै हिड्नलार्इ ।"

घाम माथि पुगेका छन तर आज विदाको दिन भएकाले गुमाने मस्त घाम ताप्ने शुरमा छन । अर्कापटि फर्किएर डाढ सेकाउँछन घामपटि र सोच्न थाल्छन उही भैरेको कुरा, 'राती कामबाट घर पुग्दा भैरे मातेर झुल भइसकेको हुन्छ र केही केटीहरूले ड्रप गर्दिन्छन घरसम्म प्राय जसो । पवित्रीको नारी मनले भैरेको त्यो चाला ठीक ठान्दिन । सोधिहाल्छे, "यति रातीसम्म कहाँ गएका थियौ ? काम उस बेला सकिन्छ तर घरमा यस बेला आउँछ, त्यही पनि ताल हेरेन ? पृथिवीको भार ! ती तिमीलार्इ लिएर आउने नखरमौलीहरू को हुन ?" सोधिहाल्छे पवित्री । 

रल्लु भएको भैरे सकिनसकि मुख बटारेर बोल्न थाल्छ, "मेरो जि एफ हो । के गर्छेस, तँ पनि तिनीहरू जस्तै सेक्सी हुन सिक न बरू, के आरिस गर्छेस उनीहरू राम्रा भएको ?"  à¤®à¤¾à¤¤à¥‡à¤•à¥‹ तालमा भेरैले पवित्रीलार्इ राम्री छैनस, बोल्न जान्दिनस, हेर्दा पनि जर्सी गार्इ जस्ती छेस तँ डाम्ना भनेपछी भैरेको घरमा वार शुरू हुन्छ । भैरे सात वर्षको हुँदा बुडाले कान्छी लिएर वेपत्ता भएको अहिलेसम्म केही अत्तोपत्तो छैन । छोराको मुख हेरेर आफ्नो जवानीको पनि प्रवाह नगरी सबै थोक त्यागेर बसेकी भैरेकी आमा अहिले पग्लाइ जस्तै भएकी छन निकै भयो ।' 

'चिन्ता र समस्या नभएको मानिस यो संसारमा कोही होला र ? मातेर तङ्ग गर्नु किन ? मिलेर परिवारलार्इ समालेर बस्न नसक्ने निमक हरामहरू ।' गुमानेलार्इ भैरे जस्ता जाँड खाने बाहुनहरूको जिन्दगीदेखि हतास लागेर आउँछ । 

कुर्सी सिधा पारेर रेलिङमा खुट्टा अडेस लगाएर सोच्न थाल्छन । उनै विचरा बुढी आमोर्इ छिन उनको मनमा, ‘जहाजले बैतर्णी नदी तारेपछि जीवनको आस मारेकी छन बिचरा बुढीले ।‘ "यस्तो अनकन्टार ठाउँमा ल्यायो यो भैरेले । मैले त जान्न भनेकै हुँ । कम्तिमा बोली बिक्थ्यो, हिडडुल गर्न सकिन्थ्यो, खान पुगेकै थियो, लाउन पुगेकै थियो । मलार्इ त्यहीं मेरा पुर्खा जन्मे मरेको भूमिमा मर्न दे भन्दा पनि जबरजस्ती ल्यायो । यहाँ त न मरिजानु न गरिखानु बनायो यस कुलङ्घारले," भन्दै रून्छिन बुढी धेरै जसो ।  "यो अम्रिका भन्ने त नर्क नै रहेछ," भन्दै निरास हुन्छिन र अति भएपछि मर्ने दबाइ खोज्छिन, पासो लाग्ने सोच्छिन, फेरी त्यही भैरेको मायाले तानेर फर्कार्इ ल्याउँछ बिचरा बुढीलार्इ । हुँदा हुँदा ती बुढीलार्इ भैरेले मनिप्लान्ट बनाएछ अझै । कमाइ खाने भाँडो भइन अब बुढी आमोर्इ, भैरेले हिजोबाट पत्रकार टुपिन्द्रको सहायताले आमोइलार्इ पग्लार्इ भनेर काउन्टीमा दर्ता गरेछ ।'  à¤¸à¥‹à¤šà¥à¤¦à¤¾à¤¸à¥‹à¤šà¥à¤¦à¥ˆ गुमानेको मन थामिएन, ज्याकेटको बाउलाले नजाने जस्तो गरी आँसु पुछे । यताउति हेरे अनि बल गरेर समालिए आफैं । 

भित्र ख्वाक्क ख्वाक्क खोकेको आवाज आउँछ । 'हाम्री आमाले पनि उहिले बैंशमा सुर्ती खाएको अहिले विस्तारै निस्किन थालेको छ । बा पनि जाँडरक्सी र सुर्तीको अपचले गर्दा सानो छदै शरणार्थी शिविरको कुन्न पन्नामा चेपिनु भयो, थोरै थोरै सम्झना छ, श्राद्धका दिन एक पटक सम्झन कर लाग्छ नत्र मलार्इ कुबुद्धीले मरेको मानिसको सम्झना पनि गर्न मन लाग्दै । हट, पोहोर झुण्डि पठाको भए त मलार्इ पनि नराम्रो पो भन्ने रहेछ मान्छेले, गाँठे !'

पाठकतिर फर्के अलिक जोशिलो आवाजमा बोले गुमाने, "कुबुद्धीले आत्माहत्या गर्नु भयो भने तपार्इंलार्इ पनि मान्छेहरूले थुक्छन है, ख्याल गर्नु होला ।"

श्रीमान खोज्दै बाहिर बरन्दातिर निस्किन मिनाक्षी गन्गनाउँदै, "हैन, तपार्इं त यहाँ पो लुकेर बस्नु भएको रहेछ ? मैले कहाँ कहाँ खोजिन ? चिया खाजा खान पनि आउनु भएन । विदाको दिन यसो घर सफा गर्न सघाउनु भए पनि त हुन्छ नि ? घरको हालत कस्तो छ तपार्इंलार्इ थाहै छ नि ? बिहामा उपाहार दिएका सामानहरू भित्र थुपारेको ठाउँमा जस्तोको तस्तै छन  à¥¤ महिना दिन हुन लाग्यो मान्छेहरूले देखे भने के भन्छन हँ, तपार्इंलार्इ ? मिनाक्षी यतिकै के के भट्याउँदै भित्र पसिन । 

"एक छिन घाम तापेको हो, आइ हालें । दिनभरि समय छ त हो, गरूँला नि?" यति चाही भन्न भ्याए गुमानेले तर मिनाक्षीले सुनिन, सुनिनन उनलार्इ पत्तो भए । नेपाली टेलिसिरियल तीतो सत्यको खै कुन भाग हो सम्झिदै उनी भित्र पसे । 

भान्जो दिने दिदी, त्यही खाना कक्षाको एउटा कुर्सीमा बसेर केही खाइरहेकी थिइन । गुमाने पनि त्यही एउटा कुर्सीमा थ्याच्च बसे । टेबलको एउटा छेउमा चियाको ग्लास राख्दै बोलिन मिनाक्षी, "चिया लिनु होस, दिदीलार्इ अलिक सञ्चो भएन रे, तल नयाँ बस्तीको धामी काकाकोमा लगिदिनु रे, फुकपाक गर्न ।"

"ए हो ? त्यहाँ माथि मताङको छेउमा चाबी झुण्ड्याएको छु, लेउ त जाउ । म बजार गएर अलिक तेजिला माछाहरूको टाउँको किनेर ल्याउँछु । त्यसको अलिक मरमसला राम्रो गरेर दिदीलार्इ एक दुर्इ बटुका जति सुप दिएपछि सञ्चो पनि हुन्छ, अमेरिकाको राष्ट्रपति नै हुने खालाका भान्जा पनि आउँछन ।" यति भनेर गुमाने आमातिर हेरेर मुसुक्क कोडी हाँसो हाँसे । चञ्चला पानी पानी भइन र जुरूक्क उठेर भित्र आमाको कोठातिर लागिन । भरखरै मैतालु ल्याएकी मिनाक्षीका गाला पनि स्याउ जस्तै राता राता र पोटिला भए । "कान्छा ! दिदीलार्इ जे सुकै नभन है, उसको पनि मन छ, दुःख्छ नि !" घोक्रो तान्दै आमाले खबरदारी गरिन । केही बोलेनन गुमाने । चिया खाएर सामान मिलाउने मनसायले माथि तलातिर चढे । कोठाभरि सामान असरल्लै छन । एकछेउमा शुभकामना लेखिएका कार्डहरू छन अर्कापटि उपहारका सामानहरूको थाक छ । आमा पनि आइन पछि पछि र एक छेउमा बसेर सामान मिलाउन थालिन । सामान देखाउँदै भनिन, "धन्न पो घर किनिएछ है कान्छा ! नत्र भए त्यो बालको कोठामा भए त यी सामान कता राख्थिस होला बाबै ? " गुमाने मुसुमुसु हाँस्न थाले ।

तलामुनीबाट आमाजू बुहारी पनि चडे । छेउमा बस्दै बोलिन चञ्चला, "हैन यत्रो विधि सामान कहाँ राख्नने होला अब ? हन मान्छे अमेरिका त आए तर जीवन शैलि भूटान र शरणार्थी शिबिरकै छ अझै । अमेरिकनहरूले उपहार कार्डमा पैसा भरेर दिन्छन र पाउनेहरूले आफुलार्इ चाहिएको सामान किन्न र आवश्यकता अनुसार खर्च गर्न सक्छन । सव्य देशका मानिसहरूको जीवनशैलि पनि सव्य हुन्छ । हाम्रो समाजलार्इ त्यहाँ पुग्न कति लाग्ने होला ?" धेरै बर्षसम्म मानसिक सन्तुलन गुमाएकी दिदीको कुरा सुनेर गुमाने प्रफुल्ल भए । मन मनै सोचे, ‘दिदीको कुरा त सही हो यार । अब यसको प्रयोग म आफैंबाट शुरू गर्छु । मलार्इ जहाँ बोलाउँछन परिभेष अनुसार कि त नगद दिन्छु कि त उपहार कार्डमा पैसा भरेर दिन्छु । यसरी सामान दिनु त उपोगि नहुने रहेछ ।‘ 

अलिक कटाक्ष गर्दै बोलिन मिनाक्षी, “अब दिदीले भन्नु भए जस्तै भइदिए त कति राम्रो हुने थियो, तर मान्छेहरू कार्ड दिन कहाँ ठीक ठान्छन र ? दश डलरमा यत्ती समान आउँछ, कार्डमा १० डलर हाल्दा कता हराउँछ हराउँछ । यसरी सामान दिँदा आफुलार्इ उपहार आएका सामान नै लिएर उपहार दिन जान पनि सकिन्छ । मलार्इ त यही सामान दिने पनि ठीकै लाग्यो है ।" "हैट, तिमीले दिदीको कुरा बुजेनौ हो । दिदीले एउटा जीवन शैलिमा आउनु पर्ने सुधारको कुरा गर्नु भएको हो क्या ?" गुमानेले श्रीमतिका कुरालार्इ भुर्इंमा खस्न दिएन्न । 

“समय अनुसार चन्लु पर्छ भन्छन । आफ्नो पन पनि छाड्नु हुन्न फेरि । तिमीहरू सबैका कुरा ठीकै हुन आफ्ना ठाउँमा । यो स्वतन्त्र मुलुकमा जसो गर्न पनि पाइन्छ भनेको होइनस कान्छा तैंले ?" आमाले गुमानेलार्इ फन्दामा पारिन । "त्यसो त हो आमा, तर उपहार दिएर कसैलार्इ यसरी बोज थप्नु भन्दा उपहार कार्डमा पैसा भरेर दिंदा झन राम्रो होइन र ? "छोराका कुरा सुनेर उनले भनिन, "यसरी बस्तुहरू उपहार दिने चलन पो कति भएको होला र ? उहल्यै मेरो बिहेमा त नगद पैसा नै दिएका थिए सबै जन्त आएका र आफन्तहरूले पनि ।" 

'यति सामान पनि के कमिलालार्इ मुतको पहिरो भएको होला ?' मिनाक्षीले मनमनै सोचिन । उनलार्इ सहिनसक्नु भयो, " केही दिदीलार्इ दिउँ, केही भिनाजुलार्इ दिउँ, केही राखौं । घर सजाउन भइहाल्छ नि, अब नहुनु भने पनि किन्नै पर्ने हो क्यारे ।" अहिले भने गुमानेले श्रीमतिलार्इ सही थापे, " ल दिदी, तपार्इंलार्इ मन लागेको एउटा सामान छान्नु ?" चञ्चलाले बिचबाट गुलावी रङको झोला टिपिन, "मेरा भाइ बुहारीको बिबाहको चिनो यस्तै राख्छु लगेर जिन्दगीभरि" । यति भनेर झोला काखीमा च्यापिन । गुमाने र मिनाक्षीले कसले दिएको उपहार हो भनेर सम्झिन निकै कोशिस गरे, तर सकेनन । मिनाक्षीले भनिन, "दिज्यू, हजुरले लान चाही सक्नु हुन्छ, तर एक चोटी खोलेर हेर्नु चाही पर्छ । त्यहाँभित्र हामीलार्इ शुभकामना पत्र र अन्य दिज्यूलार्इ काम नलाग्ने कुरा पनि दिइएको हुन सक्छ ।" 

चञ्चलाले वास्ता गरिन्न, " जे भए पनि होस । मेरा भाइ बुहारीले मायाले दिएको जे पनि मलार्इ बहुमूल्य हुन्छ ।" गुमानेले यतिखेर सोच्न भ्याए, ' कतै ठाकुर भाइले दिएको त होइन त्यो उपहार ? तिनले त  à¤¸à¥‹à¤§à¤¿à¤¹à¤¾à¤²à¥à¤›à¤¨ मेरो उपहार कस्तो लाग्यो भनेर भेट्ने वित्तिकै, । भोलि शनिबार फोन गर्न पनि बेर छैन । यदि यही हो भने त दिदीले नखोली लाने भइन, अब ठाकुर भाइलार्इ के भन्ने ?' 

उनका मनमा धेरैबेर कुरा खेल्न आमाले दिइनन् । चञ्चलाका हातबाट झोला तानेर खोलिन । निकै मिहेनत गरेर पोको पारिएको त्यो उपहारमा एउटा सझाउने सामानको सेट रहेछ । एउटा नमिलार्इ पट्याइएको पत्र जस्तो देखिने सफा एक मुठो कागज पनि रहेछ । त्यो झर्यो र गुमानेकै काखमा पर्यो । यसो हेरे गुमानेले, माथि शीरमै  à¤²à¥‡à¤–िएको थियो टिपी मिश्र, अमेरिका । बिचमा आँखा घुमाए, नेपाली भाषामा कम्प्युटरबाट लेखिएको त्यो पत्रको पहिलो पन्नामै निकै ठाउँ उनले आफ्नो नाम ठम्याउन भ्याए एकै झल्कोमा । पत्र अलिक विशेष लाग्यो उनले नजानिदो गरी तीघ्रामुनि च्यापेर लुकाए । उनी राता पिर भए । मिनाक्षीले श्रीमानको मनोदशा बुजेजस्तो गरिन । चञ्चलातिर फर्केर उपहार पुनः पोको पार्दै भनिन, "लु लु  à¤¦à¤¿à¤¦à¥€ लानु । मलार्इ नराम्रो पर्ला भन्ने चिन्ता थियो तर राम्रो रहेछ ढुक्क लाग्यो ।" 

केही बेर सामान मिलाएर सबै खाना खान किचनतिर झरे । त्यही समयमा दाउ पारेर गुमानेले त्यो पत्र भित्र कोठामा पसेर सबै पढे, कथा रहेछ उनकै विषयमा लेखिएको । निन्याउरो अनुहार पारेर खाना खान झरे । खान भागमात्र बसे गाँस छिराउन सकेनन् । त्यतिकै उठे केही खाएनन पनि । उनमा आएको परिवर्तनले परिवारमा शंकाउपशंका होला भन्ने डरले उनले सञ्चो नभएको नाटक गरे र गत बर्ष डाक्टरले दिएको सल्लाह अनुसार केही नकेहीमा आफुलार्इ समलग्न राख्न कोशिस गरे । मनभरि विभिन्न कुरा खेलिरहे दिनभरि नै । उनलार्इ ठाकुर भाइले यसो गरेको हो भनेर पत्याउनै गारो भयो । ठाकुरलार्इ फोन गरेर सोध्न पटि आँट गरेरनन त्यतिकै घोत्लिरहे दिनभरि नै । 

साँझ पर्न लागेको थियो, किरररर किरररर फोनको रिङ बज्यो । यसो हेरे, ठाकुरकै फोन आएको रहेछ । केही बेर रिङ बज्यो र रोकियो । फेरि आयो त्यसै गरी रोकियो तर उठाएनन । फेरि बज्यो अनि उठाए । " दाजु नमस्ते, सञ्चै हुनुहुन्छ ? नयाँ जीवन कस्तो चल्दै छ ? भाउजुलार्इ कस्तो छ ? आमा र दिदीलार्इ ठिकै छ नि ?"  à¤…लिक हितैषी लवजमा ठाकुरले केही प्रश्न सोधिहाले । 

गुमानेलार्इ कुरा गर्न मन थिएन तर एक्कासी मन दुःखेर आयो । उनले रूँदै भने, "मेरो भाइ, यसरी मेरो हत्या किन गर्नु हुन्छ तपार्इं ? तपार्इं पढेलेखेको टाठाबाठाहरूले हामी अशिक्षित निमुखालार्इ गर्ने न्याय यही हो ? मेरो विषयमा किन लेख्नु भयो ति नाना कुराहरू ? मेरो इज्जतलार्इ माटामा मिलार्इ दिनु भयो होइन ? चरित्र हत्या गर्ने पनि एउटा हद हुन्छ नि ? कथाका पात्रको निजि जीवन हुँदैन ? 

मेरो विषयमा मलार्इ नसोधी लेख्नु भयो तर सामाजिक चेतनाका निम्ति लेख्नु भयो भनेर मैले केही भनिन, पत्रिकामा छपाउनु भयो, सार्वजनिक सञ्जालभरि पनि यही मेरो आत्महत्याको चर्चा छ । त्यो पनि मैले सहें, तर हुँदा हुँदा आएर मेरो बिबाहको उपहारमा पनि त्यही पुराना खाटा बसिसकेका घाउहरू कोट्याएर मलार्इ मरणासन्न पार्नु भयो होइन ? यसरी पात्रको निजी जीवनमा गएर चरित्रहत्या गर्न तपार्इं लेखकहरूलार्इ  à¤…लिकति दया पनि लाग्दैन, हैन ? तपार्इं पढेलेखेका भनाउँदाहरूको चेतना देखेर मलार्इ दया लागेर आयो, तपार्इंलार्इ धिक्कार छ भाइ !
गुमाने घुँक्क घुँकक रून थाले । ठाकुर अनबक्क भए, ‘कसबाट यस्तो काम भएछ ?" बिहेको उपहारमा पनि त्यही कथा दिएर पात्रको ख्याल ख्यालमै चरित्र हत्या नै भएछ । अब के भन्ने होला ?’ उनले लामो सास तानेर भने, "दाजु, मेरो पालो हो अब बोल्ने ?" गुमाने झन सारो धुँक्क धुँक्क गर्न थाले ।

ठाकुरलार्इ पनि झनक्क रिस उठ्छ । अलिक झ्वाँकिएर बोले, "गुमाने दार्इ, अब मेरो कुरा सुन्नु होस, “मैले दाजुका विषयमा जुन कथा बनाएँ त्यो मात्र जनचेतनाका निम्ति बनाएको हुँ, मैले दाजुलार्इ पछि जानकारी गराएकै हुँ । त्यो कथा छापियो जनचेतनाकै निम्ति छापियो । सार्वजनिक सञ्जालमा सबैतिर छ त्यो पनि जनचेतनाकै निम्ति फैलाइएको हो । दाजुले यसमा दुःख मान्नु पर्ने कुरै के छ र ? तपार्इंले आत्माहत्या गर्नु भएको पनि होइन, सोचाइमात्र त थियो । सोचार्इ त मानिसहरूलार्इ हरेक मोडमा हरेक किसिमका आउँछन नि ! तपार्इंले आत्याहत्याका विषयमा सोच्नु भयो, हामीलार्इ भन्नु भयो, र तपार्इंको उपचार भयो । त्यो कति राम्रो भयो भन्ने कुरा सोच्नु भएको छ ? हो, यही चेतना र शिक्षा हाम्रो समाजका अरू मानिसहरूलार्इ पनि मिलोस भनेर मैले कथा लेखेको हुँ र प्रकाशन गरेको हुँ ? दाजु संसारलार्इ शिक्षा दिने गुरू हुनु भएकोमा मलार्इ भने कत्रो गर्व लागेको छ । तपार्इं भने मलार्इ नै नाना भाँति भन्ने ? ठाकुरले गुमानेलार्इ असमञ्नसमा पारे ।

गुमानेले पाठकलार्इ औंल्याउँदै भने, “पाठकजी, यदि तपार्इंलार्इ पनि मनमा आत्माहत्याका विषयमा सोच आइरहेको छ भने मैले जस्तै गरी कसैलार्इ भन्नु होला है ! यता त यसको उपचार सजिलै हुँदोरहेछ । आफुलेमात्रै जान्ने बुज्ने होइन नि फेरि ? ठाकुर, भाइले जस्तो अरूलार्इ पनि सुनाउनु-सिकाउनु होला ।“

गुमाने आफ्नो अनुमान फेल भएकोमा छक्क परे, “त्यसो भए भाइले मलार्इ दिनु भएको होइन त्यो पत्र ?” “ए दाजु ! मैले किन त्यसो गर्छु ? म बाहिर जानु पर्ने हतारले हाम्रोबाट उपहार सानीले दिएकी हुन । मलार्इ पक्का छ कि त्यो तपार्इंले भन्नु भएको कथा हामीले दिएको उपहारको झोलामा छदै थिएन । झन मेरो दाजुलार्इ मन अलमल्याउन, सिरियल हेर्न र आमालार्इ यसो नेपाली गीतहरू हेराउन सहायता होला भनेर ड्याम्मै १५०० डलरको ल्यापटप हान्देको, उल्टै मलार्इ नै फाक्टा लगाउनु, दाजु ?“ ठाकुरले गुमानेलार्इ आश्वास्त पारे । 

“त्यसो भए कसले दिएछ त मलार्इ ? म त भाइले नै दिनु भएको ठानिरहेको थिएँ । भाइ, नरिसाउनु है ! मैले अघि आक्रोशमा धेरै गथासो गरिहालें ।“ गुमानेले क्षमायाचना गरे ठाकुरसँग । ठाकुरलार्इ भने कसले दिएछ भन्ने कौतुहलता लागिरह्यो । उनले थपे, “मैले दिएको हुने चाही सम्भावना पनि छैन । खोइ कसले यस्तो गर्यो मलार्इ थाहा भएन ।“ गुमानेले पनि यसले दिएको भन्ने कुनै शंकासम्म पनि गर्न सकेनन् । मन मनै सोचे, ‘आफन्त वा शुभचिन्तको भेषमा आएको कुनै अपरिचित मानिसले दिएछ क्यार ।‘

गुमाने सोच्नमा हराउन थालेकामात्र थिए ठाकुरले दिएनन । “दाजुलार्इ भेट्न आउनु पर्यो भोलि शनिबार भनेर कल गरेको हो है । आमाले पनि, ‘गुमानेकी आमासँग बात गर्न मन छ लगिदेन ए कान्छा !’ भन्दै हुनुहुन्छ । भोलि बिहानको खाना खाने गरी हामी सपरिवार चारैजना आउँदैछौं है दाजु । अहिलेलार्इ मैले फोन राखें ।“  â€œà¤¬à¤¿à¤¹à¥‡ गरेको पनि चार वर्ष भइसक्यो के चारजना भन्छौ नि ? अब त पाँच जना भएर आउन न हो भाइ ?” गुमानेले बडो श्रृंगारिक दर्शन छाँट्दै थिए तर ठाकुरले फोन राखिहाले । 
 
इति

=============================
कथामा उल्लेख गरिएका पात्र प्रबिर्ती काल्पनिक हुन, कसैको जीवनसँग मेल खान गए संयोग मात्रा हुनेछ । सम्पादक
=============================

Comments (5)

पुरानाघरे on

विदरजी, मेचीपुत्रजी र काठमाण्डाैं नाम दिनु भएका पाठकसाथी, लगायत समादरणीय पाठक गण । सबैमा नमस्कार, हजुरहरूका लाइक तथा प्रतिक्रियाहरूप्रति आभारी छु । यसरी एउटा लेखकलार्इ सकारात्मक तथा नकारात्मक टिप्पणी दिएर उर्जा थप्नु पाठकहरूको धर्म हो । जसजसले जसरी प्रतिक्रिया दिनु भएको भए पनि मैले अत्यान्त सकारात्मक लिएको छु र भविष्यमा हजुरहरूको पठकीयतालार्इ पनि मेरो रचनागर्भमा स्थान दिने कोशिस गर्दछु बाचा भने गर्दिन । पठकले यस्तो खुराक चाहियो भन्नु नराम्रो होइन । मैले लेखकीयताको उपयोगिताधर्मिता र विषयगत आवश्यकताहरूलार्इ ध्यानमा राखेर सचेतधर्मीताकासाथ कथा लेखनलार्इ अगाडि लाने नै छु । पाठकहरूले पनि समालोचनात्मकतालार्इ आत्मसाथ गर्न सके भने उनीहरूमा उत्तिकै रूपमा पाठकधर्मीता मुखारित हुन सक्छ । विदुरजी, हजुरले कुन आधारमा मेरो कथाको पत्र जीवित भएको घोषणा गर्नु भएको हो मलार्इ ज्ञान भएन । मेरो कथाको रचनागर्भको ब्रह्माजी हजुर हो ? हजुरको दावी एउटा राम्रो संयोग मात्र हो र अरू कसैबाट ध्यानाकर्षण जारी भयो भने त्यो एउटा भ्रम हो । म जीवित पात्र उभिने किसिमका कथा लेख्ने भन्दा पनि काल्पनिकपात्रमा जीवन भर्ने विषयमा बढी आकर्षित हुन्छु । त्यसो भएको हुनाले जीवित पात्रमा कथा लेख्न मन गर्दिन । साहित्य समाजकै एेना भएकाले एेनामा पात्रकारूपमा मानिसहरू देखिन्छन नै तर एउटा व्यक्तिमाथि सकारात्मक वा नकारात्मक लेखिनु पुरानाघरेको कथा लेखन धर्मिताभित्र पर्दैन त्यसकारण हजुरले जो अड्कलबाजी लगाउनु भयो त्यो सम्योगमात्र हो । मलार्इ झ्यालबाट आकाश हेर्न मन लाग्छ नकि आकाशबाट झ्याल । यो कथा मैले चर्चामा भएको विषयलार्इ लिएर बनाएको जनचेतना मुलक तथा सार्वजनिक महत्वको कथा हो । यसमा भएका पात्रहरू सधैझैं पूर्ण काल्पनिक हुन । यो कथा कुनै व्यक्ति वा समाजमाथि वैयतिककरण गरिएको भान भएमा त्यो सम्योगमात्र हुनेछ तथा सामान्यिकरण गरिए राम्रो तर हुनै पर्छ भन्ने छैन । यस कथामा सम्योगबस कोही कसैले जबरजस्ती पात्रान्वित हुन चहानु भएमा त्यो मेरो सीमा र क्षमताभित्र नरहने पनि निवेदन गर्दछु । यसै प्रसंगमा कसैलार्इ सम्योगबस हुन गएको असुविदाप्रति अनभिज्ञता प्रकट गरी क्षमायाचना गर्दछु । म अर्को कथा लेख्दै छु सँगसँगै मेरा विद्वान गुरूहरू, कथाफाँटका जानकार व्यक्तित्वहरू र साथीहरूले दिनु भएका पाठकीयताका ताजा पक्षहरूलार्इ आवश्यकता अनुसार आत्मासात गर्ने नै छु । धन्यवाद जय साहित्य

Bidur, Colorado, United States on

यो कथाका एउटा पात्र "ठाकुर" जी जीवित छन्, उनै हुन् गुमानेका लेखक, को निजि कुरालाई खुलाएको पाएँ पुरानाघरे जीले । यो बिषयले मलाई धेरै दुखित तुल्यायो । ठाकुरजीको ध्यानाकर्षण http://www.tpmishra.com/2015/04/blog-post.html पढेपछि त मलाई यस्तो लाग्यो कि यस्ता कथालाई यो समाचार साइटले स्थान दिनु हुँदैन । कुनै लेखकले अरुको चरित्र हत्या गर्छ भने त्यस्ता लेखकलाई ठाउँ दिनु हुन्दैन । मेरो लागि यो कथा एउटा "फटाह साहित्य" लेखन हो ।

mechi putra on

धेरै राम्रो।पढ्ने माैका दिनु भएको मा धन्यवाद ।

mechi putra on

धेरै राम्रो।पढ्ने माैका दिनु भएको मा धन्यवाद ।

Kathmandu on

hopeful story that helps for positive reinforcement


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक