Similar Articles

बिचार

एक व्यक्तिले कतिसम्म गर्न सक्छ- अर्जुनप्रसाद मैनाली

बिराट नेपाल

नेपालको पश्चिमी दुर्गम पहाडी भागमा बिरामी तथा प्रसुति महिलाहरूले आवश्यक रगत नपाएर मृत्यु भएको धेरै समाचार सुनें । सायद तपाइहरुले पनि सुन्नु भएको छ होला ! त्यस्ता क्षेत्रमा म रक्तदानबारे जनचेतना अभियान चलाउँदै छु । हाललाई देशकै सबभन्दा गरिब जिल्ला बाजुरा चयन गरेँ ।

गरिबी जीवन तथा शिक्षाको पहुँच नपुगेको ठाउँमा रगत दान गरौँ न हजुर भन्दा त्यति उपयुक्त होला जस्तो लागेन । त्यसैले ५ वर्षपछि आवश्यक रगत दाता सजिलै उपलब्ध हुने गराउने उद्देश्यले निम्न चार चरणको योजना बनाएँ।

प्रथम चरणमा त्यस जिल्लाको जिल्ला शिक्षा कार्यालय र सामाजिक संस्था हेल्पिङ्ग नेटवर्क मार्फत विभिन्न स्कुलका कक्षा ८ मा अध्ययनरत दश बिध्यार्थिहरुलाई जुन २, २०१६ का दिन जिल्लाका सयौँ गन्यमान्य व्यक्तित्वको उपस्थितिमा एक लाख रुपैया छात्रवृत्ति प्रदान गरेँ ।

दोस्रो चरणमा जुन १४, २०१६ मा विश्व रक्तदाता दिवस मनाउन आवश्यक खर्चको लागि हेल्पिङ्ग नेटवर्कलाइ तीस हजार रुपैयाँ सहयोग पठाउँदै प्रस्ताव गरेँ । उक्त जिल्लामा रक्तदान गरेका मद्दे २४ जनालाई हजारौँ जिल्लावासीहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीले कदर पत्रले सम्मान गरे। यसबाट ती रक्तादाताहरुमा नियमित रक्तदान गर्न हौसला मिल्नुका साथै उपस्थित दर्शकहरुमा पनि रगत दान गर्न संदेश गयो।

तेस्रो चरणमा जिल्ला भरीका निम्न माध्यमिक र माध्यमिक विद्यालयमा अध्ययनरत करिब ११ हजार बिध्यार्थिहरुमा रगत दान बारे सङ्क्षिप्त जानकारी मूलकको पर्चा छपाइ वितरण गराउन जुन १६, २०१६ मा हेल्पिङ्ग नेटवर्कलाइ ७५ हजार रुपैंया सहयोग पठाएँ । यति रकमले करिब १५ हजार पर्चा छपाउन र वितरण गर्न सघाउ हुनेछ । हेल्पिङ्ग नेटवर्क र जिल्ला शिक्षा कार्यालयको संयुक्त प्रयासमा बिध्यार्थिहरुलाई पर्चा पढ्न लगाइनेछ ।

चौथो चरणमा पर्चा बाढ़ेको १ महिनापछि ती ११ हजारै बिध्यार्थिहरुमा रक्तदान जीवनदान विषयको निबन्ध प्रतियोगिता गराइनेछ । स्कुल स्तरमा उत्कृष्ट भएका निबन्धलाई जिल्ला शिक्षा कार्यालयमा पठाउने छन् । जिल्ला स्तरमा प्रथम, द्दितीय र तृतीय हुनेलाई क्रमश सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगत पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरिनेछ। करिब १०० जना बिध्यार्थिहरुमा सान्तोना पुरस्कार भनेर पाँच पाँच सय नगद प्रदान गरिने छ । यो पुरस्कार र व्यवस्थापनको लागि ७५ हजार रुपैया अर्को दुई महिनामा हेल्पिङ्ग नेटवर्कलाई उपलब्ध गराउने छु।

उपरोक्त प्रयासबाट ती बिध्यार्थिहरुमा रगत दान बारे पुरा ज्ञान र राम्रो छाप पर्नेछ । भविष्यमा उनीहरूको परिवार सदस्य वा छिमेकीलाई रगत आवश्यक परेको अवस्थामा आफै दिन सक्नेछन। यो मेरो विश्वास हो । यसभन्दा अगाडी काभ्रेपलाञ्चोक जिल्लाको सम्पूर्ण माध्यमिक र उच्च माध्यमिक बिध्यालयहरुमा १२८ हजार रुपैयाँको लागतमा रक्तदान जीवनदान विषयमा निबन्ध प्रतियोगिता गराएको थिएँ ।

मेरो आफ्नै श्रोतमा यसरि रक्तदान उत्प्रेरणा बढाउन कोसिस गरी रहेको छु । यसको प्रतिक्रिया कस्तो आउँदो रहेछ, हेरौं। प्रभावकारी भएको जस्तो लाग्यो भने अर्को वर्ष अरू केही जिल्लामा पनि यस्तै गरी गर्ने सोच बनाएको छु । सम्पन्न गर्न तपाईँहरूको सद्भाव तथा सहयोगको अपेक्षा राखेको छु ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक