Similar Articles

बिचार

सम्माननीय राष्ट्रपति ज्यूलाई खुला पत्र- योगेन्द्र गौतम

बिराट नेपाल

सम्माननीय राष्ट्रपति ज्यू 
नेपाल सरकार 
जय नेपाल 

महोदय, 
मैले आज एस समाजिक सञ्जालबाट हजुर समक्ष खुल्ला पत्र लेख्दैछु ।
राष्ट्रपति ज्यु तपाईँ नेपालको पहिलो महिला राष्ट्रपति बन्दा आम नेपाली जनतामा निकै खुसी थियो । देशले प्रथम महिला राष्ट्रपति पाएकोमा ।
हुनत तपाईँ ने.क.पा. एमालेबाट छनौटमा पर्नु भएपछि राष्ट्रपति बन्नु भयो तर जनताले घुमाउरो परामा हजुरको विरोध गरे । त्यसको मूल अंश तपाईँले राष्ट्रपतिको गरिमाको सम्मान कतिसम्म राख्न सक्नु हुन्छ भन्नेनै हो ।

राष्ट्रपति ज्यु हजुरबाट बिच बिचमा राष्ट्रिय स्वाधिन्ताको संरक्षणमा कमी देखियो । मुलुक हत्या हिंसा दन्द बलात्कार लुट र अराजक्ताबाट ग्रसित छ । सरकारको दायित्व यस्ता अराजक्ता कृत्यहरुलाई नियंत्रण गरेर आम जनतालाई शान्तिको अनुभूति गराउने होइन र ? यदि सरकारनै यस्ता जघन्य आपराधिक व्यक्तिहरूको संरक्षण गर्ने हो भने सरकारको जनतामा औचित्य के त ?

राष्ट्रपति ज्यु हजुरको पद नेपालको सबै भन्दा मर्यादित र सम्मानित पद हो । सम्मान तपाईँको मात्र होइन हजुरका असल कार्यले हामी सबैको राष्ट्रिय अंतराष्ट्रिय क्षेत्रमा सम्मान हुने हो ।

वर्तमानमा मर्यादा र सम्मान माथि तपाईँको कार्यबाट केही प्रश्न उठेको छ । हथियार राख्ने ज्यान मार्ने लुटपाट गर्ने जनतामा डर धम्की देखार अराजक फैलाउने अपराधी भनौ या डन भनौ रुद्र प्रसाद पराजुलीलाई जुन व्यक्तिलाई अदालतले हतीयार राखेको र ज्यान मारेको अभियुक्तमा जेल चलान गरी उस व्यक्तिलाई तपाईँको पूर्व पार्टीका अध्यक्ष एवं देशका प्रधानमंत्री के पी शर्मा ओलीको सिफारिसमा तपाईँले आम माफी दिनु काहा सम्म उचित हो ।

यसले के जनाउछ भने एमाले भित्र डन तस्करहरुको जमघट छ र हजुर एमालेको सिफारिसमा सर्वोच्च पदको दुरुपयोग गरी कानुन भन्दा माथि रहेर बचाउन तल्लीन हुनुहुन्छ । अब भन्नुस राष्ट्रपति जस्तो गरिमामय पदबाट जनताले के आशा गर्ने र न्याय खोज्न काहा जाने ? धन्यवाद । 

योगेन्द्र गौतम 
पूर्व माहासचिब 
नेपाली जन सम्पर्क समिति दक्षिण भारत


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक