Similar Articles

विविध

स्रष्टाहरु सम्मानित

बिराट नेपाल

स्रष्टाहरु सम्मानित
काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीको अवसर पारेर विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले स्रष्टा सम्मान तथा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । असार १५ को धान दिवसको उत्सवकै दिन सञ्चारग्रामस्थित सूचना विभागको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नाट्य तथा सङ्गीत प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ ‘सरु भक्त’ ले स्रष्टाहरूलाई सम्मान गरेका थिए । सम्मानित हुने स्रष्टाहरुमा देवकोटाकालीन सहित्यकार तथा उत्तरी ध्रुव प्रदेशका प्रथम नेपाली यात्री वासुदेव ढकाल, वरिष्ठ साहित्यकार तथा प्राध्यापक गार्गी शर्मा, गीतकार, साहित्यकार तथा प्राज्ञ उन्नति बोहोरा शिला, वरिष्ठ समालोचक, निबन्धकार तथा साहित्यकार प्रा.डा.पारसमणि भण्डारी, वरिष्ठ कवि तथा सहित्यकार महेन्द्र गुरुङ मोफसलका साहित्यिक पत्रकार तथा साहित्यकार आरसी रिजाल, डायस्पोराका नेपाली साहित्यकार तथा कवि सुरेशजंग शाह रहेका थिए । 

संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईंले कार्यक्रमको अध्यक्षता गर्दै संस्था स्थापनाका उद्देश्य र कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्दै सम्पूर्ण अतिथि तथा साहित्यप्रेमी सहभागीहरुलाई स्वागत गरेका थिए । प्रसाईंले मन्तव्यका क्रममा आफूले जर्मन तथा बेलायतमा लामो समयसम्म बसेर नेपाली साहित्य र भाषाको विकासमा गरेका कार्य र अनुभवको स्मरण गर्दै आफ्नो संस्थाले नेपाल मात्र नभएर विश्वभर छरिएर रहेका स्रष्टाहरुको खोजी गर्ने, भाषा, साहित्यको श्रीवृद्धि, प्रवासमा रहेका नयाँ पुस्तामा नेपाली भाषाको हस्तान्तरण कार्यलाई नयाँ ढङ्गले अगाडि बढाउने उद्देश्य लिएको बताए । संस्थाले स्रष्टाहरुको सम्मान गर्नुका साथै पुरस्कारहरु स्थापना गर्ने, भानुभक्त, लक्ष्मीप्रसाद देवकोटालगायत नेपाली भाषा साहित्यका धरोहर, विराट व्यक्तित्वहरुको जन्मजयन्ती मनाउने, साहित्यिक गोष्ठीहरुको आयोजना गर्ने, नेपाल र डायस्पोरामा बसेर साहित्य साधना गर्नेहरुका बिच साहित्यिक सेतुको काम गर्ने लगायत लक्ष्य लिएको बताउँदै उनले सबैको साथ सहयोग र सहकार्यको अपेक्षा समेत गरेका छन् ।

खचाखच भरिएको हलमा प्रमुख अतिथिले पानसमा दीपप्रज्वलन गरी भानुभक्तको तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरेपछि कविता, मुक्तक, सङ्गिनी वाचनको कार्यक्रम अगाडि बढेको थियो । अतिथि कवि प्रल्हाद पोखरेलको आकर्षक ढङ्गको कविता वाचनबाट सुरु भएको कविहरुको प्रस्तुतिमा ८६ वर्षीय हजुरआमा पम्फा सिटौलाको सङ्गिनीको रागले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । थुप्रै वरिष्ठ कवि कवयित्रीदेखि बाल प्रतिभा अक्षता अधिकारीसम्मका विभिन्न ढङ्गका रोचक, घोचक र मार्मिक प्रस्तुतिले सभामा नयाँ रौनक थपेको थियो । कविता, मुक्तक प्रस्तुत गर्नेहरुमा गङ्गा पौडेल, ललिता दोषी, चन्द्रवदना घिमिरे, समन राणा, पवन आलोक, प्रमोद स्नेही, सुशील काफ्ले, तेजेन्द्र प्रसाईं, प्रकाश बस्नेत, प्रभा बराल, शशि थापा पण्डित, कल्पना अधिकारी, माया पौडेल, अर्जुन लिम्बुलगायत थिए । समयाभावमा थुप्रै कवि, कवयित्रीहरुले रचना वाचन गर्न नपाएकोमा आयोजकले क्षमा याचना समेत गर्नु परेको थियो । संस्थाकी महासचिव अस्मिता भण्डारीको लोभलाग्दो ढङ्गको कार्यक्रम सञ्चालनले आकर्षण बढाएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि कुलपति सरुभक्त, डा. पारसमणि भण्डारी, प्राज्ञ उन्नति बोहोरा लगायतले भानुजयन्ती र भानुभक्तका रचनाको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रम संयोजक वरिष्ठ साहित्यकार लक्ष्मी उप्रेतीले सम्मानित स्रष्टाहरुको सङ्क्षिप्त परिचय प्रस्तुत गरेकी थिइन् । ड्यासमा आसीन वरिष्ठ अतिथिहरु इजरालका पूर्व राजदूत प्रल्हादकुमार प्रसाईं, वरिष्ठ साहित्यकार माया ठकुरी, वरिष्ठ पत्रकार साहित्यकार तथा संस्थाका सल्लाहकार लक्ष्मीप्रसाद प्रसाईं, सल्लाहकार किशोर उप्रेती, साहित्यकार माया पौडेललाई मायाको चिनो प्रदान गर्दै सम्मान प्रकट गरिएको थियो । पदाधिकारी तथा सदस्यहरू रीता शिवाकोटी, विनोदकुमार श्रेष्ठ, कोपिला शिवाकोटी, राधिका दाहाललगायतले कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण योगदान पु¥याएका थिए । अन्त्यमा सभापतिको आसनबाट गोपीकृष्ण प्रसाईंले सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए । 


विश्व नेपाली सहित्य प्रज्ञा प्रतिष्ठान)
विश्व नेपाली सहित्य प्रज्ञा प्रतिष्ठान)
विश्व नेपाली सहित्य प्रज्ञा प्रतिष्ठान)


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक