Similar Articles

संस्मरण

भोगटे चोर को महँगो खित! खित !!--- शेखर ढुङेल

बिराट नेपाल

ल आउनुस आज म पाठक हरू (थर पाठक होइन नि )लाई फेरी करिब करिब ४ दशक पहिले को  बालक बेला को एउटा घटना को स्मरण गराउने  प्रयास गर्दै छु  ।  अरू स्मरण लेख मा पनि उल्लेख गरेको छु क्यारे मैले बिजुली को खम्बा समेत त्यस बेला  देख्न पाइएको थिएन ।  गाउँमा साँझ पर्‍यो कि हामी जस्ता तत्कालीन बच्चा को लागि भूत आउने बाघ आउने, स्याल आउने फ्याउरो कराउदा बुदरुंग भर्यांग चढेर  खाट  मुनि लुक्न पुग्ने गरिन्थ्यो  ।  साँझ मा ढोका बाहिर जानु पर्‍यो भने सातो पुत्लो उड्दथ्यो । त्यसैले साझ पर्दा नपर्दै दही मोही, हुन्छ कि गुन्ग्रुक को तातो झोल सित ढिडो कप्ल्याक कुप्लुक सुप्रुक्क पार्यो ढोका मा बढेमानको गजबार लगायो, घोप्टेमा आग्लो लगायो अनि टुकी
(मट्टीतेल,कपडाको झुम्रो र सिसि को बत्ती बाल्ने भांडो) निभायो लुपुक्क सुत्यो । अलि हुने खाने को घर मा भने त्यस बेला लालटेन भन्ने हुन्थ्यो । बिहे भोज भत्तेर पर्व भयो भने मैन्टोल भाडा मा लेराउने चलन थियो । अन्यथा रत परे पछि केही काम ले कतै बाहिर जानु पर्‍यो भने छ्वाली को मुठो बाल्यो कुद्यो ।  त्यस बेला हाम्रो गाऊ मा त्यस्तै चलन थियो ।

अब लागौ यो लेख को गुदी खोतल्ने तर्फ बिजुली बत्ती न् हुदा को कारण मात्र होइन अहिले का बच्चा ले प्रयोग गर्ने प्रविधि पनि केही थिएन  ।   ।  भनी हाले नि हाम्रो घर टोल मा सर्ब प्रथम रेडियो घन्काउने मा होम शङ्कर बा को घर थियो । (अहिले का चर्चित गीतकार सुवास चन्द्र ढुंगेल को बुवा ) ।  सर्ब प्रथम देखेको त्यो रेडियो को नाम  स्पैडोला थियो ।  हात् ले प्याट प्याट  ब्याण्ड बदल्नु पर्दथ्यो । अनि धागो मा उनेको पोतेको गेडा जस्तो रातो चिन्ह हुन्थ्यो त्यसै लाई दाया बाया तान्यो अनि स्टेसन (रेडियो नेपाल, अल इन्डिया रेडियो, रेडियो श्रीलंका ,रेडियो चाइना ,अनि त्यस बेला मस्को वाट समेत नेपाली कार्यक्रम आउथ्यो ,बि बि सी )खोज्यो  ।   त्यस बेला रेडियो नेपालले  हफ्ता को होकि ? महिना को हो  एक पटक माध्यमिक स्तरीय हाजिरी जवाफ प्रतियोगिता प्रसारण हुन्थ्यो  ।   ।  त्यो प्रसारण कार्यक्रम सुनेर बुद्धि बढ्दछ भनेर हामी टोल भर का सबै भुरा होम शङ्कर बा को घर मा जम्मा हुन्थ्यौ र सुन्थ्यौ  ।  अझै पनि सम्झना छ त्यस बेला  सीमित रेडियो स्टेसन प्रसारण हुन्थ्यो  ।  पछि अरू को घर मा पनि रेडियो आयो जो पनि कार्यक्रम सुरु हुने आधा घण्टा अगाडी नै स्टेसन सूचक धुन बज्थ्यो त्यही धुन खोलेर पनि कार्यक्रम प्रसारण को प्रतीक्षा गरिन्थ्यो  ।  कसैको घर मा रेडियो लेराए भने हेर्न जाने हामी जस्ता भुरा को कामै हुन्थ्यो  अनि  यो  रेडियो मा यो गीत बज्छ भनेर सोधेको पनि सम्झना अझै ताजा छ  ।  

लौ यो प्रसङ्ग पनि यतै बिसाउ र लागौ यो लेख को साच्चिकै श्रीषक र गुदी को प्रसङ्ग तिर. . . . . कुरो यसो थियो क्या ?कहिले कहीँ हामी भुरा हरू  कसैले केही प्रस्ताव राख्थ्यो सबैले समर्थन गर्थ्यौं  ।  हामी हरू मा सामूहिक भावना को प्रचुरता थियो । त्यसै सिलसिलामा एक साँझ को कुरो थियो । शुसिला भैरब स्थान को प्रांगणमा डन्डी बियो खेली सकेर  घर फर्कने सल्लाह हुँदै थियो अचानक जगन्नाथ ले एउटा भयानक योजना प्रस्ताव गरे उनको योजना थियो आज रघु नाथ जी को बगैचाको भोगटे खाने खुब मिठो हुन्छ  ।  अनि ठाकुर ले थपे खाऊ भने खाउ नत किन आइतबार कुरी रहने  ।  जमिन्दार बा को छोरा भुपेश ले थपे ल आज  रघु नाथ को भोगटे खानै पर्छ  ।  

रघु नाथ ! रघु नाथ !?उनको नाम सुन्ने बित्ति कै मेरो त्  दुवै हात् खुट्टा आफूले न् भोगेको ९० साल को भूकम्प झैँ काप्न  थाल्यो  ।  किन क रघु नाथ एक भव्य व्यक्तित्व का धनी थिए  ।  अग्लो  मोटो शरीर र निलो आँखा छुट्टै परिचय थियो  ।  भेट्दा के छ केटा भन्दै टाउको  मा हात् ले चलाएर माया पनि देखाउथे  तर पनि बाहिर हेर्दा मेरो लागि  रघु नाथ डर  लाग्दो व्यक्तित्व थिए  ।  उनको भित्री कोमलता र सौहार्दता चिन्ने बुझ्ने औकात र क्षमता हामी भुरा हरू मा   कहाँ थियो र ?मैले भने नाइँ बा उनले हामी लाई भोगटे चोर्दा भेट्टाएर र घुमाएर एक झाप्पु दिए भने त् ३०/३२ जे जति भएको दाँत ३०/३२ तिरै उछिट्टिएर हराउँन् बेर छैन  ।  मलाइ आस्वस्त बनाउदै जगन्नाथ ले भने हें डर छेरुवा रघु नाथ भर्खर माथि गाऊ तिर लागेको देखिनस ?अब उनी  कुन बेला आउछन कुन बेला सायद बानियाँ को घर मा गएका होलान् ढिला गरी फर्कन्छन  ।  त्यस बेला सम्म  त् हामी भोगटे खाएर घर पुगी सकेका हुन्छौ  ।  जगन्नाथ को कुरो मा सब ले हो मा हो लगाए  ।  उनको प्रस्ताव मा सबै को भरोसा भयो  ।  सर्ब सम्मत ले भोगटे चोर्ने प्रस्ताव पास भयो  ।  अहिले का नेता झैँ क्या ?

 à¤µà¤¾à¤¸à¥à¤¤à¤µà¤®à¤¾ हामी अन्जान मै त्यसै बेला गुरिल्ला भै सकेका रहेछौ अहिले पो होस् खुल्दै छ त् !झपक्क साँझ परि सकेको थियो  ।  हामी ४ जना को मोर्चा थियो ।  हाम्रो उमेर त्यही १० देखि बार्ह वर्ष थियो होला  ।  भैरब नाथ मन्दिर स्थित पाटी वाट हामी ले एकल अलग अलग मोर्चा बनाएर सुस्तरी सुस्तरी रघु नाथ जी  को बगैचा तर्फ लाग्यौं ।  भोगटे को रुख चढ्ने/टिप्ने  एउटा लिने एउटा अनि रघु नाथ जी वा अरू कोइ मानिस आउछ कि भनेर बाटो हेर्ने एउटा को जिम्मा थियो  ।  हाम्रो मिसन सफल भयो  ।  सकी न् सकी तिन वटा भोगटे बोकेर लेरायौ र पुन उही पाटी मा गएर छोडाएर खाने सल्लाह भयो  ।  

अन्धमुष्टि  रात भै सकेको थियो   ।  मन्दिर अगाडी रहेको पाटी को कुना मा बसेर अन्दाज को भर मा हात् कै नङ्ग्रा ले भोगटे छोडाउने प्रयास गर्दै थियौ  ।  कहिले यसले त् कहिले कसले खोइ खोइ म छोडाउछु भन्दै एक ले अर्को अर्को वाट खोस्ने गर्दै थियौ  ।  कसैले भोगटे छोडाउन सकेको थिएन  ।  यसको र उसको हात् मा पुग्दै भोगटे गिजलिएर थिल थिल भै सकेको थियो  ।  मुख मा पानी रसाए पनि भोगटेको रस मुख मा पुग्न पाएको थिएन  ।  घर जान ढिला भै सकेको थियो  ।  कोइ आई हाल्यो भने स्वास रोकेर चुप चाप हुन्थ्यौ  ।  भोगटे छोडाउने प्रयास गर्दै नै थियौ  ।  फेरी अर्को दुई मानव आकृति नाज्ज्कै देखा पर्‍यो  ।  त्यो दुई मानव आकृति हामी रहेको पति नजिक नै आएर रोकियो  ।  हामी ले त्यो  दुई आकृति को सम्बाद सुन्यौ  ।  हामी लाई स्पष्ट भयो कि एउटा  आकृति उहिभोगते मालिक रघु नाथ जी को हो  ।  हंश ले ठाउ छोडी हाल्यो  ।  मुटु मा ढ्यांग्रो ठोक्न थाल्यो ढुंग ढुंग. . . . . . .हात् खुट्टा पनि  लुगु लुगु  भयो हावा लाग्दा पात फिरी फिरी भएर हल्लिए झैँ  ।  हाम्रो कमान्डर को त् सु सु नै आई सकेको रहेछ त्यो गोप्य कुरो को  पर्दाफास त् धेरै पछि मात्र भएको हो  ।  

त्यो दुई मध्य अर्को नचिनेको त् बिदा मागेर पानी राख्या पाटी तिर लाग्यो  ।  रघु नाथ जी  सायद मन्दिर घुम्न होला अगाडी के बढेका थिए मैले मन मनै दबाई राखेको गुदगुदी रोक्न सकिन  ।  मुख वाट खी. . .  त् खित . . . . खि . . . . त. . . . .फुस्की हाल्यो । मेरो मुख वाट खित खित खित फुस्कने बित्तिकै ठाकुर ले झन ठुलो आवाज मा खि . . .ति . . . . ती . . . .खि. . . ति .. . . . ती . . . . .खि . . .ति  ती गर्‍यो । हाम्रो खी त्  खी . .. त्  खी . . ती …  ती उह उह  को हल्ला रघु नाथ जी को  काम मा पुग्यो । उनी को हौ ह तिमि हरू किन यस बेला सम्म यहाँ ?के गर्दै छौ यहाँ ? भन्दै हामी तिर आए हाम्रो सातो पुत्लो न् उड्ने त् कुरै भएन । अनि भोगटे सोगटे रघु नाथ तिर नै हुत्याइ दिएर गु - टू - टू - गु -  टू - टू - गु - टू - टू  पाटी को पछाडि को चौर तर्फ  भाग्यौ  । बिरालो को गन्ध पाउने बित्तिकै   मुसो सुइ कूच्चा ।  ठोके झैँ अँध्यारो मा हात् र  खुट्टा दुवै ले टेक्दै  भाग्यौ लड्दै पड्दै  । रघु नाथजीले हामीहरू को थियौ छाया समेत फेला पार्न सकेनन्  ।  को कुन बेला कसरि घर पुग्यो   सबै  अहिले कहाँ भन्छु  । ?
क्रमश………….


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक