Similar Articles

बिचार

कम्युनिटी सेन्टर नोर्दन क्यालिफोर्नियामा बन्ला त ? - यम कुँवर (अमृत)

बिराट नेपाल

मलाई कुनै अधिकारिक निम्तो त थिएन तर नेपाली कम्युनिटी सेन्टर भनेपछि नेपाली हुनुको नाता ले एउटा उत्सुकता लाग्नु स्वभिविकै हो | हजारौको सङ्ख्यामा नेपाली बसोबास गर्ने क्यालिफोर्नियामा कमुनिटी सेन्टरको आवश्यकता महसुस सबैलाई भएकै हुनुपर्छ | कार्यक्रम सुरु भैसकेको हुँदा हामी केही समय ढिला पुगेका थियौँ सँगै रहेको कुर्सी तानेर बसें | ७५% प्रतिशत भन्दा बढी सेतो कपाल र सेतो कपलोन्मुखको उपस्थिति रहेको थियो छिटफुट युवा अनि म अर्को एक युवा | म त्यहाँ पुग्दा त्यहाँको स्थिति धेरै तातिसकेको थियो | धेरैले कुरा राख्नु भयो प्रश्नोत्तर भए तर निष्कर्ष म आउने कुनै टुंगो थिएन | होस् पनि कसरि त्यहाँ मेरो गोरुको बाह्रै टक्का थियो | सेतै फुलेका दिमागहरु एकापसमा टक्राउदा कल्कलौदा दिमागहरु ओइलिनु परेको थियो | संस्थाको नामसम्म स्पट नभएको सो संस्थाले कसरि काम गर्ने भन्ने सम्म कुनै भिजन थिएन मात्र एकअर्का र्बीचको रिषिभी पोख्न तल्लिन थिए । एक अर्का माथि दोष र आरोप लगाउन तल्लिन थिए | हज्जारौ नेपालीको कर्मथलो क्यालिफोर्नियामा यो बारेमा सायदैलाई थाहा होला कि कम्युनिटी सेन्टर बन्दैछ भनेर | 

यदि नेपालीहरू मिलेर नेपालीहरुकै लागि बनाउन लागिएको नेपाली क्मुनिटी सेन्टर नेपालीलाई नै थाहा दिन सकिदैन भने त्यो कुरा कसरि सम्भव हुन्छ | त्यहाँ त्यस कुराम़ा ध्यान दिनुपर्ने थियो तर त्यो थिएन | युवा शक्तिको कुनै मूल्य थिएन मात्र एउटा पात्र थियो जसले सुनोस अनि मैले भनेको कुराम़ा ओके भनोस | संस्था बिघटन र सङ्गठन भन्दा अरू कुनै कुरा थिएन | यदि संस्था खोल्दैम़ा सबै काम सफल हुने भए आज सम्मम़ा बे-एरियाम़ा सयौँ भवनहरू बनिसक्थे होला अर्बन-करी मण्डेला हलम़ा गएर मिटिंग गरिराख्नु पर्ने आवश्यकता कसैको हुने थिएन | आपसी झैझगडा गर्न मिटिंग बोलाइने रहेछ भन्ने पाठ सिकेको छु मैले त्यो मिटिंगम़ा | मेरो एउटै प्रश्न बुद्धिजीवी दिमागहरुलाई के येस्तै तरिकाले बन्ला त कमुनिटी सेन्टर ? यदि बन्यो भने के हरेक नेपालीले मेरो भन्न पाउलान त ? कि तेहा भित्र छिर्दा पनि भोलि मेरो बारेमा नराम्रो सुन्नु पर्ने हो कि गाली खेप्नु पर्ने हो कि भन्ने डरम़ा ढोका खोल्नु पर्ने हो ? 

बाहिरबाट हेर्ने हो भने नेपाली नेपालीहरू बिच धेरै राम्रो सम्बन्ध छ सबै मिलनसार छन् | वास्तवमै धेरै राम्रो कुराहरू सुन्न पाइन्छ नेपाली समुदायको बारेम़ा बिदेशीहरुको मुखबाट | गर्व लाग्छ सुन्दा | तर वास्तविकता धेरै फरक पाइन्छ | जसले राजनीतिकिकरण नगर्ने भन्नु हुन्छ त्यही व्यक्ति सबै भन्दा बढी त्यस्ता कार्यमा अग्रसर हुनुहुन्छ | मलाई कसैको उदाहरण दिनु छैन किन कि सबैजना बितुलो हुनुहुन्छ राजनीतिले जुठोहालेको छ | खैर भुलौ यी सबै कुराहरू अनि गरौँ नयाँ कुरा अनि पुरा गरौँ पुराना सपना नयाँ तरिकाले | समाजको लागि समाजका सबै व्यक्ति उत्तिकै सम्मानजनक अनि महत्त्वपूर्ण  à¤¹à¥à¤¨à¥à¤¹à¥à¤¨à¥à¤› | चाहे बृद्दा अवस्थामा  à¤¹à¥à¤¨à¥à¤¹à¥à¤¨à¥à¤›, या युवा अवस्था बालीक | चाहे कुनै संस्थाम़ा सम्मिलित होस् या आस्था राख्ने होस् या स्वतन्त्र होस् सबैलाई समेट्न सकिने खालको अनि ढोकाम़ा पुग्दा सबैले मेरो भन्ने आभास गर्न सकिने खालको कमुनिटी सेन्टर निर्माण गरौँ | कुनै एउटा संस्थाको नामम़ा होइन सम्पूर्ण नेपालीको नामम़ा स्थापना गरौँ त्यही नै हाम्रो पहिचान हुनेछ अनि हामी सबैको सफलता | आज उसँग लड्यो भोलि अर्कोसंग अनि पाउनु के छ | आज उसको बारेमा कुरा लगाउनेले भोलि तपाईँको बारेमा अर्कोसंग कुरा नलगाउलन भन्ने के निश्चित छ ? सुनेको कुरा भन्दा देखेको कुराम़ा विश्वास गरौँ | अनि कहिल्यै पनि उत्तर खोजिरहनु पर्दैन कि बन्लात, बन्लात कम्युनिटी सेन्टर क्यालिफोर्नियामा ?

आदरणीय बुज्रकहरु सबैमा मेरो नमन छ | युवा शक्तिमा सम्मान छ | यो मेरो भाव हो कसैलाई आक्षेप लगाउन खोजिएको होइन | मेरो अन्तिम भनाइ हामी नमिलेको मिल्ने हामीले नगरे कसले गर्ने ? भनी हामी सबैले सोचौं अनि अरूले गरेको उदाहरण दिएर समय खेर फाल्नु भन्दा आफू उदाहरण बनौ त्यसैमा सबैको भलो होला भन्ने मेरो राय हो | कुनै पनि कुरा गरौँ स्पष्ठ गरौँ सबैको अगाडी गरौँ पछि गएर झगडा अनि व्यक्तिगत बैमनश्य र रिषिभीलाई त्यागौं म भन्दा पनि हामी भनौ कम्युनिटी सेन्टर सबैको आवश्यकता हो त्यसैले आवश्यकता पुरा गरौँ | धन्यवाद !!


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक