Similar Articles

कथा लघुकथा

कथा --कपिल भरतद्दाज

बिराट नेपाल

हरे शिव, यसलाई जीवनको कत्रो मोह थियो होला, भर्खरको रहेछ, मरयो हगि । कैलासतर्फ फर्केर नोर्माले भनी

दुईचार दिन देखि लड्खडाएर हिडिरहेको कैलासले त्यसलाई देखेको हो । आज भाले पोथी दुवैसँग त्यो थियो । त्यसको बिजोगको अन्तिम छेउ थाहा पाएर होला, त्यस्को दीनताको अन्त्यको सन्निकटता आभास भएर होला । सल्लाका तीखा पातहरुबीच दरफरिदै त्यो भुइँमा बजारिए पछि एकैछिनमा मर्यो । छेउमा बसेका दुइटा मध्य एउटा अलि बढी करायो । नोर्माले भनी त्यो पोथी हो । फट्ट उडेर ती दुवै खरीको हाँगामा चढेपछि कैलासले मरेको त्यो चराको बच्चालार्ई डम्पस्टरमा लगेर फालिदियो । एउटा चरा मरेकोमा द्रविभत हुने नोर्मा अबस्यै संवेदनाहरुले धनी छे मनको सम्पत्तिले उदार छे ।

पैतिस बर्षिया नोर्माको मुहार एउटा हिस्सीको लावाले लपेटिए पछि यो दिन पनि पुरुषका पाप छेकिदिने दिवारहरु चर्कन प्रयास गर्छन् । उस्लाई अठार वर्षको नानामा उतारेर कल्पनाको राजसी पीगंहरुमा सहभागी हुन तीनलाई मन पर्छ । पे्रमको परिभाषालाई पलभरलाई होस् पुर्नब्याख्या गर्न हौसिन्छन् । किनकि नोर्मा सुन्दर छे । आवश्यक ठाँट सँग उ कहिल्यै उदासीन पनि छैन । उस्को पहिरन र श्रृगांर उस्को बौदिकतालाई शर्ममा परिदिने खालको पनि यद्येपि हुँदैन । उस्को वासहीनतालाई अतार्किक बनाउने खालको पनि हुँदैन  à¥¤

अर्को दिन पनि सदा झैँ उ कैलासको बिहानको कार्यतालिकाको अबिछिन्नता खोस्ने पहिली ग्राहक भई । मूलढोकाबाट असाबधान दौडेको एउटा कारलाई सरापी र त्यो अपशब्दहरुको असभ्यताले निम्त्याउने अपसकून मा लक्ष्य गर्दै कैलास सँग माफ पनि मागी । के तँ अन्धविश्वासमा भर गर्छेस । कैलासलाई सोध्न मन लाग्यो तर सोधेन । किनकि एउटा सालीन तर्क बाजीमा ईश्वर पनि त अन्ध विश्वास भइरहेकै छ नि भनिसकेकी थिई उसले केही दिन अघि ।

हामी अब ब्राड्ली तिर लाग्छौ बुझिस्स । उस्को तर्कको आधार मजाकको निकास मात्र हो भन्ने बुझ्न सकिन्थ्यो ।

किन ? कैलासले सानो झोकको छाप उस्को उत्तरको सहकारी भएको नोर्माले देखोस भनेर नै भन्यो, अलि सिधै । उस्ले तर कैलाशको आशयको महसुस भयेको जनाउ दिइन । उ साँच्चै पारिपटिको स्टोर गएकी थिइन, कफी घोल्दै हाँस्दै थिई ।

तर एउटा कुरा भने थपी — ब्राडली ले स्वदेशी तेल बेच्छ । अनि सस्तो पनि तिमीहरू भन्दा । तर म अनावश्यक राष्ट्रबादी त होइन है ।
गए हुन्छ – कैलासले भनिदियो, फेरी उस्तै झोक जस्तो न्यून अधिरता र  à¤–रो पनमा ।

तँलाई छाडेर म कहीँ जान्न नोर्माले भनी, मेरो कुरा तँ कस्तरी सुनिदिन्छस् । कहाँ पाइन्छ र संसारमा कुरा सुनिदिने मानिस, कैलास । मान्छेका स्वार्थहरु नमिलेसम्म कसैले कसैको कुरा सुन्दैन ।

१
जीवन को चलचित्रको प्रेरना बुझ्न येस्को मोह सूत्रको भूमि बुझ्न कत्तिपनि अलमलामा रहेकी आईमाई नोर्मा होइन । नापरीश्रम उस्ले चाहिने जति बुझेकी छे । उस्ले खेपेका शासनाहरुको असामान्यता सँग कस्तै पनि जीवन आफै नतमस्तक छ भन्ने उस्को तर्क छ । । बाँच्न चाहे तँ सतहमा हेर । गहिराईमा त मृत्युका पोषकहरु मात्र हुन्छन् । गहिराई वा आदर्शमा जिउने काम थोरै भए पुग्छ । यस्को आधिक्यले हामीलाई हाम्रो प्रकृति सँग विच्छेद गर्छ यो खुसीको लागि अनपयोगी छ । सतहका तुच्छताहरुमा नै जिन्दगीको अधिकाशं मोहनी हुन्छ , उ भन्दछे, खुद्रा मसिना कुराहारु सङगको हामरा लाचारीहरु नै जीवन्को प्राथमिका स्वाद हो, उस्का तर्क हुन्छन्  à¥¤ कानुनको पोस्ट ग्राजएटमा उस्ले किन जनरल एजुकेसन पढेकी छैन र । उस्मा समृद्य विचारहरूको भरमार उपस्थिति नभएको भए उ घरबार विहीन जिन्दगीको परित्रासबाट हारी थाकी सकेकी हुन्थी, यतिबेला सम्म । याने पाँच वर्षहरूमा ।

तथ।पि उस्को साविक जिन्दगी पनि हैरान र अफशोचका अभिलेखहरुले नै सतृप्त थिए, जतिवेला उ रातमा छतमुनि सुत्न​पाउथी र दिनमा भान्छामा खान पाउथी । आमा उस्ले देखिन । इतरभाषी सौतेनी आमा सँग उस्को कहिल्यै पटेन । नबिग्रने शिक्षाले सुडौल बनाउन खोजेकी छोरी पन्ध्र वर्षमै कुमारी आमा बनी र उ सँग बोल्दिन र उस्ले कहिल्यै एउटा सुन्दर लोग्ने बनाउन पनि सकिन । तर उ आफूमा जीवनको सदासयको अभाव महसुस गर्दिन । उस्ले बनाउन खोजेको संसार नै उस्को आशीर्वादको अभावमा असफल छ । उस्को परिभाषा छ । र यो भन्दा उ सधैँ गौरवको रङ्गमै रंगमंगिएर भन्छे ।

पहेलो रङ्गको एक सय दुई डब्लु डब्लु टी नम्बरको कार उस्को पूर्ण जगत हो अहिले ।

जीवनको मोह कुनै विशेषता होइन । यो स्वभाव हो ।यस्को सम्मानमा बनेका नियेम काईदा हरुको नाम नै सभ्यता होअर्को नाम सृष्टि हो । उस्ले बितायका अप्रितकर, शहनसिलता उस्पारका जीवनका भोगाइ हरू उस्का तर्कहरुका साछीमा अबस्ये उभियेका हुन्छन् । एकताकाकी वरिष्ठ कानुन् व्यवसायी , कानुन्की स्नातकोत्तर नोर्मा विलियम आज  à¤­à¥‚मीसात् भएकी छे तर जीवन्को  à¤®à¥‹à¤¹à¤¨à¥€ ले हीन भएकी छैन ।

तँ किन घरबारहीन भईस भन्दा उ भन्छे — फेडेरल गभर्मेन्टको जागिर थियो, एउटा केस उजागर गर्न हौसिदा बदलामा परे ।

अनि त्यत्रो काम गर्दा पैसा बचाइनस त ।

अहँ । हामीलाई त्यस्तो संस्कृति दिइएकै छैन । मलाई पनि लाग्थ्यो त्यो आवश्यक पनि छैन । तर म आज अध्धयन गर्दैछु बचत को आवश्यकताको बारेमा — उ भन्छे ।

आज राम्रो निन्द्रा लागेन । एकहातले ढोका घचेट्दै जीउ उता टाउको यता गरेर उस्ले भनी । तिनीहरूले मेरो पूर्व बोसलाई सोधेनन् भने आजको अन्तरवार्ता सफल हुन्छ बुझिस् । फेरी भेटौंला ।

उ डाएबिटिक हो । उस्ले स्तनको भर्खर प्रस्फटित क्यान्सरबाट छुटकारा पाएकी हो ।  à¤­à¤¨à¥à¤¥à¥€ अक्सर भेटहरुमा ।

मेरो जीवन चर्यालाई एउटा आलीसान महल मान्ने हो भने, उस्का दैनन्दीका प्रत्यागमनहरु मेरा सामुन्ने मेरा  à¤†à¤—नका केही यस्ता फूलहरू बन्दछन् जस्को अघि एकछिन टक्क अडिन घूरेर हेर्न र संसारका ममताहीनताहरुलाई न्याय गर्ने  à¤¦à¥à¤°à¤¿à¤·à¥à¤Ÿà¤•à¥‹à¤£à¤•à¥‹ सानो प्रतिनिधि बन्न मलाई मन लाग्छ  à¥¤ अर्थात् मूर्खताहरुको बोलवाला सँगको हाम्रा पाकृतिक पराधिनतामा हाम्रो भोगको सुन्दर्ता कस्तरी टिकेको  à¤›, उस्ले मलाई सिकाएकी छे । केही मेरा मनका सम्मतीहरु उस्ले छिन्न सफल भएकीले उस्को प्रतीक्षाको मेरो अधिरतामा म सानो आनन्द खेल्छु र अलिकति  à¤®à¤¾à¤¤ मात्तिन्छु, उ राम्री पनि छ ।

कैलास कोही सँग बोल्छ । गोविन्द । तर उ आफै सँग बोलिरहेको छ ।

एक घण्टा पछि नोर्मा फर्की ।
क्या बात । हा हा । राम्रा मान्छे यहाँ धेरै नै छन् बुझिस् कैलास । सबै नराम्रा मान्छेहरू, राम्रा बन्न चाहेर पनि बन्न नसकेका हुन् ।
म बुझदिन केही — कैलास ले फर्कायो ।

आज एउटा भलाद्मीले मलाई पोर्चमा सुत्न दियो । ठिकै भो किनकि रात ठण्डा थिएन ।

त्यतिबला कैलासलाई पनि राम्रो बन्न मन लाग्यो र भनिदियो — नतिर भै गो । एउटा गिलास कफि त हो ।
उसले भनी -जिन्दगी आधा भागये हो भन्ने कुरा गलत होइन, कैलाश ।

२
अनि नोर्मा लामो समय हराई ।

गुडी हिड्ने पृथ्वीलाई  à¤šà¤•à¥à¤•à¤°à¤¹à¤°à¥ मार्न नोर्मालाई कुर्नु पर्ने थिएन । मौसमलाई परिवर्तन हुन​ नोर्मासंग स्वीटर बर्षादी र कम्वल छ कि छैन भनी सोध्न पर्ने थिएन । एक महिना बित्यो ।  à¤®à¥Œà¤¸à¤®à¤®à¤¾ उल्लेखनयि बदली आयो । अक्टोबरको अन्ततिर पहिला भन्दा अलि चिसो एउटा बिहानीमा उ फेरी आई ।

उसको मुहारमा केही मलिनता छ । तौल केही फेरि घटाएकी जस्ती देखिन्छे । तर पहिला नै सुहाउदी थिई । तर उस्लाई राम्री नराम्री भनिदिने पनि को नै छन् र । नत्र अरूको मल्याकंन लाई आदर गर्न उ सजग हुने केटी हो ।

कहाँ गएकी थिस यति लामो सम्म ।

बिमारी भए ।
के भयो ।
त्यो रोग फेरि बल्झ्यो । तर निको हुन्छ बुझिस् । म त्यस्तो होइन । म आत्मबल निर्माण मात्र होइन निर्यात गर्ने मान्छे हुँ ।
तर ठुलो कुरा त तँलाई खोइ भनेको । मैले काम पाएकी थिए  à¤¤à¤° एक महिना भन्दा बढी टिकिन । छाडे । आफ्नै पेसाको काम नपाए सम्म यो साधारण काममा जाँगर नलाग्ने भएछ । 

एकैछिनमा एउटा भलाद्मी आयो । अलि चुच्चे चिउडो भएको दारी पालेको त्यो पैतालिस घटीको होइन ।  à¤¨à¥‹à¤°à¥à¤®à¤¾à¤²à¥‡ पसल भित्रै लामो कुरा गरी । फोर ल्बड मुनको कुरा गरी । धर्मको कुरा गरी । खराब एन्जेल हरुको कुरा गरी । कैलास सँग थेगो थाप्दै बुद्ध धर्मको कुरा गरी । बाहिर गए दुवै ।  à¤…झई धेरै गफ गरे । अनि उ भित्र आई ।

कैलास, त्यो मान्छे मलाई ठिक लाग्यो । किनकि उस्को र मेरो कथाको समानताको पर्याप्ती उदेक लाग्दो थियो । उ दशाहरुको लगानीमा सफल भइसकेछ म अझई पीडाहरु त्यस्तै प्राप्तिहरुको लागि भेटी चढाउदै छु । भोलि बेलुका डिनरमा बोलाएको छ, यो ठेगानामा त पनि आइज है ।

यस्तो स्वैर निर्णय तेरो प्रवृत्तिको विपरीत भएन र — ऐ नोर्मा । कैलासले भन्यो ।

नडरा— मैले खेपेका पीडाका झञ्जाबातहरु  à¤®à¤°à¥‹ कदमका कवच हुन । अविदित सँगको डर बुद्धि वा कमजोरी दुवै हुन सक्छ, तर जोख्न तौलिन अघि नपरि कसरी थाहा हुन्छ । तलाई परीक्षा मन पर्दैन कैलास ।

म नेभर सेकेण्ड  à¤¹à¥à¤ यार । यो झाले कामको आँखाले पो तँ मलाई आज पर्यन्त हेरिरहेकी छस् । ठिक छ, म आँउछु – कैलास ले भनिदियो ।
नोर्माले कुच्चो लाउदै गरेको कैलासलाई धाप मारी र हाँसेर भनी — तँ जिनियस लाग्छस् भनेर मैले कति भनेकी छैन र । तर त तँ सँग मेरो कुरा मिल्छ । मलाई यहाँ आउन मन लाग्छ । आइपनिरहन्छु ।

त्यो सँग बिहे नै गर्छे कि क्या हो, कैलासले मनमनै गुन्यो  à¥¤
तर यो त्यस्ती त हैन है । फेरि प्रतिवादमा सोच्यो ।

कैलासलाई पनि देख भेटका अखिल आवृत्तिहरुले गर्दा होला नोर्मा प्रति माया जस्तो केही लाग्छ । उस्प्रतिका सबै सोचहरु ममताहरुका प्रधानताले सिगार्न मन लाग्छ । यद्येपि  à¤¯à¥‹ हुन गइरहेको जस्तो सघन मुलाकात विगतमा भइसकको भने होइन । एकाध समय नितान्त अल्प घडीहरुको लागि उ मेरिण्डा डेवाराको रेष्टरेण्टमा गएको छ, नोर्मा सगं, एलान बादर को सिगरेट स्टपमा भेटेर गफ गरेको छ, नोर्मा सँग बस् । उस्लाइ नोर्मा सँग हिड्नमा एउटा अविदति खुशीहरुले अवश्य घर गर्छ, तर यस्लाई विकसित र स्पष्ट पार्न खोज्दा उ जुन अप्ठेराहरुमा पर्न सक्छ ती सम्भाव्य अप्ठेरोहरुको आवश्यकतालाई लत्याउन हुन्न भन्ने उस्लाई थाहा छ । अमेरिकाको समाज बुझौँन त भन्ने हिसाबले उ कतै गइरहेको हो – के भो त — आजको लागि उ सँग चित्त बुझाउन यो तर्क छ ।

३
गाडीमा एकजोर राम्रा लुगा हालेर कैलास भोलिपल्ट स्टोर खोल्न हिड्यो ।  à¤¬à¥à¤¢à¥€ क्याप्ची के टटलले जुन नोर्मा जस्तै एका बिहानै झुल्किञ्न्छे प्राय हरदिन, कैलासको गाडी रोक्दै भनी — उता जा । पुलिसहरु पनि भएकोले तर्कातित बनेर कैलास पर गयो । ओल्र्यो र सोध्यो टटल लाई , बुढीले भनी कोही मरेको छ तेरो स्टोर पछाडि कारमा, पुलिसहरु  à¤›à¤¾à¤¨à¤µà¤¿à¤¨ गर्दैछन् । कैलास नजिक गयो त्यही पहेलो कार एक सय डब्ल डब्लु टी । उस्का मनस्थितिका सबलागंताहरु अबरुद्द हुने निकटतालाई जानिसकेपछि त्यस्लाई हम्मेसी पन्छाउदै उस्ले सोध्यो टटललाई,  à¤•à¥‹ रहेछ त — नोर्मा भन्ने नाम पुलिसले कसैगरी पत्ता लगाएको छ । अरू थाहा छैन । केही क्षणमै दुईवटा सिक्री पाँचै औलामा औंठी लगाउने अर्की बुढी सारा जेनकिन आई, जेफ्री फर्गुसन आइपुग्यो, तिमोथी जे वेदान आयो, र सानो भीड जस्तो गन्जागोलको नेपथ्यबाट एउटाले भन्यो — हरे शिव, यस्लाई जीवनको कत्रो मोह थियो होला, भर्खरकी रहिछ मरी हगि ।

एकमहिना जति अघि एउटा कौवाको बच्चा मर्दा नोर्माले त्यही भनेकी थिई - हरे शिव, यस्लाई जीवनको कत्रो मोह थियो होला, भर्खरको रहेछ, मरयो हगि । फरक के थियो भने एउटा चरा मर्दा उस्का सामने दुई माउहरु थिए आज एउटा मान्छे मर्दा — उसका कोही थिएन— कैलासलाई लाग्छ उस्ले चिच्यायर यो भन्यो, तर भन्यो कि भनेन उस्लाई थाहा भएन ।
समाप्त


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक