बिराट नेपाल
2016-08-01
काँग्रेस र कम्युनिस्टको संयुक्त जन आन्दोलन २०४७ सालमा स्थापित बहुदलीय प्रजातंत्रपछि पनि किन जनताका आशातीत चाहना पूरा भएनन ? अन्याय ,अत्याचार , गरिबी अनि सबै प्रकारको विभेदविरूद्ध भएको राजनीतिक परिवर्तन किन नेपालीको साझा उपल्ब्धि हुन सकेन ? राष्ट्रियता वालियों बनाउनुपर्ने प्रजातान्त्रिक शासन पद्धति किन झन् - झन् कमजोर बनायो ? जनताद्वारा जनताका लागि सुशासनलाई स्थापित र बलियो बनाउनुपर्ने शासन व्यवस्थाले राज्यलाई स्थापित र बलियो बनाउनुपर्ने शासन व्यवस्थाले राज्यलाई किन यति धेरै गैरजिम्मेवार र भ्रष्टाचारी बनायो ? सामाजिक , सास्कृतिक , धार्मिक , लैंगिक र जातीय अल्पसंख्यकहरूलाई संरक्षण गरेर अधिकार सम्पन्न बनाउने जिम्मेवारी प्राप्त संसारको निर्विकल्प भनिएको राजनीतिक व्यवस्थाले किन उनीहरूलाई अधिकार सम्पन्न बनाउन सकेन र उनीहरूको भावनामा चोट पुर्यायो ? कुनै निश्चित राजनीतिक वादभन्दा माथिको समकालीन सामाजिक अनि राजनीतिक चेतनाबाट यी सवालले महत्त्वपूर्ण अर्थ राख्दछन । उल्लिखित यस्ता अनुत्तरित प्रश्न हुन जसको सेरोफेरोमा दुई दशकभन्दा बढी समय नेपाली राजनीतिक र सामाजिक आन्दोलन घुमिरह्यो ।अन्तत: १० वर्षसम्म चलेको माओवादी जनयुद्ध र २०६३/२०६४ सालमा भएको दोस्रो जनआन्दोलनपछि नेपाली राजनीतिक इतिहासमा ठुलो परिवर्तन भयो । यसले नेपाललाई एक थान संविधानमात्र दिएन बरु दशकौंदेखिको राजनीतिक महत्वाकांक्षा पूरा गर्यो ।
नेपालको राजनीतिक इतिहास सर्सती मात्र अध्ययन गर्दा पनि थाहा हुन्छ ६ दशकमा नेपाली राजनीतिमा ठुला परिवर्तन भएका छन् । तर दुर्भाग्य ती राजनीतिक परिवर्तन स्थायी हुन सकेनन् । अर्कोतिर त्यस्ता परिवर्तनले जनजीवनलाई उल्लेख्य परिवर्तन गर्न सकेनन् । राजनीतिकशास्रका अनुसार जनता नै शक्तिका स्रोत हुन । त्यसैले जनताले कहिले हार्नु पर्दैन ।नेपालमा त्यस्तो भएन । सबै खाले परिवर्तन पछि पनि नेपाली जनता नै बारम्बार पराजित हुनुपर्यो । सट्टामा जनता होइन , केही निश्चित समूह र व्यक्तिले जितिरहे । केही व्यक्ति नवधनाढ्य हुनु र केही निश्चित समूह र व्यक्तिको स्वार्थपुर्ति गर्नु बाहेक नेपालमा भएका त्यस्ता परिवर्तनले जनजीवन स्तरमा खासै महत्त्व स्थापित गर्न सकेन । इतिहासमा भएका त्यस्ता परिवर्तनले नेपालको राजनीतिक र सामाजिक जीवनमा जुन संस्कृतिको विकास गर्नु पर्ने हो त्यो पट्टक्कै हुन सकेन । समाजशास्त्र भन्छ - परिवर्तनहरू असम्भाव्य छन् तर सबै परिवर्तन राम्राका लागि हुदैनन । नेपालमा त्यस्तै भइरहेको त होइन ?
Post Comments Using Facebook
Your Comments