Similar Articles

बिचार

पातिखोला गुफा संरक्षणको अभावमा लोप हुन सक्ने, वास्ता गरेनन् लाहाचोकबासीले- अबिश अधिकारी

बिराट नेपाल

पोखरा सेती नदी नाम नसुन्नेको नै होला र ? अति पवित्र गङ्गा नदीले फन्को मारेको लाहाचोक आखिर किन विकासमा पछाडि छ ? प़श्न गम्भीर छ ! जम्मा ५ किलोमीटरको दुरीमा पोखरा छ पोखरा विकासको चरम बिन्दुमा छ । सगैको हेम्जा नगरमा परिणत छ तर लाहाचोक किन सुस्त हुन पुग्यो भन्ने विषयमा कोही गम्भीर भएको देखिदैन ! आम्दानीको प़याप्त बाटोहरु छन् तर सदुपयोग गर्दा पनि ठोस ठाउमा लगानी गरिएको छैन !

पर्यटकिय दृष्टिले रमणिय स्थल हो लाहाचोक तर पनि प़चार प़सार हुन सकेको छैन ! पातिखोला गुफा, बान्टाकुर,  à¤¦à¥‡à¤‰à¤°à¤¾à¤²à¥€ मन्दिर अनि अर्मलाको चिया बगान विशेष गरी पर्यटकको लागी हेर्न र घुम्न लायक ठाउहरू पर्छन तर पनि प़चार हुन नसक्नु ठुलो विडम्बना हो अझ भन्नु पर्दा २०३० सालदेखि नमुना स्कुलको रूपमा किताबको पनाहरूमा महेन्द़ मा.वि. को तस्बिर सहित पठ्न पाउथ्यौ यस्तो सुन्दर ठाउ हो लाहाचोक ।

आहा ! त्यो पातिखोला गुफा कति सुन्दर छ भित्र गयो भने विभिन्न प्राकृतिक आकृतिहरु देख्न सकिन्छ पानीको छागाँ खसेको सुन्दर तस्बिर अनि चमेराहरु भुरुभरु उडेको हेदा यति आनन्द हुन्छ मन एक पल्ट हामी सबै घुमी आनन्द लिन सकिन्छ तर संरक्षणको अभाव छ संरक्षण गने कसले ? यहाँ सबै आफ्नै स्वार्थ पुर्ति गर्ने कोसिसमा छन् ।  à¤¬à¤°à¥à¤¸à¥‡à¤¨à¤¿ लाग्ने गरेको संक्रान्ती मेला चैते दसैँ मेलालाई निरन्तरता दिन नसक्नुले लोप नै हुन लागी सकेको छ पातिखोला मेला । यहाँ सबै स्थानीय निकाय मिल्ने हो भने के सम्भव छैन ? यहाँ कुनै वास्ता गरिएको छैन । सम्बन्धित निकायको ध्यान जाओस ।

प्राणरक्षक पानी जुन पोखारा सप्लाई गरिएको छ यही भूमिमा छ बाँध यही भूमि बाट पोखेरेली जनताले पिउनु हुन्छ तर किन सोचीदैन लाहाचोकमा विकास ? यहाँ अलिकति सानो कुरामा पनि राजनीति हुन्छ भन्छन् यसैको प़भाव ले पनि हो ! बिलकुल राजनीति र विकास फरक पाटोहरू हुन विकासलाई राजनीतिक रूपमा हेर्नु हुँदैन भन्ने मेरो मान्यता हो तर हेरिन्छ नै !

कास्की  à¤œà¥€.बि.स ले हजारौँ ट़क ढुङ्गा बालुबा यही भूमिबाट निकासी गर्छ तर यस ठाउको विकासको लागी केही खर्चिदैन र सोचिदैन । यो दुखत कुरा हो ! गाईको दूध खाएपछि गाई लाई घासँ दिनु पर्छ यो सम्बन्धित निकायले बुज्न जरुरी छ ! १५ वर्ष भयो गाडी हिड्ने बाटो कोरेको तर पक्की अझै हुन सकेछैन । दुर्भाग्य , कुनै निकायको चासो नहुनु नै हो मिडियाको ध्यान जान जरुरी छ ! नेपाली काग्रेसका संसद प्रकाश बहादुर गुरुङले  à¤¹à¥‡à¤®à¥à¤œà¤¾- समिबगर पिच भनेर सरकारको रातो किताबमा कालो मसी कोरियको आज १७/१८ वर्ष भयो मैले खुदै रेडियो नेपालबाट सुनेको थिय त्यो त्यतिकै सेलायो चासो दिने मान्छे कोही भएन । आज सम्म कच्ची बाटो नि स्थायी हुन नसक्नु ठुलै दुरभाग्य हो यसको कारण राजनीतिक अस्थिरता सँगै स्थानीय सरकार मौन रहनु नै हो कुनै दुई मत छैन ! माछापुच्छै हिमालको काख अनि फेवातालको सिरानीमा रहे पनि कुनै विकासको खुड्कीलो पार हुन सकेको छैन ! झन्डै २०० मेक्टिक्टन चामल पोखरा खपत हुन्छ कयौ केजी तरकारी निकासी हुन्छ । यदि बाटोको मात्र सुविधा हुने हो भने पनि यहाँका जनताको सास्थीमा हल्का हुने थियो  ! यही बाट दैनेक लाखौ लिटर पनि पोखरा जान्छ तर यहाँ राम्रो खाने पानीको सुविधा छैन यति धैरै चामल निकासी हुन्छ तर यहाँ सिचाईको व्यवस्था छैन ! दोषी को ? प़श्न गर्न मन लाग्यो !

लाहाचोक एक सुन्दर एव पर्यटकिय स्थल हो अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ लाहाचोक यही बाटो बर्सेनि विदेशी पर्यटक पैदल यात्रा गर्छन् र सरकारले यही भूमि बाट विभिन्न नाममा रोयल-टी लिने गर्छ तर विकासको लागी कुनै चासो राखेको छैन !

अन्तमा राजनीति होस तर गाउमा विकासको लागी नहोस जसरी अहिले मौन छ   लाहाचोकबाट जसरी सेवा उपभोग गरीयको छ कृपया खाली बोक़ा सरी नफालियोस । सेवा लियपछी सेवा पनि दिन जानियोस ! पर्यटकिय प़चुर सम्भावना रहेको बस्तु ठाउलाई संरक्षण एव जीणो द्धार गरीयोस ! सिचाई खानेपानि बिजुली शिक्षा एवं बाटोको विकासमा ध्यान सबै निकायको जओस मेरो हृदयआत्म देखी हार्दिक शुभकामना!!


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक