Similar Articles

बिचार

रबीन्द्र मिश्रजीले आमाको कसम नखाएको भए हुन्थ्यो की ? -सुनिल मणी दाहाल

बिराट नेपाल

मित्र रबीन्द्र मिश्र जी, 
तपाईँले परोपकारी कार्यकालागी प्राप्त सहयोग रकम अपचलन गरेको छैन भनी आफ्नो जन्म दिने आमाको कसम खानु पर्ने नियतीका बारेमा मेरा केही मनका भावनाहरू पोख्दै छु ।

रबीन्द्रजी, तपाईँ पत्रकार, म भन्दा धेरै उपल्लो दर्जाको ज्ञानकारी हुनुहुन्छ । विश्वको भुगोललाई आफ्नो हातले छोएर राम्ररी हेर्न सक्ने ज्ञानत्व छ तपाईँमा । तपाईका हरेक ज्ञान र बिध्वत्वलाई नेपाली समाजले नतमस्तक भएर सम्मान गरेको मैले देखेको छु । तपाईँ माथि लागाईएका आरोपहरूलाई प्रमाणित गर्न नसक्ने कातर र निर्जिब बहादुरहरुको निथ्या प्रपोगान्डा बाहेक अन्य केही होला भन्नेमा मलाई अलिकति पनि दुबिधा छैन ।

जब जब समस्या आउँछ तब भन्ने गरिन्छ कि यो मुलुकलाई सतीले श्राप दिएको कारण नै देशले दुर्गती भोग्नु परेको हो । रबीन्द्रजी, आज मलाई पनि त्यस्तै लाग्दैछ कि यो मुलुकमा सपुत धेरै कम तर कपुत अत्याधिक जन्मिएर टोल टोल, गाउँ गाउँ हुँदै अब त सहर समेत गनाउन थालेको छ । 

रबीन्द्रजी, तपाईँले त देश विदेश घुम्नु भाको छ र विकास र बिनास दुवैलाई भित्रबाट महसुस गर्नु भएको छ । शिक्षा भन्दा ठुलो कुरा केही हुन्न । जब एक शिक्षित व्यक्तिको आफ्नो आँखा र मस्तिस्कले महसुस र अठोट गर्छ कि म सकारात्मक सोच बनाएर आफ्नो जन्मभुमीमा गरिब गुरुवा र दिन दुखीको सेवा गर्छु तब बेहिमानी र फटाईको टेकोमा राज गर्नेहरु सल्बलाउन थाल्छन । मलाई लाग्दैन कि यस मुलुकमा ‘ऐले खाउ त भरे के खाउ’ भन्ने  à¤…वस्थाका अत्याधिक सन्ख्याका जनताले राष्ट्रमा आफ्नो बाच्न पाउने अधिकार र हक लगायत विकास भन्ने शब्दको अर्थ बुझेका होलान् । 

रबीन्द्रजी, जब जनता कमजोर हुन्छन् तब त्यस्ता कपुतहरुको जन्म हुँदै जानेछ र तीनले गरिबीलाई टेको बनाई आफ्नो दुनो सोझो गर्दै जानेछन । जब तपाईँ भष्ट्र्चारीलाई किरा परिजावोसको नारा घन्काउनु हुन्छ तब तीनलाई छट्पटी हुन्छ । जब तपाईँ गरिबको घरमा मलम लिएर पुग्नु हुन्छ तब तीनलाई प्रसुतीको पिडा ले झैँ छोप्छ ।

रबीन्द्रजी, टोल टोल, गाउँ गाउँ हुँदै सहर सम्म आर्थिक र सामाजिक विकासको क्रान्ति आजको आवश्यकता हो ! जनता जनार्दन नै यस मुलुकका राजा हुन र हामी तीनका सेवक हौ भन्ने भावनाको विकासका लागी वर्तमान राजनितिज्ञहरुको मस्तिस्कमा ईन्जेक्सन हान्ने तपाईँको प्रयासमा आज फेरी चाकु चलाउने असफल कोसिस भएको मात्रुभुमी प्रति दाहित्व बोध हुने जति सबैले बुझेका छन् । 

रबीन्द्रजी, तपाईँ त अनुभबी हुनुहुन्छ, हेर्नुस त कहिल्यै आफ्ना नानीहरूलाई बदल्ने, सच्याउने र मात्रुभुमीको सेवामा केही योगदान गर्ने कर्तव्य बोध गराइयो ? आफ्नो इमान्दारितामा विश्वास गर्न नसक्नेहरु बेईमानीको बाटोबाट धन कमाउने दाउमा पछि लाग्दा लाग्दै आफ्नो मुलुक प्रतिको दायित्व पूरा गर्न बिर्सेका छन् । जीवनमा धन नै सर्वस्व हो र यसलाई पुस्तौ सम्म पुग्ने गरी जम्मा गरी सक्नु पर्छ भन्ने ठुलो जमातले यो मुलुकको रगत चुसेको छ ।  

रबीन्द्रजी, धन आर्जनका लागि चौबिसै घण्टा दौडन तयार हुने तर पारिवारिक दायित्व बुझाउन, पारिवारिक संस्कार र संस्कृति, सामाजिक कर्तव्य सिकाउन अलिकति समय निकाल्न पटक्कै मन गरेको पाइदैन । केटाकेटीको मानसिक तथा शारीरिक विकास प्रक्रिया फरक किसिमको हुन्छ भन्ने मनोवैज्ञानिक तथ्यलाई सम्पती र बिलासिताको मन्त्र मात्र जप्ने अहिलेको समाजलाई नैतिक शिक्षाको बाटो नदेखाए ती समाजका अगुवा हु भन्ने ठालुहरुले फेरी धेरै कपुतहरु फैलाउने छन् । 

रबीन्द्रजी, तपाईँलाई थाहा नै छ कि सुन्दर भविष्य र समृद्ध जीवनको नाममा हाम्रा यी कलीला छोराछोरीको मस्तिष्कमा सम्पती कमाउन र बचन गर्न मात्र सिकाईन्छ । तर कहिल्यै सेवामुलक कार्यमा खर्च गर्न तथा सहयोग गर्न सिकाएको मलाई थाहा छैन । दुखी, गरिब र वृद्धको पीडामा मलम लगाउन प्रेरित गरिदैन । म समाजको एक अङग हु र यस समाजले भोग्नु परेको दुख र पिडा मेरो पनि हो र मैले समाजलाई माथि उठाउन कोसिस गर्नुपर्छ भन्ने भाव भित्रै देखी जगाउन कोही अग्रसर भएको छ ? 

अब भन्नुस त यस्तो मानसिकता भएको समाजमा कसरी केही गर्छु भन्ने ईमान्दारहरुलाई गरिबको झुपडीमा पस्न दिइन्छ?

रबीन्द्रजी, तपाईँले ठुलो चित्त दुखाएर आफूले केही गलत नगरेको स्पष्टीकरण दिनु भएको छ । असल काम गर्नेहरुका पछाडि यस्ता कपुतहरुले खैरो खन्छन र सके खाडल मै पुर्छन । स्वदेश तथा विदेशमा तपाईँका हरेक प्रयास र कोशीसहरुलाई सकारात्मक नजरियाले हेर्नेहरुको भिड धेरै ठुलो छ । विकास प्रेमी अत्याधिक युवाहरूको पूर्ण सहयोग र समर्थन पाएको देशको गहना रबीन्द्र मिश्रले आफ्नी जन्मदाता आमा जस्तो पवित्र पात्रको कसम नखाएको भए हुन्थ्यो कि ?

अन्तमा, तपाईँ हतोत्साही नहुनुहोस, यस मुलुकले धेरै रबीन्द्र मिश्रहरु जन्माउन बाकी नै छ । 

तपाईँको शुभचिन्तक मित्र,
सुनिल मणी दाहाल्, 
वाशिन्टन डिसी

रबीन्द्र मिश्रजीले आमाको कसम नखाएको भए हुन्थ्यो की ? -सुनिल मणी दाहाल
रबीन्द्र मिश्रजीले आमाको कसम नखाएको भए हुन्थ्यो की ? -सुनिल मणी दाहाल


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक