Similar Articles

बिचार

लस एन्जलस, तारा दिदी र नेजाको पाँचौँ अधिवेशन- लेखनाथ गौतम

बिराट नेपाल

नेपाल अमेरिका पत्रकार सङ्घको गएको सप्ताहन्तमा पाँचौँ अधिवेशन थियो । गौतम दाहालको अध्यक्षतामा निर्वाचित पुरानो कार्यसमितिको दुई बर्से अवधि समाप्ति सँगै नयाँ कार्यसमिति चुन्नु थियो। त्यसको लागि अमेरिका भरीका करिब डेढ सय पत्रकारहरु भेला भएका थिए । पर्यटकीय नगरी लस एञ्जलसमा उत्साह र उमंगका साथ् अमेरिकाका विभिन्न राज्य र शहरहरुबाट लस एञ्जलसको सानो तर धेरै समुदायको बसोबास रहेको सहर आर्टेसियामा उनीहरू भेला भएका थिए । त्यही मेसोमा लस एञ्जलसको  à¤¬à¤¾à¤°à¥‡à¤®à¤¾ धेरै सुनेको तर प्रत्यक्ष अनुभव  à¤—र्ने अवसर पाएको थिइन ।मलाई  à¤¯à¤¸à¤ªà¤¾à¤²à¤¿ नेजाको अधिवेशनले त्यो अवसर प्रदान गर्‍यो । त्यो अवसर जुराइदिएकोमा नेजालाई साधुबाद ।

मैले नेजाको पहिलो पटक सदस्यता लिएको थिएँ । त्यसो त म मिडियामा धेरै पहिले देखि सक्रिय छु । मनमा लागेका कुरा देखि समाचार पनि लेख्ने गर्छु । अमेरिकामा सामान्य काम गर्छु । सप्ताहान्त र अन्य फुर्सदको समयमा नेपाली समुदायका कार्यक्रममा उपस्थित हुन्छु र त्यस्ता खबरलाई सम्प्रेषण गर्छु । समाचार असत्य नहोस भनेर सचेत हुन्छु । उपस्थित नभई सुनेर वा हचुवाको भरमा समाचार लेख्दिन । नभएको वा विस्वासिलो श्रोत बिना कसैको बारेमा नकारात्मक कुरा मलाई लेख्न मेरो धर्मले दिदैन।सकारात्मक समाचार, विचार प्रस्तुत गर्नु मेरो कर्तव्य हो । पक्कै पनि समाजमा भए गरेका नराम्रा खबरले कतिपयलाई सचेत् हुन मद्दत पुग्छ। तर त्यो जिम्मा म अरूलाई नै दिन्छु । परिवारको सदस्यको मृत्युबाट आहत परिवारलाई अझै बिक्षिप्त बनाउन  à¤¸à¤¾à¤®à¤¾à¤œà¤¿à¤• सञ्जाल र अनलाइनमा हेडलाइन बनाएर चर्चित हुन मलाई मन छैन । म मेरो आफ्नै आचार संहिताले चल्छु । युएस खबर पाक्षिकमा प्रधान सम्पादकको भूमिकामा छु । लेखन बाहेक मेरो आफ्नै काम छ । त्यहाँ घण्टा हान्न मैले जानै पर्छ नत्र मेरो रोजीरोटी चल्दैन।

नेजाको पाँचौँ अधिवेशन मेरो लागि लामो समय सम्म व्यावसायिक पत्रकारहरुसंग भेट्ने सुनौलो मौका साबित भयो । समयाभाव र विभिन्न परिस्थितिको कारण मैले व्यक्तिगत रूपमा धेरै सँग चिनजान गर्न कठिन थियो । छोटो समयको यात्रा, औपचारिक कार्यक्रमको लर्को अनि अरू थुप्रै कारणले सबै सँग भेटघाट हुन सकिन । तर पनि समग्रमा केही असल व्यक्तिहरुसंगको चिनजानले मलाई आफ्नो उचाइ बढेको महसुस भएको छ । हाम्रो नेतृत्व चयनको प्रक्रियामा भए गरेका कामहरुमा मेरा केही बिमतिहरु थिए। तर पनि  à¤¨à¥‡à¤œà¤¾à¤•à¥‹ अहिलेको कार्यसमिति राम्रो बनेको छ । यसमा केही गर्न सक्ने पत्रकारहरुकै बाहुल्यता छ भन्नेमा म विश्वस्त छु । म पनि त्यसको एउटा पाटो हुन पाउँदा मलाई हर्ष लागेको छ ।

डालसबाट जहाज चढ्दा मेरो अलि फरक सोचाइ थियो । नेजाको अधिवेशनको एउटा अङ्ग हुन पाउँदा अत्यन्त उत्साहित थिएँ । अमेरिका भरीका पत्रकार साथीहरूसँग घुलमिल हुने मौका मलाई केही क्षणमै प्राप्त हुँदै थियो। जहाजले लस एञ्जलसको भूमि छुँदै गर्दा मलाई आफू फरक ठाउँ मात्र होइन फरक भूमिकामा उपस्थित भएको गर्व महसुस भएको थियो । सोंचेको थिएँ, त्यहाँ अमेरिकामा नेपाली पत्रकारिताको विषयमा गहन छलफल होला। त्यहाँ कसरि समुदायका खबरहरुलाई छिटो र  à¤ªà¥à¤°à¤­à¤¾à¤µà¤•à¤¾à¤°à¥€ रूपमा प्रस्तुत गर्ने भन्ने बारे विचार बिमर्श होला । सङ्गठनलाई अझै मजबुत, जिम्मेवार र समाजमा इज्जतदार परिचय कसरि दिलाउन सकिन्छ भनेर मन्थन गरिएला । तर यसबारेमा खासै छलफल भएन। नेतृत्व चयनले नै सबै कुरा ओझेलमा  à¤ªà¤¾à¤°à¥à¤¯à¥‹à¥¤ शायद छोटो अवधि भएकोले पनि यस्तो भएको हुनु पर्छ । लस एञ्जलस जस्तो प्रेम नगरीमा घुम्ने, मनोरंजन गर्ने सबैको धोको हुन्छ। काम र दौडधुपबाट वाक्क दिक्क पत्रकार साथीहरू एकदुई दिन छुट्टी पाउँदा त्यो समय भरपुर मनोरंजन लिएर बिताउने इच्छालाइ अन्यथा लिन मिल्दैन ।

मेरो लागि भने यो यात्रा अत्यन्त उत्साहप्रद  à¤°à¤¹à¥à¤¯à¥‹ । लस एञ्जलस, सानफ्रान्सिस्को वरिपरिका नेपाली साथीहरू जो समुदायमा सक्रिय हुनु हुन्छ, उहाँहरूसँग भेट्ने अवसर मिल्यो । सुदिप पन्त, अग्नि चौलागाईं, भोला आचार्य, तोया दाहाल, रामेश्वर भण्डारी, ऋषि ढकाल, कविन्द्र सिटौला, शैलेश पोख्रेल, गिरिश पोख्रेल, कृष्ण केसी, ध्रुव कुँवर, पूर्ण शेर्पा, मच्छेदेवी गुरुङ मेरो मानसपटलमा रहिरहने नामहरू हुन् । त्यस्तै लस एञ्जलसमा रहँदा बस्दा हरेक पल सहयोग गर्ने गोकुल ढकाल, पुरुषोत्तम ढकाल र विश्व सुबेदी शायद कहिल्यै बिर्सिन सकिएला । लस एञ्जलसमा होटेल व्यवसाय गरेर बस्नु भएकी पोखरेली तारा दिदी मैले मात्र होइन कसैले पनि नबिर्सिने नाम हो ।

पोखराबाट २४ वर्ष अघि अमेरिका आएर अमेरिकाको धेरै पानी खाइसकेकि तारा दिदी अझै पनि पुरै नेपाली हुन् । लस एञ्जलसको सेरोफेरोमा ३ वटा होटलकि धनी तारा दिदीमा धन दौलतको घमण्ड कहीँ देखिन । हँसिली फरासिली तारा दिदी नेपाली भने पछि हुरुक्क हुन्छिन । नेपाली खाना, नेपाली सङ्गीत भने पछि उनी हुरुक्क हुन्छिन । नेपालीलाई सहयोग गर्न पाउँदा गर्व महसुस गर्ने तारा दिदी नेपालमा पनि थुप्रै सामाजिक काम गरेकी छिन । उनका दुईवटा कुराले मलाई प्रभावित तुल्यायो । क्यासिनो खेल्न जान खोज्नेलाई रोक्न उनले गरेको प्रयत्न र डिजे नाइटमा हिन्दी गीत लाउँदा नेपाली लगाऊ नेपाली लगाऊ भनेर बारम्बार गरेको अनुरोधले उनको नेपाल र नेपाल प्रतिको प्रगाढ माया दर्शाउँछ।नेपाली हुन नेपाली आकाश मुनि बसेर मात्र पुग्दैन, नेपाली मन चाहिन्छ। नेपालमा बसेर नेपालकै विरुद्धमा षड्यन्त्र गर्ने र नेपाल आमालाई लुट्नेहरु भन्दा विदेशी भूमिमा बसेर नेपालको सेवा गर्ने यस्ता तारा दिदीहरू नेपालका सच्चा सन्तान हुन्। जति धेरै ताराहरू विदेशमा चम्किन्छन, नेपाल त्यति उज्यालो हुनेछ।

यी र यस्तै मिठा अनुभूति सहित मेरो लस एञ्जलस यात्रा टुंगियो। लस एञ्जलसको आकाश छोड्दै गर्दा आफूमा एक किसिमको नयाँपन पनि महसुस भयो। असल मान्छेहरूको दुई दिनको सङ्गत पनि जिन्दगीको लागि प्रेरणा बन्न सक्छ । मैले आफूलाई अलिक भिन्न महसुस गरेको छु। नयाँ कार्यसमितिमा रहेर काम गर्न सक्छ भन्ने शङ्काको लाभ दिनुहुने सम्पूर्ण साथीहरूलाई धन्यवाद दिँदै उहाँहरूको भरोसा कायम राख्न प्रयत्न समेत गर्ने छु । आगामी दुई वर्षमा विगतका कामहरुलाई निरन्तरता दिनुको साथै नयाँ नयाँ कामहरू गरेर यो संस्था मात्र होइन समग्र नेपाली समाजको पहिचान यो भूमिमा स्थापित गर्न भूमिका निर्वाह गर्न सक्षम हुनेछौं भन्ने मेरो विश्वास छ । कसले गर्ने भन्दा पनि के गर्ने र कसरि गर्ने भनेर हामी छलफल गर्नु जरुरी छ । अन्त्यमा यति गहन जिम्मेवारीलाई सफलतापुर्बक निर्वाह गर्नु हुने साथी सुदिप पन्त र अग्नि चौलागाईंलाइ फेरी पनि धन्यवाद।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक