Similar Articles

बिचार

अमेरिकामा हाईवेमा ड्राईभिंग गर्न नसक्नुको पीडा -प्रकाश श्रेष्ठ

बिराट नेपाल

अमेरिका अवसरको भूमि भन्ने गरेको चारैतिर सुनिन्छ र समयानुकूल चल्न सक्नेहरुको लागी यो यथार्थ पनि हो । यति भनिरहँदा तपाईँ सँग आधारभूत कुराहरू छैन भने अवसर त्यसै अगाडी आएर भने खडा हुँदैन । तसर्थ यसका लागी आफ्नो प्रयास हुनै पर्छ । यसमा पनि तपाईसँग चाहेको ठाउँमा जान सक्ने गरी गाडी हाँक्ने क्षमता छैन भने त हात बाँधेर राखिएको मान्छे सिवाय केही हुन सक्दैन । त्यसो त सार्वजनिक यातायात पनि विकल्प हुन सक्छ तरपनि कतिपय अमेरिकाका राज्यमा सार्वजनिक यातायातको विस्तारलाई बढी महत्त्व दिनु भन्दा व्यक्तिगत सवारीका साधनहरू सञ्चालन सुदृढरुपमा गर्नको लागी ध्यान दिइएको हो की भन्ने आभास हुने गर्छ ।

 

न्यु योर्क, क्यालिफोर्निया लगायतका व्यस्त सहरहरूमा सार्वजनिक यातायात-बस, रेलमार्गबाट यात्रा गर्दा सहज हुने पनि देखिन्छ तर कतिपय राज्यको काउन्टी साईडमा बस्नेहरुको लागी निजी सवारी साधनको नै प्रयोग भरपर्दो मानिन्छ । त्यसमा पनि छिटोछरितो आवतजावत गर्न सकिने मुख्य राजमार्ग( Highway) को प्रयोग गर्न सकिने भएमा भनेको स्थानमा सजिलै पुग्न सकिने र तोकिएको काम समयमै हुन सक्ने देखिन्छ । लोकल सडकमा मात्र सवारीसाधन चलाउन सक्नेहरुलाई लामो दुरीमा ड्राईभिंग गर्न निकै समस्या देखिन्छ । त्यसले गर्दा थोरै समयमा हाईवे बाट पुग्ने ठाउँमा पनि धेरै समय लाग्नुको साथै ट्राफिक जाममा फस्ने त्यत्तिकै सम्भावनाहरू रहन्छ । ठाउँ पिच्छे फरक फरक स्पिडमा मापदण्ड अनुसार चल्नु पर्ने भएकोले पनि कतिपय अवस्थामा ट्राफिक नियमको पालना नभएर पुलिस र सडकमा जडित सी.सी. टिभीको निगरानीबाट टिकट पाउने सम्भावना रहने बढी सम्भावना रहन्छ । त्यसो त हाईवेमा समेत स्पिडलाई नियमन गरिएको हुन्छ नै तरपनि ट्राफिक लाईटहरुको त्यति बिघ्न समस्या पर्ने सम्भावना कम हुन्छ ।

 

अर्को तर्फ सामान्य लोकल सडकमा हुने सवारी साधन दुर्घटनाहरु ज्यादा हुने सम्भावना भएतापनि हाईवेको जस्तो ठुलो क्षति हुने सम्भावना भने कम देखिन्छ तापनि दुर्घटनाको प्रकृतिमा त्यो सबै कुराहरू निर्भर गर्दछ । जे होस् तपाईँले अमेरिकाको सवारीसाधन अनुमतीपत्र लिदा भने भरपर्दो ड्राईभिंग स्कुल वा व्यक्तिको सहयोग लिनै पर्छ । हतपत बढी आत्मविश्वास देखाएर सडक वा राजमार्गमा सवारीसाधन गुडाउन खोज्दा नराम्रो दुर्घटना पनि निम्तिन सक्छ र यस्तो अवस्था आएको देखिएको पनि छ । त्यसैले यसतर्फ सजग हुनु आवश्यक छ । समय बढी लगाएर भए पनि निपुर्ण भएर ड्राईभिंग लाईसेन्स लिनु आवश्यक छ र साथमा लोकल राजमार्ग र मुख्य राजमार्गमा समेत सवारीसाधन चलाउन सिकेर निपुर्ण हुने प्रयास गर्नु उपयुक्त हुन्छ ।

 

कतिपय राज्यहरूमा केवल पार्किंग लटमा मात्र गाडी चलाउन जान्ने भए हुने र कतिपय राज्यमा लोकल सडकमा गाडी चलाउन जाने पछि जाँच पास भएर लाईसेन्स निस्कन सक्छ । त्यसैले कतिपय सिकाउने व्यक्तिहरूले लाईसेन्स निकाल्ने कुरालाई मात्र प्राथमिकतामा राखेर गाडी चलाउन सिकाईरहेको पनि पाइन्छ जसले गर्दा लाईसेन्स निकाली सकेपछि पनि हाईवेमा गाडी चलाउन नसकिरहेको अवस्था पनि देखिएको छ । यस्तो भयो भने एककिसिमले अपांग सरहनै भईन्छ ड्राईभिंगको क्षेत्रमा ।

 

तसर्थ नयाँ ड्राईभिंग सिक्नेहरुले ड्राईभिंग स्कुल वा व्यक्ति मध्येबाट जहाँबाट ड्राईभिंग प्राक्टिक्स गर्न खोजे पनि लोकल सडक र मुख्य राजमार्गमा सवारीसाधन चलाउन सिक्नु जरुरी छ । पहिला लोकल सडकमा मात्र चलाउन सक्षम बनौ पछि मुख्य राजमार्ग तिर जान सिकौला भन्दा कतिपय अवस्थामा त्यसले सार्थकता लिन नसकेको पाइयो । हुनत कतिपयले पछि साथीहरू, आफन्तहरुको सहयोगमा हाईवेमा चलाउन सक्षम भएको देखियो तरपनि सबैलाई यो अवस्था लागु नहुन सक्छ । तसर्थ समयमै राम्रो सँग सबैतिर गाडी चलाउन सक्ने हुनु जरुरी छ अन्यथा ड्राईभिंग लाईसेन्स भएरपनि हातै बाँधेर बस्नु पर्ने केही टाढाको दुरीमा अवसर पाएर पनि ड्राईभ गरेर जान नसक्ने अवस्था नआउँला भन्न सकिदैन ।

 

त्यस्तै ड्राईभिंग भनेको आफैमा चुनौतीपूर्ण काम पनि हो किनकि थोरै मात्रै असावधानीले ठुलो गम्भीर दुर्घटनाहरु आईलाग्न सक्छ तसर्थ ड्राईभिंग लाईसेन्स निकाल्ने क्रममा लिखित परीक्षाको लागी ट्राफिक नियम र सवारी सम्बन्धी राज्यको नियमहरुलाई राम्रोसँग अध्ययन गरेर तयारी गर्नुको साथै हरदममा दिमागमा यस्ता नियमहरुलाई ख्याल राखिराख्नु पर्ने हुन्छ भने अर्को तर्फ सवारी साधन चलाउन राम्रोसँग सिक्नु र हात बसाल्नु पनि पर्छ । त्यसो हुनसके र सवारी साधन चलाउँदा निकै होसियार भएर चलाउने गरेमा सम्भावित दुर्घटनाबाट जोगिन सकिने देखिन्छ भने अर्को तर्फ सफलतापुर्वक गन्तव्यमा पुग्न सकिन्छ ।

 

अत: सवारीसाधन राम्रोसँग सबै स्थानमा चलाउन नसकेका कारण जानै पर्ने ठाउँमा समेत अरूको सहयोग विना जान नसकेर हात खुम्चाएर बस्ने अवस्था र साथीभाई, इष्टमित्र, आफन्तहरुसँग समुधर सम्बन्ध राख्न समयसमयमा जम्काभेट हुनबाट टाढिनु पर्ने अवस्था साथै कामको दौडन एवं घुमघामको लागी टाढाटाढा पुग्न नसक्ने अवस्थाबाट मुक्त पाउन पनि ड्राईभिंगमा विशेष दक्ष हुनै पर्ने हुन्छ । तपाईसँग काम गर्ने क्षमता, सिप र चाहना भएरपनि राम्रो ड्राईभिंग क्षमता नभएर समेत खुम्चिएर बस्नु पर्ने तितो यथार्थ भोग्नु पर्ने हुन्छ । देख्दा, सुन्दा सामान्य लाग्ने यो कुरा जसले भोग्छ उसलाईनै थाहाँ लाग्छ ।

 

अझै आजकल त निपुर्ण चालक हुनसके ट्याक्सी ड्राईभर वा Uber cab समेत चलाउन सकिने त्यस्तै पिज्जा लगायत डेलिभरीको काम गर्न पनि सकिने हुँदा घण्टा हान्ने कामबाट छुट्कारा मिल्न सक्ने पनि देखिन्छ । त्यसले गर्दा पनि ड्राईभिंगलाई प्राथामिकतामा राखेर चल्न सके तपाईँको अमेरिकी बसाई सहज हुन सक्छ अन्यथा अरूको भरमा राईड लिएर यताउता गर्ने सोचमा ड्राईभिंगमा निपुर्ण हुन नखोजे तपाईँको ठुलो कमजोरी र असक्षमता देखिन सक्छ यस तर्फ ठण्डा दिमागले सोच्नु होला । आफैमा सक्षम हुन सक्नुनै जीवनको सौन्दार्यता हो, अरूको भर सधैको लागी उपयुक्त हुनै सक्दैन किनकि सहयोग दिने र लिनेको पनि सीमा र मात्रा हुँदो रहेछ यसलाई पनि मनन गर्न सक्नु जरुरी छ ।
यसबारे यो स्तम्भकार पनि आफै भुक्तभोगी रहेको र कयौ पटक सवारी दुर्घटनाहरुको तितो अनुभव सम्हालेको कारण पनि यो कुराहरू लेख्न खोजेको हो । कतिपय ठाउँमा हाईवे भएर ड्राईभिंग गर्न आँट नआएका कारण महत्त्वपूर्ण कार्यक्रमहरूमा सहभागी हुन नसक्ने र सधैँ साथाभाईहरुकै भरमा टाढा जाँदा राईड लिनु पर्ने हुँदा त्यसको पिडा कस्तो हुन्छ त्यसको नजिकबाट साक्षात्कार गरिरहनु परेको समेत वास्तविकता छदैछ । तसर्थ सफल ड्राईभर नभए तपाईँको अमेरिकी सपना अधुरो र अपुरो हुन सक्छ भन्ने कुरा पनि निवेदन गर्नु चाहन्छु ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक