Similar Articles

कथा लघुकथा

बिराट र नील आर्मस्ट्रो​ङ:--- राज थापा

बिराट नेपाल

(लघु कथा )

एउटा नयाँ अनुहार र नौलो आवाज निकाल्दै जब म यो धर्तीमा पैदाभय निस्चल आकाश मुनिको सुन्दर संसारमा ! दिन्को सूर्यको प्रकाशको साहारामा देख्थे यो संसारका सुन्दर प्राकृतिक दृश्य ! रातमा चन्द्रमाको उज्यालो प्रकाशको साहारा हुन्थियो धर्ती माथीका  वस्तुहरू नियाल्ने !  गन्तब्य नियाली रहेको जीवनको पहिलो पाइला चाल्न के खोज्छु म धर्तिनै हल्लिएको महसुस भयो ! बिस्तार आमाको हात समाएर ताते ,ताते गर्दै तोते बोली छोड्दै टुकु टुकु हिँड्न थाले ! मेरो घर छेउमा म जस्तै एउटा बालक रहेछ ! जब म खेल्न बाहिर निस्कन्थे उपनी मलाई देखेर खेल्न बाहिर निस्कनथ्यो ! बिस्तार हाम्रो घनिस्टता बढनलाग्यो ! उस्को नाम नील आर्मस्ट्रोङ थियो ! के दिन के साँझ हामी सँग सँगै हुन्थ्यौ !

दिउसो खेल्न जाँदा आकाशमा उडेको प्लेन देखाउदै भन्थे "बिराट " हामी पनि प्लेन बनाएर उडाउ ! उनको जोसिलो र फुर्तिलो सोभाब देखेर म प्रभावित हुन्थे ! हाम्रो घर वापकोनेटा ,एउटा सानो सहर जुन अोहाइओ स्टेट , संयुक्त राज्य अमेरिकामा थियो ! साँझ खेल्न निस्कदा उनी आकाशका जुन तारा देखी अति रमाउने उनको बानी थियो ! उनी भन्थे हामी यो प्लेन चढेर एकदिन जुन तारा हेर्न जानु पर्छ ! यो कुराले मलाई पनि निकै छुन्थियो ! यस्तै मजाका कुराकानी गर्दै अबेर सम्म खेल्थेउ ! घरबाट कहिले उनीको आमा -भियोला लुइस इङेल बोलाउन आउनु हुन्थ्यो !

आज अबेर भयो भोलि खेल्नु हिड घर जाऊ भनी सम्झाउनु हुन्थियो !  आर्मस्ट्रोङका बुवा - स्टिफेन कोइनिग आर्मस्ट्रोङ हाम्रो घरमा आएका बेला भन्नु हुन्थियो तिमीहरू दुबई जना खुब मिल्छौ ! एउटा केटा एउटा केटी भयको भए त तिमीहरू दुईको बिहे हुन्थियो होला ! सन १९३० को अगस्त ,५ मा दुबई एकै दिन जन्मेकाले होला कहिले आपसमा झगडा गर्न जानेका छैनन् ! उनका बाबु सरकारी अडिटर भयकाले कामको नजिकैमा सपरिवार अन्यत्र बस्न  थाले ! हामी जब ठुलो हुँदै गयौ अध्ययनको शील-सिलामा आलग सहरमा रहन लग्यौ ! नील आफ्नै सपनाको विषय पाइलोट पढ्न लागे ! म भने साइन्स लियर बाइलोजी पढ्दै थिय ! हामी दुबईको जन्मदिन एकै दिन परेकोले १६ वर्षाको बशेस जन्मदिबश हामीले औलैज काउन्ट्री को वापकोनेटा जहाँ हामी बस्थेउ तिहाको रेस्टुराँमा रमाइलो गरी जन्मदिन मनायौ ! निल ले खुसी हुँदै उनले आजै मात्र पाएको पाइलोट लाइसन मलाई देखाउदै भने हेर हाम्रो सपनानको फुल फुलेको ! मैले अंकमाल गरी बधाई दिय दुबईको आँखा देखी हर्षको आसुँ झरे !

कस्तो अचम्ब १६ वर्षको कलिलो उमेरमा गाडी को लाइसन भन्दा पहिला पाइलोटको लाइसन लिन सफल भयका थिय ! उनी इन्फियाना को पुर्दु विश्वबिद्धालय बाट ग्राजुयट गरी अमेरिकन एरफोर्समा भर्ती भएका थिय ! म पनि मेरो म बि बि एस् सकेर अमेरिकन आर्मीको डाक्टर बनेको थिय ! सन १९५१ देखी १९५३ सम्म चलेको कोरियाको लडाइँमा म मेडिकल टिम बाट भाग लियको थिय भने निल भने " फ्लाइङ फास्ट जेट " को काम उनीको जिम्मा मा थियो ! हामी छल फल गर्थियौ कुनै पनि बस्तु वा मनिस अरूको सहायताले चम्कन्छ ! वाद विवाद चल्थ्यो उनी भन्थे चन्द्रमा आफै चम्केको होइन ! यो हाम्रो कुरा सुनेर मेरी आमा गाली गर्नु हुन्थियो ! तिमीहरू पढेर निकै जान्ने भयौ होइन ? किन कि मेरी आमा हिन्दु धर्मप्रती आस्था राख्ने व्यक्ति चन्द्रमाको पूजा गर्नु हुन्थियो ! समय बित्दै गयो निल आफ्नो तालिम ,अनुभव , साहसले एपोलो ११ अन्तरिक्ष यनको कमाण्डर बनी सन १९६९ , जुलाई १७ को दिन केनेडी स्पेस सेन्टर बाट उडे ! बिदाइेको लागि मेरी आमा म बुवा गएका थियौ !

सबैजानाले आशीर्वाद दियौ मेरी आमाले भन्नु भयो मेरो भगवान् चन्द्रमा तिमीले भेटेर जे चाहेको सबै माग्न नभुल्नु बाबु , तिमीलाई मेरो भगवानले रक्षा गर्ने छन् छिट्टै आउनेछौ ! निलले  मुसुक्क हाँसे र धन्यवाद दिय ! नील आर्मस्ट्रोङ ,अल्ड्रिन फोल्लोएड र कोल्लिन्स ( कमाण्ड मोडुल पाइेलट थिय )   उक्त अपोलो ११ यानमा चन्द्रलोक को यात्राामा रहेको यानमा ! सफलताको साथ २० ,जुलाई , १९६९ को दिन ( ८ दिन ,३ घण्टा ,१८ मिनेट ,३५ सेकेण्ड को सफर पस्चाद ) सर्ब प्रथम मेरो जिक्री दोष  नील आर्मस्ट्रोङ ले चन्द्र धरतलमा उभिन सफल भए !

चन्द्रमा मा पहिले हिँड्ने व्यक्ति बने उनी ! सर्वप्रथम उनीले त्यो बालपनको सपना पुरा भयकोमा आफूलाई गौरव शाली  ठाने ! केहीबेर पछि अल्ड्रिन फोल्लोएड पनि यान देखी बाहिर निक्ले र दुबईले चन्द्र धरातलमा दुइे घण्टा बिताए ! चन्द्रमा बाट चट्टान , माटो र आफूले खिचेका तस्बिरहरु लियर फर्कने तयार गर्दै थिय ! यो लाइभ प्रसारण टेलिभिजनले दिदा संसार भरका मिलियन मनिसहरु हेरेर रमाउदै थिय ! घर फर्कनी क्रम्मा २४ जुलाई को दिन प्यसिफिक ओसियन मा सफलता साथ अबतरन भयो !भव्य स्वागत भयो आफ्नो केहीदिनको ब्यस्तता पस्चाद निल हाम्रो घरमा आय हामी घर परिवारका सबै परिवारमा ठुलो खुसी थियो ! निलले चन्द्रमा देखी ल्याएको सानो टुक्रा चट्टान मेरी आमाको हतमा राखी दिदै भने यो हजुरको भगवान् लिनुहोस् !

सबैमा खुसीको सीमा रहेन सबैजनाले राम्रो सँग हेरेउ ! निलले भने  " बिराट " चन्द्र कहाँ आँफै चम्किली छन् र अरूले चम्काएका रहेछन् मलाई विश्वास गर्छौ अब ? यस्तै गफ गाफ गर्दै रमाइलो गरियो ! हामी आ -आफ्नो काममा व्यस्त रहदै जाँदा २५ अगस्ट २०१२   का दिन त्यो अदम्य साहस बोक्ने र्ह्दयको गति बन्द भयर मेरो जिक्री दोष  "नील आर्मस्ट्रोङ " यो संसार देखी  "अल बिदा " भए  !



आयरल्याण्ड !


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक