Similar Articles

बिचार

यस्ता प्रवासी संगठन काग्रेसलाई आवश्यक छैन-- गगन थापा

बिराट नेपाल

विदेशमा वसेर आन्तरिक कलह र रडाको मच्चाउने प्रवासी संगठनहरु काग्रेसलाई आवश्यक छैन । यस्ता संस्थाको वोझ कांग्रेस र कांग्रेसका नेताहरुले वोक्न सक्दैनन् । आन्तरिक कलहको भारी हामीलाई वोकाउन पाइदैन । हामी नेपाल भित्र एउटा परिवेशमा काम गरिरहेका छौं । त्यसलाई सुधार गर्न कोसिस गरिरहेका छौं । सुधार्न कति सक्यौं कति वाकी छ  त्यो एउटा पक्ष हो । तर त्यो परिवेश भन्दा वाहिर वसेका संस्थाले गर्ने गतिविधि, काम गर्ने तरिकावाट संवन्धित पार्टिले सिक्न पाउनु पर्छ भन्ने अपेक्षा हो हाम्रो ।

नेपाली कांग्रेससँग नजिक भएको शुभेच्छुक संस्था भनौ त्यसको अंगको रुपमा रहेको जनसंपर्क समितिको काम गर्ने, वैठक गर्ने, निर्णय गर्ने, कार्यक्रम सन्चालन गर्ने तरिका र कार्यशैलीवाट  हामीले केही सिक्न पाउनु पर्छ । त्यसलाई देखाएर ल है जनसंपर्क समिति अमेरिका वा अष्ट्रेलियामा यसरी काम हुन्छ भनेर हामीले नेपालका जिल्ला कमिटिलाई सिकाउन पाउनु पर्छ । त्यो किन भएन ? यसको उत्तर हामीले नेपालमा वसेर दिने होइन । यही वसेका साथिहरुले दिनु पर्छ । मेरो प्रस्ताव के हो भने प्रवासमा वसेका नेपालीहरुलाई राजनीतिक दलहरुले राजनीतिक खेलमा मुच्छ्नु हुन्न । प्रश्न उठ्छ, त्यसोभए राजनीतिक दलहरुले यस्तो ठाँउहरुमा आफुसँग नजिक भएको संस्थाहरु किन वनाएको ? त्यसको पछाडिको उद्देश्य के हो ? यसको विवेचना गर्ने वेला भयो अव ।

यसमा दलको स्वार्थ हुने त भइहाल्यो । त्यो स्वार्थलाई संवोधन पनि हुन सकिरहेको छैन । त्यसमा हाम्रो पनि दोश छ । जनसंपर्कमा यत्रो साथिहरु लाग्नु भएको छ । श्रम शक्ति र समय खर्चनु भएको छ । तर यसवाट कुनै परिणाम आउन सकेको छैन । यसको जिम्मेवारी, कार्य शैली र चरित्र लगायतका अन्तरवस्तु मै सुधार नगरे अपेक्षित परिणाम निकाल्न सकिन्न ।   यसका लागि  वैधानिक ब्यबस्थामा केही सुधार गर्नु पर्ने छ । पार्टिसँगको संवन्धका वारेमा केही सुधार गर्नु पर्छ ।

पछिल्लो समय महाधिवेशनमा भाग लिन पाउने ब्यबस्था गर्दिसकेपछि त पार्टिको ७५ जिल्ला र २ सय ४० निर्वाचन क्षेत्र जस्तै अर्को १०–१२ जना मतदाता भएको एउटा इकाइ जस्तो पो वन्न पुगेको छ जनसंपर्क समिति । अहिले पार्टी भित्र पनि धेरैलाई केही सरोकार छैन. मात्र मलाई त्यहाँवाट आएकाकले मलाई मतदान गर्छ गर्दैन भनेर हेर्ने मात्र भएको छ ।

जनसंपर्कका विवादले पार्टी पक्तिमा अहिले एउटा छलफल शुरु गर्नु पर्छ भन्ने चाही भएको छ ।  पार्टिले जनसंपर्क समिति किन वनाएको हो ? यसवाट हाम्रो अपेक्षा के हो ? यसवाट पार्टि कसरि लाभाम्वित हुन्छ ? पार्टि मार्फतवाट सोसाईटीले के लाभ प्राप्त गर्ने भन्ने अव छलफल गर्नुपर्छ ।

अहिले अमेरिका छिरेदेखि साथिहरु कुनातिर तानेर विवादका कथा र पक्ष विपक्षका कुरा सुनाउनु हुन्छ । २००५ मा म अमेरिका आउदै गर्दा जनसंपर्क समितिमा यस्तो विवाद केही पनि थिएन । भर्खर भर्खरै शुरु गर्नु भएको थियो । अमेरिकावाट यु के मा फर्किएर जाँदा भर्खर जन संपर्क समिति भनेर गठन भएको थियो । धेरै पहिला भारतमा भएको कांग्रेसको प्रवासी संगठन कै नाममा यी संस्था झांगिएका हुन् । त्यती वेला पार्टिको विधानमा यीनलाई संवोधन गर्ने ब्यबस्था नै थिएन । ठुलो संख्यामा नेपालीहरु विदेशमा रहने र नेपालका हरेक कुरामा चासो राख्ने क्रम वढ्यो । हामी पनि यसवाट उत्साहीत भर्यौ । हामीले विधानमा नै यी संस्थालाई संवोधन गर्ने  ब्यबस्था गर्‍यौ । अव यसको पछाडिको उद्देश्यको वारेमा मीमांसा गर्नुपर्छ ।

(गगन थापासंगको कुराकानीमा आधारित)


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक