Similar Articles

कथा लघुकथा

अधुरो कविता--निशा अर्याल

बिराट नेपाल

कथा

उमाले बन्द रहेको झ्यालको खिड्की खोली । बाहिरको एक झोक्का हावाले उसको पातलो केशरासी हल्लाउँदै हावा दौडियो । झ्याल हुँदै चिसो सिरेटो भित्र पस्यो । माघ महिनाको कठ्याँग्रो रात । आज पटक्कै निन्द्रा परेको छैन उमालाई ।  à¤¬à¤¾à¤¹à¤¿à¤° सुनसान–सुनसान छ वातावरण । सारा सहर रातको चकमनतामा डुबेको छ । मान्छेहरू दिनभरको दौडधुप र थकानलाई निन्द्राको चौतारीमा विसाई रहेका छन् । गहिरो र आरामदायी निन्द्रा मानसिक र शारीरिक स्वास्थ्यको लागि अृमत समान हो रे । दिनभर मानिस असामान्य दौडधुपमा रहन्छ । मनभित्र थरी थरीका प्यास बोकेर मान्छे बिहानै घर बाहिर निस्कन्छ । बिहान घरबाट निस्कदा उसको मनमा नाना प्रकारका चाहाना र आकाँक्षा हुन्छन् । अलिकति लोभ, अनि मोह, अलिकति वासना, अनि प्रेम, अलिकति घृणा, अनि सुख, अलिकति आम्दानी, अनि खर्च, अलिकति प्रतिष्ठा, अनि प्रचार, अलिकति ढाँटछल, अनि सत्य–साँचो, अलिकति देश प्रेम, अनि देशद्रोह, अलिकति युद्ध, अनि शान्ति, अलिकति क्रोध र अलिकति सपना मनमा बोकेर मान्छे एका बिहानै जिन्दगीको लामो दौडमा निस्कन्छ ।

दिनभरको लामो सफर पछि जब ऊ साँझ घर फर्कन्छ, त्यो बेला उसको मुहारबाट बिहानको चमक गाएब हुन्छ । दिनभरको थुप्रै योजनाहरू असफल भएका हुन्छन् र ऊ जिन्दगीको पाठशालामा गएल भएको हुन्छ । त्यो मनोदशामा गुज्रिएको मान्छे चैनको निन्द्रा निदाउन सक्दैन । त्योबेला एउटा सिङ्गो एकरात पनि मानिसको लागि एक हप्ता .... महिना .... जस्तो भान हुन्छ ।  à¤¦à¤¿à¤¨à¤­à¤°à¤•à¥‹ दौडधुप र तनावबाट रातमा मस्त निदाउन नसक्नु भनेको एउटा यातना जस्तै क्षण हुन जान्छ । हो, आजको रात उमालाई यस्तै भएको छ ।

उसले झ्यालको पर्दा तानी र बिजुलीको स्वीच अन गरी । बत्तीले कोठा झलमल्ल भयो । भित्ते घडीमा उसका आँखा परे, रातको १२ बजेको छ । उमाले लामो हाई काडी र सोफामा अडेस लाएर बसी । 

मनमा एक पछि अर्को विचारहरू ...... घटनाहरूको ओहोर दोहोर चलिरहेको छ । यो संसारलाई त आणविक हतियारको भरमा काबुमा राख्न सकिन्छ तर यो मनलाई काबुमा राख्न कति हम्मे । 
उमाको मन रफ्तारमा दौडिरहेको छ, घरी मनमा विगत सम्झन छे घरी वर्तमान त घरी भविष्य । 
घरी परिवेश आउँछ .... घरी देश आउँछ.... घरी दुःखी मानिसहरूको कथाव्यथा आउँछन् । कुनै चलचित्र जस्तै एक पछि अर्को रूपमा आउने घटना प्रसङ्गले मन विथोलिएको छ । यो विथोलिएको मनले निन्द्रादेवीलाई लखेटि रहेको छ । यो मनमा विचारहरू आइरहन्छन् ... र गइरहन्छन् । त्यसपछि ऊ लामो सुस्केरा छोडेर कथा–व्यथाहरु सम्झिरहन्छे । मध्यरात भएको छ, सारा संसार निदाएको छ । यो बेला उसको मनमा नानाभाती कुराहरू खेलिरहेको छ । 

उमा सोफाबाट उठ्छे र टेबल नजिक पुग्छे । त्यहाँ असरल्ल छरिएका छन्, किताब, कापी र अखबारहरु । उ टेबुलको घर्राबाट आफ्नो निजी डायरी झिक्छे । त्यो डायरीमा ऊ प्राय छोटा–छोटा गीत, गजल, कविता र आत्मा संस्मरण लेख्ने गर्छे । 

उमाले कलम समाई । डायरीमा सफा सेता पानाहरूमा कलमबाट शब्दहरू पोखिन थाली ....
हो! 

म सिउँदो पुछिएकी
एक विधवा हुँ
यस कुरामा मलाई दुःख छ
तर बताइदेउ, महाशय
विधवा हुनुमा मेरो के अपराध ?

उसको कलम अनयास रोकिन्छ । उसको अनुहारमा गहिरो उदासी छाउँछ । उसको मनमा एउटा ताजा घटना दोहोरिन्छ । 

हिजो अस्ति कै घटना हो, महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी, राम जानकी मन्दिरमा दर्शन गर्न आउनु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी एक महिला मात्र होइन यो देशको एक जना राष्ट्र प्रमुख पनि हो । नेपालको इतिहासमा महिला राष्ट्रप्रमुख भएको यो एउटा दुर्लभ र महान् क्षण हो । यो संसारका तमाम नारीहरूको लागि पनि प्रिय कुरा हो । राष्ट्रप्रमुख भनेको कुनै पार्टी विशेषको हुँदैन .... कुनै जाती विशेषको हुँदैन....कुनै धर्म विशेषको हुँदैन.... र कुनै गुट विशेषको पनि हुँदैन । 
तीन करोड नेपाली जनता र राष्ट्रको अभिभावक भनेको राष्ट्रपति हो । नेपालको संविधानले यही भन्छ । यस्तो गरिमा भएको व्यक्तित्वलाई केही पाखण्डी सोच भएका मान्छेहरूले घटीया र नीच व्यवहार गरिरहेछन् केही मान्छेहरू यी मानिसहुन वा विवेकहीन पशुहरु..... । 

राष्ट्रपति विद्यादेवी भण्डारीले रामजानकी मन्दिरमा पाइला टेकेकोले मन्दिर अशुद्ध भयो भनेर केही मान्छेहरूले गहुतले चोख्याएको कुरा बाहिर आयो । उफ््.... ।

विद्या भण्डारी ‘विधवा’ हुनुमा उनको के अपराध ? एउटी विधवा महिलालाई अछुत देख्ने त्यो कस्तो नजर ? विधवा हुनु के कुनै नारीको कमजोरी हो ? विधवा हुन के कुनै नारीको दोष हो ? नारी भएकै कारण किन सधैँ नारीले मात्र अपमान र तिरस्कारको आगोमा जलिरहने ? जस जसले विधवाले पाइला टेकेको मन्दिर भनेर गहुत छर्केर चोख्याउने हर्कत गरे, के उनीहरूका छोरी चेली विधवा हुँदैनन् ? यो यथार्थता लाई उनीहरू किन अनदेखा गरिरहेका छन् ? उमाको मनमा सयौँ प्रशनहरु जन्मिए । 

यो समाज ....... यहाँको पुरुष मानसिकता .... र नारी माथि भएको मानसिक हिंसाबारे उसको मनमा प्रश्नको आधिवेरी चलिरहयो । तर उत्तर भेटिएन । 

ऊ केहीबेर घोरिरहई । फेरी उसको हातमा रहेको कलमबाट मनमा उकुश मुकुश भावनाहरू कागजमा पोखिन थाले .....
सदियौँ देखि म डुबेकै छु 
आँसुको गहिरो नदीमा 
पति वियोगको वेदनाले ,
मेरो छाती भतभती पोलेकै छ
लोग्ने टोकेको आरोप मैले खेपेकै छु 
हो 
म सिउँदो पुछिएकी 
एक विधवा हुँ
विधवा हुनुमा मेरो के अपराध ? 
उसको कलम टक्क अडियो । उमाले लामो हाइ काडी । छेउमा रहेको जगबाट पानी ठाडो घाँटी लाएर खाई । 
गहिरो सोचाइमा उ लीन भई । 

यो सृष्टिको निर्माणमा नारीको भूमिका कहाँ कम छ, यो देशको निर्माणमा नारीले पनि पुरुष जत्तिकै रगत पसिना बगाएका छन् । नालापानीको इतिहास साक्षी छ, त्यहाँ नेपाली नारीले आफ्नो त्याग, तपस्या र बलिदानबाट आफ्नो मातृभूमिको रक्षा गरेको । यो देशको माटोमा नारी जातीहरुले बलिदानको सुगन्ध अझै ताजा छ । यो संसारको सभ्यताको निर्माणमा नारीहरूको आँसु र पसिना बगेका छन् । नारीहरू कहिल्यै परचक्रिसँग झुकेनन् । 

हो, उनीहको आफ्नो शरीर बेचेर पेट भरे होलान्, तर उनीहरूले मातृभूमिको अस्मिता कहिल्यै बेचेनन् । नारीहरूले कहिल्यै सत्ताको निम्ति राष्ट्रियताको सौदावाजी गरेनन् । उनीहरू आँसुको गहिरो सागरमा डुबे तर कहिल्यै स्वाधीनता बेचेर अघि बढेनन् । उनीहरू इतिहासको हरेक कालखण्डमा अपमानको सिकार भए । उनीहरूको अस्मिता माथि बलात्कार भइनै रहयो । महिलाको स्वतन्त्रताको हरण भइरहयो । यो सिङ्गो सृष्टि भरी उनीहरूको अग्निपरीक्षा पटक–पटक लिइरहयो । उनीहरूले परीक्षा दिँदे गरे । बोक्सिको आरोप उनीहरूलाई नै लाग्यो ..... विधवा उनीहरले नै हुनुप¥यो ..... सामन्ती संस्कारको जाँतोमा उनीहरू नै पिसिनु प¥यो .... कुनै सस्तो सामान जसरी उनीहरू नै बिक्रीका सामान बनिरहे र जलिरहेको चितामा उनीहरू नै हामफल्नु प¥यो । कहिल्यै पिता त कहिले लोग्ने .... कहिले छोराको अण्डरमा उनीहरू नै बसिरहे । अपमानको विष उनीहरूले पिइरहे । 

तर पनि उनीहरुमाथि किन पटक–पटक अविश्वास .... । उमाको मस्तिष्कमा सारा प्रश्नहरू आउजाउ भइरहे । उसको कलमको नीवबाट फेरी हरफहरु पोखिन थाले ।
जलीरहेको लोग्नेको चितामा
जिउँदै होमिएकै हँु म 
हातका चुरा फुटाएकै हुँ
गलाका पोते चुडाएकै हुँ
सिउँदोको सिन्दूर पखालेकै हुँ
आफ्ना सारा सपनाहरू जलाएकै हुँ
हो !
म सिउँदो पुछिएकी
एक विधवा हुँ
यसमा मेरो के अपराध ?
तिमी भित्र बलिरहेको बासनाको आगो निभाउँदा
म कहिल्यै भइन अपवित्र
मेरै पाठेघरमा नौ महिना बस्दा
म कहिल्यै भइन अपवित्र
मेरै योनीमार्गबाट 
तिमी अवतरण हुँदा म भइन अपवित्र
मेरै छातीका लाम्टा चुसेर तिमी हुर्कियौ
त्यो बेला भइन म अपवित्र
भन, महाशय
राम जानकीको पवित्र स्थलमा मेरो पाइला पर्दा
मन्दिर कसरी भयो अपवित्र ? 
हो म सिउँदो पुछिएकी 
एक विधवा हुँ
यसमा मेरो के अपराध ?

टेबलमा असरल्ल छरिएका छन्, कापी र कलमहरु । अनि टेबलमा टाउको अडेर मस्त निदाएकी उमाको आँखामा झ्यालबाट प्रवेश गरेको प्रकाश चहकिलो गरी परेको छ । उमाको गहिरो निन्द्रा टुट्छ । मध्यरातमा लेख्दालेख्दै गरेको अधुरो कवितामा उसको आँखा परे । कविता पुरा भएको छैन, कविता पुनतः अधुरो नै छ । यो कवितालाई फेरी अर्को लेखाइमा पूर्णता दिनु छ । यो कविता त्यतिबेला पूर्ण हुन्छ जब नारी जातीको स्वतन्त्रताको युग सुरु हुन्छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक