Similar Articles

कविता, गजल, गीत

माया--लक्ष्मी ओझा

बिराट नेपाल

माया एक अथाह सागर भनौ कैल्यै नसुक्ने घडा।
माया एक स्वरूप बोक्छ ममता छोप्नेछ अॉखै पुरा।।
माया नै अवछिन्न तन्तु सबमा भित्रेर तन्किन्छ यो।
माया नै अनुतिर्ण पार्न सकने झेली झमेली छ जो।।

      माया नै जगको छ ताज सबले छोडेर छोडिन्न यो।
      माया यो मन भित्र पस्छ सजिलै छुट्याई छुट्टिन्न त्यो।।
      मायाले दुनिया बनेछ तर त्यो भत्काई खुस् हुन्छ को।
      माया नै पूरणीय बन्धन छ यो यै प्रेम को ताज हो।।

मायामा ममता मिलेर दुईले बन्धन बनाई दिए।
माया जाल कमाल गर्न मनमा हर्दम् अघि तम्सिए।।
माया को भ्रमजालले भरतका वँशै सबै नासीए।
अन्धा ती धृतराष्ट्रका मनमाहा संकष्ट पारिदिए।।

      स्वार्थी प्रेम थियो कपट् अति थियो थ्यो पापी दुर्योधन ।
      दु:खी पाण्डव बस्तथे वनमहा त्यागी थिए सज्जन।।
      कप्टी चालचली कुबुध्दि सँग खेल् गर्थ्यो ऊ दुसासन।
      मन्को दास नबन्नु नै असल हो मालिक हुनु हर्दम।।

माया यो परतन्त्र पार्न सकने स्वार्थी कडा मन्त्र हो।
जसले जीवन जेल्छ ढाक्छ सजिलै छोडाउन सक्छ को।।
मायाले रणभुल्ल पार्छ मन लाई विवेक नासिन्छ जो।
अन्धा धुन्ध समुन्द्र छाल भुभरी बन्दै अघि सर्छ यो।।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक