एउटा भव्य सभाको अघिल्तिर राखिएको आदिकवि भानुभक्त आचार्यको तस्बिरमा यहाँको पब्लिक लाइब्रेरीकी निर्देशक केरीले माल्यर्पण गरिन र दुबैहात माथि उठाएर ताली बजाउनुभयो । अनि सुरु भयो २०३ औँ भानु जयन्तीको कार्यक्रम ।
भुट्निज कम्युनिटी कनेक्टकट र कनेक्टिकटको राजधानी हाटएफोर्डस्थित सो पब्लिक लाइब्रेरीको संयुक्त आयोजनामा ८ साउनमा आयोजित सो कार्यक्रममा लोकप्रिय भुटानी गायक प्रताप सुब्बाले एकदर्जन गीत गाउनुभएको थियो । उहाँ नेपालको पलेंटी श्रृंखलामा गाइसकेका एकमात्र भुटानी गायक हुनुहुन्छ ।
सो अवसरमा अमेरिकाका विभिन्न राज्यबाट आएका श्रृष्टाहरुले कविता वाचन गर्नका साथै नृत्य र गीत प्रस्तुत गरेका थिए । सो अवसरमा त्रिभुवन विश्व विद्यालयको नेपाली विभागका प्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले इन्टरनेटको माध्यमबाट नेपालबाटै शुभकामना व्यक्त गर्दै विदेशमा भएको सो कार्यक्रमले नेपाली भाषाको बिस्तृतिकरणमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली भाषाको श्रीबृद्धिमा यस्ता कार्यक्रमबाट मद्धत पुग्दछ र भानुभक्तको योगदान विश्वभरि फैलिएर जान्छ” ।
कार्यक्रममा हिमाल खबरपत्रिकाका सम्बाददाता गोपाल गडतौला, गायक प्रताप सुब्बा र चर्चित सारंगीबादक श्याम नेपालीलाई सम्मान गरियो । २९ साउनमा पर्ने भानु जयन्ती यहाँ पुनर्वास भुटानीको पायक पर्ने छुट्टीको मिति मिलाएर करिब एक सातापछि आयोजना गरिएको थियो ।
कार्यक्रममा अमेरिकाको पूर्वी क्षेत्रक चार राज्यका भुटानी श्रृष्टाहरु सहभागी थिए । बितेको आठ वर्षमा झापा र मोरङका पाँचठाँउका सात शिविरबाट अमेरिका पुनर्वास भएका भुटानीले आफ्नो संस्कृति र मौलिकता जोगाउन यसखाले कार्यक्रम आयोजना गर्ने गरेको भुटानी समाज कनेक्टीक्युटका अध्यक्ष पदमकुमार भारतीले बताउनुभएको छ । सो भुटानी समाजले तिनबर्ष देखि भानु जयन्ती आयोजना आयोजना गरिरहेको छ । कार्यक्रममा हार्टफोर्डस्थित नेपाली समाजको पनि सहभागिता थियो ।