Similar Articles

बिचार

संविधान, सरकार र स्वराज्य--केशवप्रसाद चौलागाईं

बिराट नेपाल

नयाँ शक्तिको आधार पाँच ‘स’को रूपमा प्रचारित भइरहदा नेपालको संविधान २०७२ संविधानसभाले भारी बहुमतद्वारा पारित गरे पश्चात् गठन भएको केपीओलीको सरकार छोटो समयमै सङ्कटमा प¥à¤¯à¥‹ र अन्ततः उनले साउन ९ गते पदबाट राजीनामा दिए । यो परिस्थितिले तीन ‘स’ संविधान, सरकार र स्वराज्यको बहसलाई अगाडी बढाएको छ । 

 

संविधानको आधारमा सरकार र सरकारको स्वरूप र गुण ‘स्वराज्य’हुनुपर्ने सामान्य सिद्धान्त र चाहनालाई नेपाली राजनीतिकदल, नागरिक समाज र जनताले आत्मसाथ गर्नु पर्ने भएता पनि मानवीय कमजोरी र अन्तर्राष्ट्रिय प्रभावका कारण सम्भव भइरहेको छैन । आन्तरिक राजनीतिक समस्या जटिल संवैधानिक सङ्कटको रूपमा प्रस्तुत हुन पुग्दा सकारात्मक परिणाम प्राप्त न हुने अर्थात् प्रजातान्त्रिक निर्णय हुन नसक्ने देखिइदा स्वेच्छाचारिता हुँदै तानाशाही तर्फ मुलुक धकेलिने देखिदैछ । तत्कालका लागि ओलीले राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गरे पनि आउँदा दिनहरूमा यसतर्फ मुलुक डोरिएको देखिन्छ । 
 

निकासको माध्यम प्रजातान्त्रिक हुन नसक्दा परिणाम पनि विवादित हुने हुँदा नयाँ द्वन्द्वमा मुलुक फस्ने सम्भावना बढेर गएको छ । विश्वभर आतंकवादको आतङ्कले त्रास फैलाई रहेको बेला नेपालको आन्तरिक मामलामा सही निकास दिन सहयोग पु¥à¤¯à¤¾à¤‰à¤¨à¥‡ अन्तर्राष्ट्रिय शक्तिहरूको चासो कम हुना साथ दुर्घटनाको सम्भावना बढेर जाने छ ।
 

कानुनी संवैधानिक राजनीतिक शक्तिहरूको गैर संवैधानिक तथा छलछामपूर्ण व्यवहारले विद्रोहको सम्भावनालाई निम्त्याउने हुँदा संवैधानिक प्रजातान्त्रिक आचरण र व्यावहारलाई आत्मसाथ गर्न ढिलाइ गरिइनु हुन्न् । तर, फेरि सत्ताको खेल सुरु भएकोले धेरै नयाँ प्रसगंहरुलाइै जोडदै अप्रजातान्त्रिक र गैर जिम्मेवार ब्यावहारले विद्रोहको सम्भावनालाई नै बढाइ रहेको छ ।

 

विगतमा नेपालले भोगि सकेको माओवादी हिंसात्मक विद्रोह र विश्वको नेपाल प्रतिको सामरिक चासोलाई मध्यनजर गर्दा विविध प्रकारको हिंसामा प्रवेश गर्ने सम्भावना पनि उत्तिकै छ । धार्मिक, जातीय, क्षेत्रीय द्वन्द्वको साथै भारत तथा चीनलाई केन्द्रित गरी हुने आतङ्कवादी घुसपैढ र तिब्बतको स्वतन्त्रताको विषयले पनि नेपाल केन्द्र बन्न सक्छ । गरिबी, पछौटेपनको ब्यावस्थापन भन्दा पनि अन्तर्राष्ट्रिय प्रभावले उत्पन्न हुने द्वन्द्व भयानक हुन सक्छ । आज इराक, अफगानिस्तान, सिरियालगायतको द्वन्द्व र युद्ध बाह्य चासोकै कारण हो भन्दा अतिशयोक्ति नहोला । सानो हिमाल, पहाड, तराईको समिश्रण भएको शान्त नेपाल लोकतान्त्रिक मार्गबाट समृद्धितर्फ उन्मुख कहिले र कसरी होला भन्ने चिन्ता आज सर्वत्र रहेको छ । २०४७सालको परिवर्तन पश्चात् सुरु भएको प्रजातान्त्रिक शासन व्यवस्था विश्वको उत्कृष्ठ संविधानमा उभिएको विश्लेषा भइरहदा ६ वर्ष पछि नै २०५२ फागुनबाट सुरु भएको माओवादी सशस्त्र विद्रोहले विघटन हुन पुगी आजसम्म अस्थिरतामै हिडन बाध्य पारिएको छ । यस्तो विघटनको परिस्थितिलाई सुल्टायाउन इमान्दार प्रयास र योगदानको खाँचो रहेकोले त्यसका आधारहरु पहिल्याउनु महत्त्वपूर्ण कार्य हो ।

 

शान्ति, न्याय र मेलमिलापका लागि अन्र्तसास्कृतिक अभियानः द्वन्द्वको कारण खोज्दै समाधानमा पुग्न शान्ति, न्याय र मिलापका लागि अन्र्तसास्कृतिक अभियानले मद्दत पु¥à¤¯à¤¾à¤‰à¤› । न्यायको अभावमा व्यक्ति, समुदाय विद्रोहतर्फ लाग्दछ । आर्थिकरुपले विपन्न समुदायमाथि हरेक क्षेत्रमा हुने थिचोमिचोले वर्गीय विद्रोहको सृजना गर्दछ र अन्ततः विद्रोहको पक्षमा उभिइदै ज्यान बलिदान दिन अघि बढदछ । त्यस्तै जातीय–सांस्कृतिक रूपले छुवाछुत तथा अपहेलनामा परेका समुदायहरू पनि स्वभिमान र समानताका लागि विद्रोह गर्न तयार हुन्छ र त्यस भावनालाई साथ दिने सङ्गठनमा सामूहिक रूपले नै सहभागिता जनाउन पुग्दछन र द्वन्द्वले फैलन पाउँदछ । रङ्गको आधारमा, पोशाकको आधारमा, भाषाको आधारमा अपहेलित हुन पुगेकाहरु अपहेलनाको विरुद्ध सङ्गठित हुँदै द्वन्द्वलाई सङ्गठित गर्न मद्दत गर्न पुग्दछन् । यस्तो अवस्थालाई साम्य पार्न उनीहरूको मर्कालाई सम्बोधन गर्दै न्यायोचित ब्यावहार र व्यवस्था यस अभियानबाट सहज र सम्भव बन्दछ । 

 

स्वराज्य र मेलमिलाप, भावी नेपालको आधारः तीन तिर भारतबाट घेरिएको र एकतर्फ चीनबाट घेरिएर रहेको भुपेरिवेष्ठित राष्ट्र नेपाल राष्ट्रिय एकिकरणको माध्यमबाट सदा स्वतन्त्ररही स्वराज्यको अनुभूति गरिरहेको मुलुक हो । आज भारत र चीन विश्वकै उदाउदो र बढ्दो आर्थिक तथा सामरिक शक्ति बनेको अवस्थामा नेपाललाई सुरक्षित र समृद्धि कसरी बनाइ राख्ने सवाल नै मुख्य सवाल भएको हुँदा स्वराज्य र मेलमिलाप उपयुक्त वैचारिक र व्यवहारिक सिद्धान्तको रूपमा वैदिककाल देखि नै स्वराज्य अभ्यासमा रहेको शासन ब्यावस्था हो ।

 

आनाचारका विरुद्ध देवराज इन्द्रले बेत्रासुरलाई हराए पश्चात् स्थापना गरेको प्रथम देवशासन स्वराज्य भएकाले सबैले आफ्नो ठान्ने राज्य ब्यावस्था हो । यज्ञबाट दुस्मनलाई पनि मित्र बनाउने उपनिषदकालीन चिन्तन र ब्यावहारले मेलमिलापलाई समाज र राष्ट्रको आधारको रूपमा प्रस्तुत गरेको तथ्यले सबैको अस्तित्वलाई स्वीकार गरिएको तथ्य हो । यिनै दुई मुलभुत आदर्शले समाज र राष्ट्रलाई अग्रगमनतर्फ डो¥à¤¯à¤¾à¤‰ रहन्छन् । सरकारको चरित्र स्वराज्य र मेलमिलापमय बन्नु नै समृद्धि र विकासको ज्ञारन्टी हुनु हो । 
 

 

समाजवाद उन्मुख शब्दावली संविदानमा उल्लेख हुनु र कम्युनिस्ट पार्टीहरूको नेपालका सन्दर्भमा पुँजीवादमा प्रवेश गरिसकेको निष्कर्ष निकाल्नु आपसमा नमिलेका कुरा हुन् । यस्तै पाँच ‘स’को कुरा उठाउँदै अबको विकास आर्थिक विकास भन्दै उदाएको नयाँ शक्तिले केहीगर्न नसक्ने कुरा स्पष्टै छ । समतामुलक समृद्धि, समानुपातिक समावेशी सहभागिता मूलक लोकतन्त्र सुशासन सदाचार, स्वाधीनता सर्वाभौमिकता, समुन्नत समाजवाद पाँच ‘स’को रूपमा बौदिक जगतबीचमा नै आलोच्य बन्दै गएको छ । जनयुद्धको नेतृत्व गर्दै हिंसाको नेतृत्व गरेका डा. वावुराम भट्टराईको पाँच ‘स’को सिद्धान्त नयाँ शक्तिको भरपर्दो आधार बन्न सकेको छैन । जीवनभर माक्र्सवादी दर्शनको आधारमा कम्युनिस्ट शासनको वकालत गर्दै सरकार प्रमुख समेत वनीसकेका नेता भट्टराई कुनै दर्शन विनै नयाँ शक्तिको नेतृत्वगर्न अघि बढनु फेरि पनि कहीँ नपुगिइने यात्रा हो भन्दा कुनै अन्यथा नहोला ।
 

संविधान, सरकार र स्वराज्यको अवधारणलाई अगाडी बढाएको अगाडी बढाएको स्वराज्य मेलमिलाप अभियान आर्थिक, सांस्कृतिक कार्य योजना सहित अघि बढदै नेपाली मौलिक ज्ञान र संस्कृतिलाई आधार महत्त्व प्रदान गरिरहेको छ । दोस्रो संविधानसभामा संविधान निर्माणको प्रमुख संवाद समितिको संयोजक समेत रहनु भएका डा. भट्टराई संविधान निर्माण हुनासाथ संविधान प्रति असन्तुष्टि व्यक्त गर्दै कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्न थाल्नु भएको छ । संविधान सरकार र स्वराज्यरुपी तीन स अभियान स्वयम् उत्तरदायी हुने अवधारण भएकाले राज्यको शासकीय स्वरूप, निर्वाचन पद्धति र सरकारबीचको सम्बन्ध सहज र स्वीकार्य हुनुपर्छ भन्ने ठान्दछ । स्वयम् जिम्मेवार बनौ र मुलुक बनाऔं । संविधान, सरकार र स्वराज्यको स्थापनामा अघि बढौ ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक