Similar Articles

बिचार

राष्ट्रियता बेच्न पाईदैन- कमला प्रसाइ

बिराट नेपाल

राष्ट्र निर्माता पृथ्वी नारायण शाह पछि राजा महेन्द्रले देश बिकासको काम गरेका थिए । आफ्नो राष्ट्रियतालाई कहिल्यै कमजोर हुने काम गरेनन् । ईण्डियासँग नझुकी देशलाई स्वाभिमानको शिखरमा पुर्याएर बिकासमुखी नेपाल बनाएर छोटो समयमा पनि सबैले सम्झिन योग्य इतिहास बनाएका थिए ।

अहिलेको २५ वर्षको इतिहासमा सबै भन्दा स्वाभिमानी नेताको रुपमा के पी ओली र कमल थापालाई मान्नु पर्छ । किन भने इण्डियासँग घुंडा नटेकी देश विकासको निमित्त अग्रसर भईरहेको बेला विदेशी दलालहरु बिक्न खोजेर सरकार ढलाउने प्रयास गर्दैछन्, यो राष्ट्र्को लागि दुर्भाग्य हुन सक्छ । देशलाई बन्दकी राख्ने १२ बूंदे सहमतिमा समेत सामेल नभएका के पी ओली र कमल थापा राष्ट्रवादी नेताहरु भएको प्रमाण अहिलेको घटनाक्रमले स्पष्ट पार्दछ ।

संपुर्ण नेपालीहरुले अब आँखा खोल्ने बेला आएको छ । हामीहरु सबै मिलेर राष्ट्रियता बचाउने जिम्मा लिन ढिलो गर्नु हुँदैन । नेता र पार्टीहरु भन्दा राष्ट्र ठूलो हो भन्ने कुरा नेपाली जनताले छिट्टै बुझ्नु पर्ने दिन आईसकेको छ ।

विगतका दिनहरुमा को के थिए, को को कुन पार्टीमा थिए, कसले के विचार बोकेका थिए- ति सबै कुराहरु बिर्सिएर आज मुलुक कततिर गईरहेको छ र मुलुक बचाउनको लागि अवको आवश्यकता के हो-संपुर्ण नेपालीहरुले बुझेर अघि बढ्ने बेला आएको छ ।

सत्य कुरा गर्‍यो भने राजावादी भनेर आरोप लगाउँछन! मलाई गर्व लाग्छ राजावादी भन्दा! कैयौं नेताहरुलाई राजा मान्नु भन्दा एउटा राष्ट्रप्रेमी व्यक्तित्व राजा देशको अभिभावक भएर राष्ट्र चलाएको फेरि हेर्न चाहन्छु ।

रातारात नेताहरु यसरी किन बिक्छन् ! व्यक्तिगत नाफा-नोक्सानमा देश चलाउन खोज्ने ? संसद भवन नै व्यापारको निमित्त गरिने लिलाम बढाबढ (टेन्डर) गर्ने बजार जस्तो भईसक्यो ।

अन्तिममा, अरवौं खर्च गरेर चुनाव गराउने, सरकार ढलाउने, कर्मचारी फेरबदल गर्ने काम भन्दा पुरानै कर्मचारीहरुलाई यथावत स्थानमा राखेर राष्ट्र्को सम्पति देश विकासको काममा लगाउने हो भने देशले कोल्टे फेर्न सक्छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक