खेम भट्टचन, वासिङ्टन डि सि ।
अमेरिकाको राजधानी वाशिंगटन डिसीमा आदिकबि भानुभक्त मेमोरियल भलिबल प्रतियोगिता आयोजना गरेर २०३ औँ भानु जयन्ती मनाईएको छ l
राजधानी वाशिंगटन डिसी नजिकै पोटोम्याक नदीको किनारामा अवस्थित भर्जिनियाको बडो मनोरम लेज्निभानिया स्टेट पार्कको एकै भलिबल कोर्टमा, एकै दिनमा, हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गरेर आदिकबि भानुभक्त आचार्यको सम्झना गर्ने गरेको २६ वर्ष भयो l एनआरएन भन्दा पनि धेरै ९० वोटा मुलुकहरूमा फैलिएको एक मात्र अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आदिकबि भानुभक्त मेमोरियल भलिबल प्रतियोगिता हरेक वर्ष आयोजना गरिन्छ l
नेपाली दूतावास, वाशिंगटन डिसीका डिप्लोम्याट्स: ईकोनोमिक काऊन्सिलर श्री कैलाशराज पोखरेलले भलिबल हानेर खेल प्रतियोगिता ऊदघाटन गर्नुभएको थियो l
पुरुष महिलाको संयुक्त खेल प्रतियोगितामा दीपक घर्तिमगर टिम क्याप्टेन रहेको टिम प्रथम भएको थियो भने महिला तर्फको पुष्पा घिमिरे टिम क्याप्टेन रहेको टिम दोश्रा भएको थियो l विजयी टिमका खेलाडीहरुलाई अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुनेदीले प्रमाणपत्र वितरण गरेका थिए भने दीपक घर्तिमगरलाई संथाका अध्यक्ष राम प्रसाद खनालले सर्बश्रेष्ठ खेलाडीको प्रमाणपत्र प्रदान गरेका थिए l सर्बश्रेष्ठ खेलाडी दीपक घर्तिमगर पूर्व मंत्री बालाराम घर्तिमगरका भतिजा हुन् l
नेपालका राष्ट्रिय स्तरका खेलाडीहरु चन्द्र लामा र अर्का राष्ट्रिय खेलाडी बिना खड्का लामा पनि सहभागी भानु जयन्तीको यो वर्षको खेलको सबैभन्दा कम उमेरको खेलाडी सृजना पन्त थिइन l आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सल्लाहकार खेम भट्टचनले खेलकुद प्रतियोगिताको संयोजन गर्नुभएको यो खेल अनेसास डिसी मेट्रो कमिटीको आयोजनामा भएको थियो l