Similar Articles

विविध

अनेसास सम्मान, पुरस्कार समर्पणसङैग कृति विमोचन

बिराट नेपाल

अनेसास सम्मान, पुरस्कार समर्पणसङैग कृति विमोचन
२०७३ असार २८, काठमाडौँ । 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) ले आज राजधानीमा आयोजना गरेको भव्य समारोहमा अनेसास नेवरत्न सम्मानबाट क्रमशः बहुचर्चित कलाकार वसुन्धरा भुषाल, डा. बेटी बज्राचार्य र लीला लुइटेल नगद २१००० राशिसहित सम्मानित हुनु भयो । सोही कार्यक्रममा अनेसास बेस्ट पुस्तक पुरस्कारबाट क्रमश: साहित्यकारहरु  à¤ªà¥à¤°à¤¾. राजेन्द्र सुवेदी, विजयध्वज थापा, ललिता दोषी, रामप्रसाद सुवेदी, सरु सुवेदी र पत्रकार खेमबहादुर भण्डारी नगद रु. २१००० राशि सहित सम्म्मानित हुनु भयो । उहाँहरू सबैलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा उप्रेतीले सम्मान गर्नु भएको थियो ।

अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सोही समारोहमा सर्जक शेखर ढुङ्गेलको नविनतम कृति " माटोको सुगन्ध" को पनि लोकार्पण भएको थियो । सो कृतिको समिक्षात्मक मन्तव्य समालोचक लीला लुइटेलले गर्नु भएको थोयो ।

यसैगरी अनेसास केन्द्रबाट प्रदान गरिएको अनेसास बेस्ट प्रेसिडेन्ट अवार्ड नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीलाइ पुरस्कार समितिका अध्यक्ष सीता पान्डेले हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा अमेरिकाबाट आउनु भएका स्रष्टाहरु क्रमशः अनु शाह, हरि काफ्ले, पुनम काफ्ले लगायतलाई स्वागत सम्मान पनि गरिएको थियो । मिडिया इन्टरनेशनलमा आयोजित सो कार्यक्रममा कुलपति गङ्गा उप्रेती, डा. ताना शर्मा, वसुन्धरा भौषाल, सीता पाण्डे, लीला लुइटेल, शेखर ढुङ्गेल, डा. रेनु थापा सोलु, राधेश्याम लेकालीलगायतले आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा डा. सुरेन्द्र के. सी., अच्युतरमण अधिकारी, डा. गार्गी शर्मा, नारायण मैनाली, पवन आलोक, सुरेशजङ्ग राणा, पूर्ण विराम, हिरण्यकुमारी पाठक लगायतको उपस्थिति रहेको थियो ।

अनेसास सम्मान, पुरस्कार समर्पणसङैग कृति विमोचन
अनेसास सम्मान, पुरस्कार समर्पणसङैग कृति विमोचन
अनेसास सम्मान, पुरस्कार समर्पणसङैग कृति विमोचन
अनेसास सम्मान, पुरस्कार समर्पणसङैग कृति विमोचन


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक