हावाको गुफामा
पानीको परीहरू
सदियौबाट नाँचिरहेथ्यो
आज जीवन सलबलाएर
हर्षले आइपुग्छ
रहरको परीहरूलाई
पानीको परीहरूसँग
सहयात्री बनाएर
एउटा उत्सव मनाउँन
म बाँच्दै थिए काली गण्डकी
खस्दै थिए पातले छाँगो
डुल्दै थिए सौराहा जङ्गल
लोड सेडीङको नमिठो सम्झनाले
सपनाको झिलमिली भेट्नै सकिन
नभए म भनिदिन्थे
यी परीहरूलाई
मेरो सानो गाउँ छ
त्यो गाउँमा आदिम कालको गुफामा
पानीको परीहरू
नाँच्दै नाँच्दै धर्तीमा जान्छन्
खुसीले उत्रन्छन् आकाशमा
प्रकृतिको कति आश्चर्य होला
त्यो मेरो माटोमा
विकासको कैयौ सम्भावना होला
मेरो बस्ती सहरमा
कहिले आउँछ होला साइत
मरेर पनि आफ्नैलाई गर्दैछु
भन्ने अहंम म मा
परीहरूसँग रूदै रूझ्दै
खुसी कै उत्सवमा पनि सोधिरहेथे
थाह नपाई हराए म
भुवा सरी परीको स्पर्शमा
स्वर्गीय अनुभूत गरेर
मनमा भने लागिरहयो
रूदै होला मेरो छहरा पहरामा
आँसु कै ताल जम्दो हो
फेवा रारा बेगनासमा
मायालु संसारको दृष्टि
त्यहाँ सम्म पुराउँन पाए
यहाँ रम्नेहरू
त्यहाँ रम्न पुग्थे होला
आहा ! स्वर्गको एक टुक्रा
मेरो माटोमा पनि खस्थ्यो होला।