Similar Articles

बिचार

आइ एम नट विथ केपि ओली -हरिराम सिग्देल

बिराट नेपाल

विशाल दरबार जस्तो घर विशाल बगैंचा रंगीचंगी फुलले सजिएको त्यही एक कुनामा पार्क गरिएका मर्सिडिज, बिएम डब्लु कारहरु । आफ्नै उद्योग धन्दाले व्यस्त जीवन । अन्तर्राष्ट्रिय बजारमा मेरो ब्रान्डको बढ्दोमा मलाई एउटा पिरले सताएको छ अर्बौं रुपया कहाँ लगानी गर्ने भनेर । म कार चलाएर घर आउदै गर्दा गेटमा गाडी ठोकियो म झसङ्ग ब्युझिए । अबेरसम्म सुतिएछ अबेर भैसकेछ ।

हतार हतार हातमुख धोए खाना बनाउन चामल हेर्दा आधा छाक भन्दा थिएन त्यही आधा छाक चामल र गुन्द्रुक उमाल्म तिर लागो मनमा डर थियो कतै खाना नपाक्दै ग्यास त मेटिने होइन भनेर धन्न बडो मुस्किलले खाना त पाक्यो तर मलाई अर्को पिरले फेरि पोल्न थाल्यो भरेको जोहो कसरी गर्ने भनेर । खान बनाउन अन्न थिएन । पकाउन ग्यास थिएन । नत बिजुली बत्ती नै थियोे । न खल्तीमा रुपैयाँ । अत्तियास लाग्दो चरम सङ्कटमा छ जिन्दगी । कतैबाट ॠण धन गरी पैसाको जोहो गरेपनी यी सबै चिज कहाँ पाइन्छ र सुलभमा । एउटा सिलिन्डर पाउन पनि युद्ध नै जित्नु पर्छ । यस्तै कुरा मनमा खेल्दै गर्दा सामाजिक सञ्जालका गतिविधि हेर्न मन लाग्यो नेपाल टेलिकमको नेट खुल्नै आधा घण्टा लाग्यो । म सुरुको पोस्ट मै अचम्मित भए कारण थियोे हाम्रो सरकार र ओलीजीको कुरामा समर्थन गर्दै “आई एम विथ केपी ओली” को त ट्रेन नै चलेको रहेछ । पक्कै अनि यो अभियान चलाउने तिनै हुन जो आफ्नो काम काज छाडी आजिबन कुनै पार्टीमा लागि पार्टीको कार्यक्रताको बिल्ला लागाएर बर्सेनि देखि यो समाज र सोझा जनतालाई बलात्कार गर्नेहरू । बिरक्त लागेर आयो अनि तेहि आधी फाटेको बिस्तारामा पल्टे ।

हाम्रा ओली जीका सपना ठुला सडक, अन्तर्राष्ट्रिय विमानस्थलहरु, रेलमार्ग, जलविद्युत आयोजनाहरू, तेल, ग्यासका भण्डारवाट देशलाई ऊर्जामा सम्पन्न बनाउने सपनाहरू छन् । आहा कस्ता राम्रा सपना । कर्णालीमा चामलको अभावमा कुपोषणले थलिएका बालकको भविष्यका लागि सपना रंगीन छैन । दैनिक १५ सयदेखि दुई हजार युवा वैदेशिक रोजगारीमा भौंतारिँदै छन् । वैदेशिक रोजगारीमा रहेका नागरिक काठको बाकसमा बन्द हुँदै फर्किएका नेपालीको भविष्य देख्दैन सरकार । तर, सरकार उसको बजेटको पूर्तिका लागि वैदेशिक रेमिट्यान्समा निर्भर छ । अनुत्पादक क्षेत्रमा लगानी गर्न वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई प्रोत्साहन गर्छ । तर, उत्पादन एवं भविष्यको निर्भर बनाउने नीति बनाउन सक्दैन । हामीलाई हाम्रो दक्षताका आधारमा सर्टिफिकेट दिने निर्णयलाई ठुलो मान्नु कसरि ।

हो सपना देख्नु नराम्रो त पक्कै होइन सपना नदेखि कसरी सारथकता पाउने । १४९० मा लियोनार्दो दा भिन्चीले हवाइजहाजको सपना देखेका थिए । तर, उक्त सपनाको पूर्ति १९०५ मा राइट ब्रर्दशले गर्न सफल भए । हो ओली जीको सपना १५/२० वर्ष पछिलाई योग्य छन् । ओली जीले देखेका सपना त न जनताको माग नै हो नत चाहा नै । तत्काल जनताको आसा त नुन तेल चामलमा २ रुपया कममा पाइयोस् । कालाबजारीको अन्तय होस । देशमै सानै भए पनि रोजगारीको वातावरण होस । बिचौलियाको अन्त होस कति साना माग किन यी मागको वास्ता नगरी भोको पेटमा जनतालाई यस्ता ठुला सपना देखाउदै छ्न । न त ओलीले नै देखेका यी सपनालाई सार्थकता दिन उचित पहल नै भए सपना देखेको १ वर्ष बितिसक्दा पनि । मनमोहनको नौ महिने कालको स्वीटजरल्यण्डको सपना अझै पूरा भएको छैन । त्यसैगरी प्रचण्डको सिंगापुर बनाउने सपना थाङ्गनामा सुतिरहेको छ । सयौँ सपनाहरू यहाँ लाइनमा छन् । यी बर्सौ पुराना सपनाहरू त अझैसम्म पूरा भएका छैनन् त तपाईँका कसरी पूरा होलान्।

देशको राजधानीको त्यो कुरुपता सम्झदा पनि अत्तियास लागेर आउँछ । सिङ्गो राष्ट्रमा नै अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न कुनै सहर छैन । चाहिदैन अहिले नेपाली जनतालाई पानी जहाज रेल । ती सहरको कुरुपता बनाउने ढल मिसिएको नदीलाई सफा खोलामा परिणत गरिदिए पुग्छ  à¤…नि ती बेतका लहरा झैँ झुन्डिएका तारहरूलाई व्यवस्थित गरे पुग्छ । साना साना सपना देखि पूरा गर्नु पर्दछ आज आवश्यकताको बेवास्ता गरी भोलिको चाजो पाजो मिलाएर के नै फाइदा ।

अनि मेरो मनमा यति धेरै पीडा र अभाव छ मेरो मात्र होइन सारा नेपाली पीडा यही छ अनि म कसरी भन्न् सक्छु आइ एम विथ केपी ओली । हो आइ एम नट विथ केपि ओली । आम नेपालीले सन्तोषको माना खान पाओस । एक्काइसौं सताब्दीमा आएर कुनै जनताले टुकिको साहारा लिन नपरोस २०-२५ हजारको निम्ति कुनै नेपाली ले विदेशी भूमिमा ज्यान गुमाउन न परोस । नाकाबन्दीको सामाना गर्न योग्य नेपाल होस अनि सारा नेपालीले भन्ने छ्न आइ एम विथ केपी ओली ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक