Similar Articles

विविध

लस एन्जलसमा एल बि क्षेत्री सम्मानित

बिराट नेपाल

लस एन्जलसमा एल बि क्षेत्री सम्मानित
बिआरटी नेपाल सम्बादाता, लस एन्जलस,१२ जुलाई ।
नेपालका वरिष्ठ साहित्यकार एल बि छेत्रीलाई लामो समय देखी अध्ययन, लेखन तथा वाचनका माध्यमबाट नेपाली भाषा र साहित्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा सम्बर्धन र प्रबर्धन गर्नका लागि उहाँले पुर्‍याउनु भएको अतुलनीय योगदानको कदर बापत अ ने सा स लस एन्जलस च्याप्टरले हिजो एक भव्य समारोहका बिच सम्मान गरेको छ । सो सम्मान पत्र कवि तथा गीताकार राखी गौचनले पढेर सुनाउनु भएको थियो । संस्थाका महासचिव तिलक कार्कीले सचालन गरेको उक्त समारोहको सभापतित्व संस्थाका अध्यक्ष शान्तिराम ढकालले गर्नु भएको थियो ।  

संस्थाका उपाध्यक्ष डन बहादुर कार्कीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा  à¤¸à¥à¤¥à¤¾à¤¨à¥€à¤¯ कवि हरू क्रमस: डन कार्की ,राम लामा, राखी गौचन, प्रेम गुरागाईं , शान्तिराम ढकाल, पुरुश्वत्तम ढकाल,तिलक कार्की आदिले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो ।

आफ्नो मन्तव्य राख्ने क्रममा एकता समाजका अध्यक्ष सूर्य प्रसाईंले आफ्नो संस्थाले स्थापना गर्न लागेको पुस्तकालयको लागि पुस्तकहरू उपलब्ध गराई दिनको लागि अनुरोध गर्नु भएको थियो । 

सात समुन्द्र पारिको मुलुक अमेरिकाको मायामी सहर लस एन्जलसमा यस्तो महत्त्वपूर्ण स्थान ओगटेको संस्था अ ने सा स एल ए क्याप्टरले आफूलाई सम्मान गरेकोमा आफू  à¤¹à¤°à¥à¤· बिभोर भएको बताउँदै आयोजक संस्थाका अद्यक्ष लगायत सम्पूर्ण टिम लाई धन्यवाद दिनु भयो वरिष्ठ साहित्यकार छेत्रीले । कबिडांडा साहित्य समाज, चितवनका अध्यक्ष समेत रहनु भएका छेत्रीले अ ने सा स एल ए च्याप्टरलाई एउटा सुन्दर  à¤®à¤¾à¤¯à¤¾à¤•à¥‹ चिनु टक्र्याउनु भएको थियो । जसले एल ए बासी स्रष्टाहरूलाई हर्षित बनाएको थियो । 

उक्त अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा तिलक कार्कीले अ ने सा साको काम विदेशमा कस्तो हुनुपर्छ ? भनी सोधिएको प्रश्नको जबाफमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालका प्रग्या प्रतिस्ठान तथा अन्य नेपाली स्थानीय सङ्घ-संस्थाहरूले भन्दा खासै फरक काम गर्न नसकेको कुर स्विकार्नु भयो । उहाँ आफू पनि सो संस्थाको आजीबन सदस्य हुनुहुन्छ । नेपाली साहित्यलाई यो संस्थाले विदेशी भुमिमाका स्थानीय जनसमुदाय सम्म पुर्याउनको लागि अङ्गेजी तथा विभिन्न देशका भाषाहरूमा उल्था गरेर त्यहाका स्कुल तथा कालेजका पाठ्यक्रममा राख्नको लागि जोड दिनु पर्ने कुरा बताउनु भयो । 

पुरुश्वत्तम ढकालले नेपाली डायास्पोरामा साहित्यको भूमिकाको बारेमा सोधिएको प्रश्नको जबाफमा  à¤µà¤¿à¤¦à¥‡à¤¶à¤®à¤¾ बस्ने  à¤§à¥‡à¤°à¥ˆ जसोले नेपाली डायस्पोराको साहित्यको अर्थ बुझ्नमा कमी भएको हो कि जस्तो लाग्यो भन्नु भयो । उदाहरणको लागि, अमेरिकामा बसेर नेपालको सिंह दरबारको रचनालाई होइन सिंह दरबारको अत्याचारले पीडित भएर बिदेशियकाहरुले आफ्नो कथा लेख्नुलाई डायस्पोराको साहित्य हो भन्ने बुझ्नु पर्दछ भन्नु भयो ।

आन्तमा, अध्यक्ष शान्तीराम ढकालले नेपाली साहित्यको जगतमा आफ्नो अतुलनिय योगदान पुर्‍याउनु भएका एल बि छेत्री जस्ता महत्त्वपूर्ण व्यक्तिलाई हाम्रो संस्थाले सम्मान गर्न पाउनु सारा लस एन्जलस बासी श्रस्टाहरुको गौरवको कुरा हो भन्नु हुँदै उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

एल एमा एल बि क्षेत्री सम्मानित
एल एमा एल बि क्षेत्री सम्मानित
एल एमा एल बि क्षेत्री सम्मानित
एल एमा एल बि क्षेत्री सम्मानित
एल एमा एल बि क्षेत्री सम्मानित
एल एमा एल बि क्षेत्री सम्मानित
एल एमा एल बि क्षेत्री सम्मानित
एल एमा एल बि क्षेत्री सम्मानित
एल एमा एल बि क्षेत्री सम्मानित
एल बि क्षेत्री
एल बि क्षेत्री


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक