Similar Articles

बिचार

पहल गर्न सके १४ जनाका परिवारले क्यानाडामा शरण पाउन सक्छन्-गोबिन्दसिंह रावत, टोरोन्टो

बिराट नेपाल

कसैको केही लाग्दैन नियतिमै बज्रपात परेपछि
देश बनाउँछु भन्नेहरूले बारम्बार घात गरेपछि
ए हजुर, कतिञ्जेल धान्छ रेमिट्यान्सले यो देश  
सुटकेश बोकेर आउनेहरू, बाकसमा झरेपछि  
–रमेश पौडेल

अफगानिस्तानमा क्यानाडाका सैनिकका लागि द्धेभाषेको काम गर्ने इन्टरप्रेटरले क्यानाडामा शरण पाएको थियो । अफगानिस्तानमा क्यानेडिन राजदूतावासको सुरक्षाका लागि खटिएका १४ जना नेपालीका लागि उचित न्याय दिलाउन पहल गरिदिने संस्थाको खोजी भइरहेको छ । यो दायित्व प्रथमतः आफूलाई आप्रवासी नेपालीको अविभावक भन्ठान्ने एन.आर.एन. ले लिनु पर्ने हो । त्यसमा पनि क्यानाडाको दूतावासको सुरक्षाका लागि खटिआएका नेपालीहरू भएकोनाताले पनि एन.आर.एन. क्यानाडाले यसको पहल सुरु गर्नु पर्ने हो । हुन त राजनैतिक उद्देश्य लिएर खोलिएको नेपाली जन सम्पर्क समिति क्यानाडाले आज प्रेस विज्ञप्ति जारी गर्दै काबुलमा सोमबार भएको आत्मघाती हमलाबाट चौध जना नेपाली को मृतु एवं घाइते भएको  à¤ªà¤¿à¤¡à¤¿à¤¤à¤¹à¤°à¥à¤²à¤¾à¤ˆ उचित क्षतिपूर्ति को व्यवस्थाको लागि लबिङ्ग गरी क्यानडा सरकार, प्रधानमन्त्री, विदेश मन्त्रालय र सदनको ध्यानाकर्षण गराउने काम भैरहेको जनाएको छ । यो एउटा उदाहरणीय कार्य हो । यसमा क्षतिपूर्तिका लागि मात्र हैन क्यानाडाले कुनै पनि देशका पीडितहरुको सहयोग गर्ने कार्यका मानवताको उदाहरण देखाएको छ । सुनौलो सपना बोकेर विदेशिएका नेपाली युवाहरूको विदेशिने बाध्यताको यथार्थता हामी सबैलाई थाहा भएको कुरा हो । १० वर्षको जनयुद्ध र त्यसपछि देखा परेको अस्थिर राजनीतिक उतारचढाउँ र दल तथा दलका नेताहरूको स्वार्थ नीतिले देशलाई जरजर पारिदिएको छ।  à¤•à¤²à¤•à¤¾à¤°à¤–ानाहरुमाथि तगारो लागेपछि विकासका ढोकाहरु एकएक गर्दै बन्द हुन थाल्यो र रोजगारीको समस्याले गर्दा प्रत्येक दिन हजारौँको सङ्ख्यामा युवाहरू पलायन हुँदे गइरहेका छन् । अफगानिस्तान जस्तो बारुदको भूमिमा ज्यानको बाजि राखेर आफ्नो परिवारलाई दुई छाक जोड्न पुगेका वीर नेपालीहरूको पसिनाले कमाएको पैसाबाट आउने रेमिटेन्सबाट देश चलेको छ । देशका नेताहरूको खर्च चलेको छ । देशका दलहरूलाई दामासाहीले बाड्ने खर्च चलेको छ भन्ने वास्तविकता कतैबाट लुकेको छैन । तर तिनै वीरहरुको बलिदान बाकसमा आउदा पनि राष्ट्र मौन छ । उनीहरूको पीडालाई स्मरण गर्दै सेतोपाटीमा सुनसरीका बीरबहादुर खत्रीले आफ्नो पीडा बिसाएर वास्तविकता सुनाएका थिए । यसरी अकालमै मृत्युवरण गर्नेहरुमा  à¤¸à¥à¤¨à¥Œà¤²à¥‹ सपना बोकेर विदेशिएको मात्र ११ दिन पुगेकाहरु पनि  à¤¥à¤¿à¤ । खत्रीसँगै काबुल पुगेका साथीलाई सम्झदै ‘हाँसीखुसी सँगै गएका थियौँ, फर्किँदा साथीलाई बाकसमा ल्याउनुपर्दा मुटु चिरिएको छ’ भन्दै भकानो छोडेका थिए । कतिले त भर्खर जन्मेको सन्तानको अनुहार पनि हेर्न पाएका थिएनन् ।

काबुलमा १ सय ४७ जना नेपाली साब्र कम्पनीमार्फत् क्यानेडियन राजदूतावासको सुरक्षामा खटिन्थे। त्यो क्षेत्रमा बेलायत र जापानको राजदूतावास पनि छ। राजदूतावासदेखि उनीहरू बस्ने क्याम्प तीन किलोमिटर टाढा थियो। गाडीमा १० मिनेटको बाटोमा पर्ने क्यानेडियन राजदूतावासमा एकपटकमा बसले २१ जनालाई ओसार्ने गथ्र्यो । एउटा बसले ल्याउने र अर्को बसले फर्काउने गथ्यो ।  à¤ªà¤¹à¤¿à¤²à¥‹ बस क्याम्पको गेटबाट निस्किसकेपछि लगतै निस्केको अर्को बसमा आत्मघातीले बम पड्काइ हाल्यो।  à¤¤à¤¾à¤²à¤¿à¤¬à¤¾à¤¨à¥€ समूहको आत्मघाती हमलामा परेपछि १४ जना नेपाली वीरहरुको ज्यान गयो र चारजना नेपाली घाइते भएका छन् । यसरी  à¤…फगानिस्तानमा बाँच्ने ग्यारेन्टी नभएको ठानेर अहिले नेपाली कामदारहरु आफ्नो पाउने तलब छोडेर घर फर्कदै छन् । उनीहरूले अब अफगानिस्तान मात्र होइन विदेश नै नजाने सोच बनाएका छन्। तर के राष्ट्रले उनीहरूलाई बाच्ने मौका दिन्छ वा दलको सदस्य बनाएर नेपालबन्दमा टायर बाल्न र आन्दोलनको नाममा एन सेलको टावर ध्वस्त पार्न खटाउछन् ? अफगानिस्तानको घटनापछि २४ जना नेपालीहरू घर फर्केका छन् । तीनदेखि पाँचलाख दलाललाई खुवाएर यस्तो युद्धरत् क्षेत्रमा अरू देशको सुरक्षाका लागि खटिएका नेपालीहरूको पहलमा कसले बोल्ने । यो हमला तालिवानले योजना अनुसार गरेका थिए । नाटो आवद्ध देशका निकायलाई सुरक्षा दिने कसैलाई पनि नछोड्ने तालिवानको अडान भएकाले उनीहरूले नेपालीलाई तारो बनाएको हुनसक्ने अनुमान गरिएको छ । काबुलमा रहेका विदेशी निकायको सुरक्षामा बाहिरी घेरामा स्थानीय अफगानीहरू हुन्छन् भने भित्रको मुख्य सुरक्षाको जिम्मा नेपाली गार्डलाई दिइएको हुन्छ। त्यसभित्रको घेरामा सम्बन्धित देशका गार्ड बसेका हुन्छन्।  à¤…फगानिस्तानमा शान्ति सम्झौतापछि क्यानाडाले २००३ मा आफ्नो को दूतावास खोलेका थिए । त्यसबेलादेखि नेपालीहरू सुरक्षामा खटिएका छन् । नेपालीहरू मरिएकोमा चिन्ता व्यक्त गर्दै वरिष्ट पत्रकार तथा अन्तर्राष्ट्रिय मामिलामा कलम चलाउने क्यानाडाका चर्चित पत्रिका सनका स्तम्भकार मेथ्यु फिसरले आफ्नो स्तम्भमा नेपालीहरूको बहादुरीको इतिहासका पानाहरु पल्टाउँदै विश्वभरि नै नेपालीहरू वीरताका चिनिएकाले विशिष्ट सुरक्षामा खटिआएको जानकारी गरायदै यसलाई कायरताको उदाहरण दिँदै क्यानडा सरकारसँग उनीहरूको क्षतिपूर्तिका लागि माँग गरेका छन् । क्यानाडाका प्रधानमन्त्री टु«डोले यसलाई कायरताको नमुना भनेका छन् भने अफगानिस्तानकालागि क्यानेडियन राजदूत क्रिस एलेक्जेन्डरले नेपालीहरूको बहादुरी र साहसको प्रशंसा गर्दै यो कायरतापूर्वक गरिएको घटनाको भत्सर्ना गरेका छन् ।
 
अफगानिस्तानको घटनालाई नियालेर हेर्दा त्यहाँ मारिएका नेपालीहरू त्यहाँ जानुको बाध्यता भनेको देशमा रोजगारीसँगै शान्ति सुरक्षाको कमीलाई रहेकालाई नकार्न सकिदैन । उनीहरू त्यहाँ काम गर्न जाने क्रममा सहिद भएका हुन् । यसैलाई आधार बनाएर क्यानाडाको दूतावासका लागि खटिएका यी १४ जना नेपालीहरूका परिवारलाई क्यानडा सरकारले शरण दिनु पर्ने कार्यका लागि पहल गरिदिने दरिलो संस्थाको खाँचो छ । क्षतिपुर्तिभन्दा वीरगति पाएका १४ जनाका सन्तानले सुरक्षित शरण र शिक्षा पाउन सके अफगानिस्तान जस्तो ठाँउमा आएर काम गर्नु पर्ने बाध्यता भनेको आफ्ना सन्तानलाई शिक्षाको कवच दिनु रहेकोले उनीहरूका बुवाले देखेको सपना क्यानडा सरकारले पुरा गरिदिन सक्छ । क्यानडा सरकारले आफ्नो आप्रवासी नीति अनुसार प्रत्येक वर्ष ५० हजार शरणार्थी भित्र्याउने अठोट गरेको छ । मानवीयताका आधारमा यी १४ जना शहीदका परिवारलाई नियमानुसार शरण दिन मिल्छ । यसका लागि उचित पहल र दरिलो संस्थाको खाँचो छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक