Similar Articles

लेख रचना

आधा आकाश- महिला हिंसा विरुद्धमा हाम्रो ऐक्यबद्धता - निशा अर्याल

बिराट नेपाल

मानव जीवनको प्रधान अङ्ग हुन नारी परमपूज्य जननी स्नेहमयी ,ममताकी खानी हुन नारी, नारीकै कोखबाट ईश्वरको जन्म भएको थियो । यिनकै वात्सल्यताले नयाँ बिहानी पाउँने गर्दछन्, त्यसैले देवी भवानी जगदम्बा महात्यागी दानी हुन नारी ।

आफू पीडा खेपेर अरूलाई खुसी दिन्छे नारी, आफू रोएर वात्सल्यताबाट क्षुधा, तुष्णा, वासनाको अपार तृप्ति मेट्ने गर्छन् पुरुषहरू यिनकै शीतल छायाँको विश्रान्ति पाएर दुःख बिर्सन्छ उनीहरू । 

युग युगको सुखदुःखको साथी हुन नारी  à¤®à¤¹à¤¾à¤¤à¥à¤¯à¤¾à¤—ी सती अग्निपरीक्षा दिनथिइन् नारी,शोकका यावत् जीवन वैधव्यको कठोर यन्त्रमा सहने तपस्वी हुन नारी त्यसैले म नारी बन्नुमा गर्व गरिरहेछु ।

युगको सुख दुःखको साथी हुन नारी तर त्याग र निःस्वार्थ सेवाको बदलामा एकान्त रोदन ,कठोर लाञ्छना, दारूण यातना तिरस्कार बाहेक के पाउँछे नारी ? आफू मरेर अरूलाई बचाउँछे नारी आफू भोकै भई अरूलाई पेट भर्द्छे नारी तर सडकमा ठुला ठुला भाषण दिँदै नारा लगाउछन समानताको फेरी किनभित्र उनिहरुबाटै घरमा हुन्छ भीषण विभेद र पनि असल पुरुषकी हिरा, मणि, रत्न भई  à¤¦à¤¿à¤¨à¥à¤›à¤¿à¤¨ नारी, सारा जगत्की सृष्टि हुन् नारी ।

कालसँग भीषण लडाइँ लड्दै ,नवजात शिशु जन्म दिने नारी विकटताको सामानमा हरेक प्रहार खेप्ने कति सहनशील छन् नारी, पीडा खेप्दै जगतलाई माया र खुसी दिने ज्ञानी हुन् नारी , विश्व जगतको ममतामयी आमा हुन नारी तरपनि उनैलाई हरपल किन लाचार बनाउछ्न पशूतुल्य पुरुषहरू ? र विर्सिन्छ्न नारीको त्यो रूप...। 

"उताउला वाणीका तीरहरूबाट,
असूरले किन ? 
आफ्नो हवस बुझाउँछ ?
सरस्वती ,लक्ष्मी ,दुर्गा नारीले ,
रुपआफ्नो लिइन  à¤­à¤¨à¥‡ |
मनमोहिनी , गणगौरी जस्ती,
कालको रूप लिइन भने
नारी शक्तिलाई न ललकार , 
यिनलाई नारी नै रहन देऊ |
करूणा ,ममताको सरिता हुन्नारी ,
यिनलाई कल कल शीतल बग्न देऊ ।
यिनैले गर्दा श्रीष्टि हुन्छ,
आफ्नो अस्तित्वमा रहन देऊ |"

विज्ञानको अकल्पनीय विकाशले संसारमा अब कुनै कुरा असम्भव रहेन । सूचना र प्रविधिको चरम विकाशले संसारलाई एउटा आँगन जस्तो बनाएको छ । आधुनिक समाजमा मानिस उक्लिरहेको छ, आर्थिक विकाश र प्र्रगतिको शिखरतर्फ । जसरी आजको मान्छे ले औद्योगिक विकासमा फड्को मारेकोे छ । त्यसरी नै मानवीय सम्बन्ध र नैतिक धरातलमा खतरनाक गिरावट आएको छ । संसारमा मान्छे केही बाट असुरक्षित छ भने त्यो मान्छे बाट नै छ । प्रकृतिको शाश्वत सत्य के हो भने यो सृष्टिमा  à¤œà¥€à¤µà¤¨à¤•à¥‹ निरन्तरता नारी र पुरुषको सहयोग बाट नै सम्भव छ । प्रेम र सौन्दर्यताको बगैचा नारी र पुरुषको सह–जीवन बाट नै सम्भव छ । यो समाज बाट एकाएक नारीहरू गाएब भएभने  à¤¤à¥à¤¯à¤¸à¤ªà¤›à¤¿ पुरुषको के हालत हुन्छ ? अनि  à¤¸à¥ƒà¤·à¥à¤Ÿà¤¿à¤•à¥‹ गति अबरुद्ध हुन्छ भएँ के हुन्छ ? निश्चयै प्रकृतिको निरन्तरता र सृष्टिको अन्त्य त्यहीँ नै हुन्छ । जहाँ बाट संसारमा नारीहरूको उपस्थितिको अन्त्य हुन्छ । नारीहरूको अनिवार्यता सृष्टिको लागि त्यति धेरै आवश्यक छ , तर के पुरुषले नारीको गरिमालाई कायम गर्न सकेका छन् ? अहँ ! संसारले प्रगतिको क्षेत्रमा जतिसुकै फड्को मारेतानि , नारीहरू अपमानित नभएको कुनै दिन छैन, रात छैन । 

हिजोको मातृसत्तात्मक युग जहाँ नारीहरू परिवारको मुख्य मान्छे हुन्थे  à¤¸à¤®à¤¾à¤œ र परिवारको निर्णायक तहमा थिए । जब मातृसत्तात्मक युगको अन्त्य भयो त्यसपछि नारीहरू अधिकार बिहिन बनाईए ।  à¤¨à¤¾à¤°à¥€à¤¹à¤°à¥‚को लागि त्यही बेलादेखि दासत्वको युग सुरु भयो । निर्ममता पूर्वक नारीहरूको अधिकार मथि कुल्चने परिपाटीको सुरुवात भयो । अनित्यहीबाट नारीहरूलाई खेलौना ठान्ने मानसिकता सुरु भयो, र त्यहीबाट सुरुवात भयो महिला माथिको हिंसा । खुट्टा भए जुत्ता जत्ति भन्ने उखान बने । त्यतिबेलै नारीको आँखामा पट्टी बाँधियो ।  à¤¤à¥à¤¯à¤¤à¤¿ बेलै हाम्रो पवित्र संसारमा आगो लगाउने काम भयो । हो  à¤® छाती  à¤ à¥‹à¤•à¥‡à¤° भन्छु त्यो बेला बाट सुरु भएको हो नारी माथिको हिंसा,अत्याचार,वलत्कार ।

नारीले पुरुषलाई जन्म दिइन,तर पुरुषले उनलाई बाज़ार दियो |  à¤¯à¥‹ हिंसाबाट संसारमा हजारौँ नारीहरू जली सकेका छन् । गली सकेका छन् | समाजले जति जति आधुनिकतामा फड्को मारेको मारै छ त्यतिनै नारी हिंसाको फरक –फरक रुपहरु फेरीदै आएको पाइन्छ । हिजो नारीहरूलाई यौनदासिको रूपमा ठुला–ठालुहरुले घरेलु जन्तु जस्तै पालेर भोगेका थिए । आज घोषीत अघोषित रूपमा रेड लाईट एरिया(वेश्यालय) हरू खोलिएका छन् । आधुनिक भनिएको पुँजीवादी व्यवस्थामा नारीहरू पुरुषलाई देह सुख दिन  à¤¬à¤¿à¤•à¥à¤°à¥€à¤®à¤¾ लागि बजारमा राखिएका वस्तु झैँ छन् । 

आजपनि फरक ढङ्गले संसारमा दास प्रथा ज्यँुदो छ , यो एउटा यस्तो दास प्रथा हो , जहा गरिब युवतिहरुको किन बेच हुन्छ र उनीहरू यौन दासीको  à¤°à¥‚पमा रहन विवश छन् । संसारमा शाषकहरुले जतिसुकै सुरक्षा घेरा मजबुत बनाएपनि हरेक मिनेट हरेक क्षण नारी माथि बलत्कार र हत्याको जघन्य श्रृङखला कायम नै रहेको छ । बलत्कारको घटना यसरी किन  à¤¬à¤¢à¤¿à¤°à¤¹à¥‡à¤•à¥‹ छ ? महिलारु किन आफ्नौ घर अपिस र आफ्नै भूमिमा लुटिएका छन् ? उनीहरूको अस्मिता माथि किन धावा बोलिएको छ ? बोक्सीको आरोप नारीहरू माथि नै लग्छ, र उनीहरूलाई मलमुत्र खुवाईन्छ ? वेश्या उनीहरूलाई नै बनाईन्छ र भोग्या बस्तु बनाईन्छ । घर , अपिस र कार्यालयमा उनीहरू नै यौन दुरब्याबहारको सिकार हुन्छन् । शोषण र उत्पीडनको जाँतोमा उनिहरुनै पर्छन । अपमान र तिरस्कारको सिकार उनीहरूले नै बन्नु पर्छ । संसारमा नारीहरूले स्वतन्त्रताको निम्ति हजारौँ सङ्घर्ष गरे तर पनि नारी माथिकै शारीरिक र मानसिक हिंसा अझ सम्म हटेको छैन । तसर्थ मातृसत्तत्मक समाज यताको नारीहरूको इतिहाँस भनेको दासत्वको इतिहास हो। अपमानको इतिहास हो । तर अब हामीसबै विश्वमा छरिएर रहेका नारीहरू मिलि इतिहाँस बदल्नु छ , नारी स्वतन्त्रताको नयाँ युगको प्रारम्भ गर्नुछ । 

यो सृष्टिको निर्माणमा नारीको भूमिका कहाँ कम छ?  à¤¦à¥‡à¤¶à¤•à¥‹ निर्माणमा नारीले पनि पुरुष जत्तिकै रगत पसिना बगाएका छन् । नालापानीको इतिहास साक्षी छ, त्यहाँ नेपाली नारीले आफ्नो त्याग, तपस्या र बलिदानबाट  à¤®à¤¾à¤¤à¥ƒà¤­à¥‚मिको रक्षा गरेको थिएँ। आफ्नो देशको माटोमा नारी जातीहरुको बलिदानको सुगन्ध अझै ताजा पाइन्छ । यो संसारको सभ्यताको निर्माणमा नारीहरूको आँसु र पसिना बगेका थियो |

विश्वको इतिहास ,र हाम्रै नेपाल देशको इतिहास हेर्दा नारी जाति कुनै प्रकारले पुरुष भन्दा कमजोर थिएन्  à¤¨ आज छन् । पुरुष सँगै काँधमा काँध मिलाएर उनीहरूले बलिदानमा  à¤†à¤«à¥‚लाई होमेका थिएँ र छन् , संसार हल्लाउने थुप्रै सङ्घर्ष र आन्दोलनमा उनीहरूको भूमिका कमजोर छैन । राज्यको नीति, निर्माण र तहमा उनीहरू आफ्नै क्षमताले पुगेका छन् । उनीहरू कला , साहित्य , पत्रकारिता, विज्ञान , प्रविधि, प्रशासक र डाक्टर हर क्षेत्रमा सङ्घर्ष गर्दै अगाडि बढेका छन् । तरपनि उनीहरूको क्षमाता माथि किन बारम्बार प्रश्न उठाईन्छ ? उनीहरूको उन्मुक्त हुने आकाङ्क्षा माथि किन घात गरिन्छ ? आधा आकाश आधा धर्ती ओगटेका ती नारीहरूको अस्मिता किन लुटिन्छ  à¤¬à¤¾à¤°à¤®à¥à¤¬à¤¾à¤° ? स्वतन्त्रताको पखेटा किन काटिन्छ.उनीहरूकै?..... परेवालाई पिंजडामा थुनिएझैँगरि किन थुनिन्छ.?......... नारीहरूको ओठ माथि किन ताल्चा लाईन्छ.?....... नारीको कुमारीत्व माथि किन आशङ्का गरिन्छ ? इतिहासको कुन परीक्षा नारीहरूले उत्तर्णि गरेका छैनन् ? ईश्वरको  à¤ªà¤¾à¤²à¤¾à¤®à¤¾à¤ªà¤¨à¤¿ नारीहरूलाई पुजिंथ्यो भने आज कि नारीहरूलाई सागपात झैँ किनबेचको तराजुमा जोख्ने गर्दछन् ?

"नारी"

नारी सशक्तिकरणको नाराले,
गुन्जियो वसुंधरा,
संगोष्ठी,
परिचर्चाहरू सुनीसुनी,
अन्तरमनबाट निस्कियो सुस्केरा !
वेद , पुराण , ग्रन्थहरु सबै ,
नारीको महिमा दोहर्याउँ छन् ,
मुक्त कण्ठले भनिन्छ 
"यत्र  à¤¨à¤¾à¤°à¥à¤¯à¤¸à¥à¤¤à¥  à¤ªà¥à¤œà¥à¤¯à¤¨à¥à¤¤à¥‡ रमन्ते तत्र देवता।" 
(यत्र-जहाँ ,नार्यास्तु - नारीहरूलाई, पूज्यन्ते- प्रशन्न राखीन्छ वा पूजागरिन्छ, रमन्ते-रमाउछन् वा वासगर्दछन् तत्र=त्यहीँ , देवता =देउताहरुले ),

तर व्यवहारमा,
पूर्व गर्भावस्था देखि नै किन ? 
कोखमा छोरी हुँदा किन ? 
गर्भ पतनगर्न बाध्य गराउछन ?

कुंडा , करकट ,रछ्यानको थुप्रोमा,
कुकुरबाट लुछाउँदै ,
गिद्धको आहारा बन्न किन?
बाध्य उनलाई गराउछन ?
छोराको आसमा प्रतिवर्ष ,
छोरी गर्व आए भने ,
छि छि धुर्धुर गर्दै उनलाई ,
सौता ल्याउछु भनी धुर्क्याउछ्न ?

कोख शून्य भयो भने, 
अनाथाश्रमको फेरि लगाउदै ,
काखमा बालक लिन्छन , 
बालिकालाई हुत्याउदै |
गुरु द्वार , मन्दिर ,मस्जिदमा गई,
भाकल गर्दै नित्य शिश झुकाउछन !
छोरीलाई कर्तव्य सम्झेर ,
विवाह गरेर दिदा पनि ,
दहेजको बाहानामा,
फेरी तिनैलाई जलाउछ्न ?
पुत्र रत्नको चाहनामा किन?
ईश्वरलाई भेटी चढाउँदै ?
चांदीका सिक्का प्रलोभी , 
दाइजोको बलि चढाउँदै ।
पदोन्नतिका ख़ातिर , 
किन ?
भर्याँग इश्वलाई बनाउछन् ?

प्रसव पिडा उनीहरूले सहेका छन् । दस धारा दूध नारीहरूले नै पिलाएका छन् , आँसुको नदीमा उनीहरू डुबेका छन्, | उनै पुरुषका हर इच्छाहरू नारीहरुबाटै पुरा भएका छन्,| सन्तानका हजार खुसीको लागि हरेक रात उनीहरूले सिरान भिजाएका छन् । परदेशकोकुनैकुनामा हुन्  à¤µà¤¾ अरबको खाडीमा उनिहरुनै जोतिएका छन् । तरपनि किन नारी सधैँ दोस्रो दर्जाको नागरिक सम्झिन्छ पुरुष ? तरपनि किन नारी सधैँ अछुत झैँ ठान्दछन पुरुष?,अनि किन सधैँ अपमानित नारी ?  à¤•à¤¿à¤¨ असहय नारी माथि हिंसा ? इतिहासमा अब यसको हिसाब हामीले  à¤–ोज्नै पर्छ, नारीमाथिको हेपाहा प्रवृतिको अन्त्य गर्न स्वयम् नारी अब हामीहरू नै अग्रसर हुनुपर्छ , नारीको काँध माथि राखिएको शोषणको जुवा पुरुषको कुन्ज दृष्ट्रिको काँधबाट निकालेर फाल्नै पर्छ । यी कविताका पङ्गती जस्तै

हात र आँगनको सम्रज्स्यमा,
उचालिन्छं मेरा,
आशा मुखी आँशुहरु,
कति विवश  à¤° निश्चल छन् ती,
पुरुषको कुन्ज दृष्टिमा, |

पुरुषको हेराइमा आइमाई,
एउटा कागजको खिलौना भन्दा,
अरू केही भएनन्..
जसलाई उनीहरूको नजरले,
जुनसुकै बेलापनि,
च्यात्न सकिन्छ सोच्छन 
अनि फ्याक्न सकिन्छ भन्छन् |
त्यही सोचले पुस्तौ देखि
हाम्रो काधमाथि,
 à¤œà¥à¤µà¤¾ राखेर जोते
हाम्रो आँसु ले
बन्जर जमिन सिन्चित गरे
जमिन हराभरा भयो
नारीलाई गोरुको रूपमा
सधैँ दाउनी गर्न खोजे |

तर, ,
इतिहासको यो घडीमा 
अपमानको हर पिडा अब,
स्वीकार्य छैन हामीलाई
दासताको सुनको सिक्रि ,
अब चुडाउन तम्तयार छौँ हामी
यो विश्वका नारीको निर्णाय ,
अन्तिम लडाई हुनेछ हाम्रो
तिम्रो ओठ माथि,
हुर्किरहेको हिंस्रक जुँगामा 
अगुल्टो झोस्न तम्तयार छन्,
हाम्रा यी हातहरू
कमजोर नठान नारीलाई
अब हर एक पीडाको,
हिसाब चुक्ता गर्न 
उठ्छौ अब हामी
एकताको आवाज बनेर,
अन्यायको कालो ,
निरीह अन्धकार चिर्दै |"


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक