Similar Articles

संस्मरण

भुटानी समाज कनेक्टिकटको निम्ता र साहित्यिक कार्यक्रम- गीता खत्री, न्युयोर्क

बिराट नेपाल

नेपालका आदिकवि भानुभक्त आचार्यको दुइशतबार्षिकी समारोहको आयोजना भुटानी समाज हार्टफोर्डले गत साता जुलाई १२, २०१४ का दिन कनेक्टिकट राज्यको हार्टफोर्ड स्थित किचेन हार्टफोर्ड पब्लिक लाइब्रेरीमा आयोजना गरेको थियो ।

कार्यक्रम बिहान एघार बजेबाट सुरु गर्ने भनिएकोले म लगायत न्यूयोर्कका टोली अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष विकास विष्ट, महासचिव बन्दना कोइराला, कोषाध्यक्ष सुनीता शर्मा तथा सदस्य शकुन्तला ज्ञवाली र नेपालबाट आउनु भएका अतिथिहरु प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल, नयनराज पाण्डे तथा राजेन्द्र के.सी. साढे आठ बजे न्यूयोर्कबाट प्रस्थान गरयौ । एघार नबज्दै हामी हार्टफोर्ड पुगी हाल्यौं । लाइब्रेरी अगाडि पुग्नासाथ सारी लगाएका महिलाहरू, दोचा तथा टोपी लगाएका पुरुषहरू देखिन थाले । नेपालबाट आउनु भएका अतिथिहरुलाई खुसी पार्न र आफ्नै सम्झनाका लागि वरपरको राम्रा राम्रा तस्वीरहरु खिच्दै र खिचाउंदै हामी लाइब्रेरीभित्र प्रवशे गरयौ ।
       
लाईब्रेरी विशाल थियो । कतै कम्प्युटरमात्रै थिए त कतै किताब मात्रै । हामी पढन आएका थिएनौं । त्यसैले किताब र कम्प्युटरतिर ध्यान दिने कुरै भएन । बरु तिनीहरूको तस्बिर लिदैं, लाइब्रेरीमा बसेर खोजी कार्य गरेको भान पार्दै तस्बिर भने खुबै खिचियो, अनि खिचाइयो पनि । बिस्तारै जांदापनि हामी कार्यक्रम हलमा पुगी हाल्यौं । आयोजक मित्रहरू पदम भारती, रूप भारतीहरु काममा खुबै व्यस्त हुनु हुन्थ्यो । न्यूयोर्कबाट पाहुनाहरु आइपुगेको जानकारी गरायौं । उहाँहरूलाई खुबै चटारो प¥यो । यताउता दगुरादगुर गर्न थाल्नु भयो । हामी अलि चाडैं पुगेछौं की क्या हो । उहाँहरूको कामै विथोलिए जस्तो देखियो एकछिन त । हामीलाई एकजनाले हलमा लगेर अगाडिको रो मा बस्न आग्रह गर्नु भयो । हल निकै राम्रोसँग सजाएको थियो झण्डैं झण्डै पार्टीहल जस्तै गरेर । एउटा टेबुलमा तीन जना बस्न मिल्ने त्यसैले तीनओटा कुर्चीहरु राखिएका । कुर्चीहरु रातो रङ्गको थिए, टेबुललाई सुन्तला रङ्गको टेबुलल्कोथले छोपिएको थियो, टेबुलल्कोथ भने प्लाष्टिककै थियो । हलमा करिब एकसय पाचसजति सिट थिए होला ।

उहाँहरूको पहिलो कार्यक्रम भएकोले हामी उहाँहरूलाई हरतरहको सहयोग पुर्‍याउन तयार थियौँ । हामी बसेको एकैछिनपछि पदम भारती दौडेर हामीतिर आउनु भयो र भन्नु भयो - "हजुरहरु एकै छिन बाहिरसम्म जाउन ।"  हामी छक्क पर्यौ । आयोजकले अनुरोध गरेपछि नजाने कुरै भएन । हामी उहाँकै पछि लाग्यौं । मैले विचार गरेँ, अलि समय बाँकी रहेछ क्यारे, चिया चमेना गराएर पो कार्यक्रम सुरु गर्ने विचार गरेछन कि क्या हो । हलबाट हामी बाहिर निस्केपछि पदम भाइले क्यामेराम्यानलाई तयार हुने सङ्केत दिए । अनि हामीलाई बिस्तारै हलतिर अगाडि बढ्न अनुरोध गरे । बल्ल बाहिर आउनुको मतलब हामीले बुझ्यौं । मलाई त कस्तो पनि लाग्यो भने हामीहरूको पुरानो परम्परागत विवाहमा दुलहीको घर नजिकै जन्ती आइपुगेपछि दुलहीका परिवार लगायत गाउँभरिका दाजुभाइ दिदिबहिनीहरुले दही अक्षता र फूलले दुलाहाको स्वागत (जन्ती प्रसने काम) गरे जस्तो महसुस भयो । न्यूयोर्कबाट जाने सम्पूर्ण टोलीको जानकारी उहाँलाई दिइयो । सोही बमोजिम भाइहरुले कार्यक्रम सेट गरे । पन्ध्रबीस मिनेट जति ढिला गरेर कार्यक्रम सुरु भयो ।

यो कार्यक्रम हामीलाई न्यूयोर्क लगायत अन्यत्र ठाउँको भन्दा अलि फरक लाग्न गयो । किनभने यहाँ बुढाबुढी आमावुवादेखि सानासाना केटाकेटीहरुसम्मको उपस्थिति थियो । साहित्यमा रुचि नभएकाहरुको पनि ठुलो सहभागिता थियो । यो खुसीको कुरा थियो ।

न्यूयोर्कबाट करिब दुई घण्टाजति पर रहेको यो ठाउँमा संयुक्त राज्य अमेरिकाले विगत पन्ध्र सोह्र वर्षदेखि नेपालमा शरणार्थी जीवन बिताइरहेका एक लाख भन्दा बढी नेपाली भाषी भुटानीहरुलाई एउटा अन्तर्राष्ट्रिय सम्झौता अनुसार संयुक्त उद्धार कार्यगरि पुर्नवास गराएको थियो । कनेक्टीकट, कोलोराडो लगायत अन्य राज्यहरूमा भुटानी शरणार्थीहरुलाई पुनर्वास गराइएको छ । साहित्यिक गतिविधिहरूमा कोलोराडो र कनेक्टीकटका भुटानीहरु निकै अगाडि बढनु भएको देखिएको छ । आफू जन्मेको थलो भुटान जान पाइन्छ की भनेर सक्नेहरुले निकै प्रयास गर्नु भयो, नसक्नेहरुले आशाभित्रै बाचेर झण्डै पन्धबीस वर्ष पुख्र्यौली माटो नेपालमै बिताउनु भयो । दुवै हात लागेनन।  अन्तमा जन्मभूमि र पुख्र्यौली भूमि दुवैलाई तीलान्जली दिएर संसारको सबैभन्दा विकसित देशमा आइपुग्नु भयो । उहाँहरूको भाग्यमा यस्तै लेखिएको रहेछ, कसैले मेटाउन सकेनन् ।

नेपालीहरू कहिले भुटान गए, कति पुस्ता भयो । यस्ता कुराहरूको खोजीमा इतिहासकारहरु लाग्नु हुनेछ । तर एउटा साहित्यकार भाइ राकेश काफ्लेले मन्चबाटै इतिहासको कुरा अलिकति उप्काएका थिए । उनले भने­ - "हाम्रा बजेहरुलाई नेपालका तत्कालीन राजा राम शाहले बेचेका थिए रे ।"  हामीले भने पहिलो पटक यो कुरा सुनेका हौँ । यस सम्बन्धी विस्तृत जानकारी लिन बाँकी नै छ । तर मलाइ लागेको कुरा के हो भने अर्को देशको भाषा बोलेका आधारमा नै पुस्तौपुस्ता जीवन बिताएका मान्छेहरूलाई राज्य सत्तामा बसेकाहरुको बलियो जमात र शक्ति भएकै आधारमा एकाएक आफ्नो घरवार, जायजेथा, जग्गाजमीनबाट अलग्याउनु, धपाउनु कहांसम्मको अमानवीय व्यवहार हो । यसको न्यायिक सुनुवाइ कतै नहुने । संयुक्त राष्ट्र सङ्घ भनेको इजरायलको निमित्त मात्र अमेरिकाले विश्वका अन्य राष्ट्रहरुलाई देखाउने पासो मात्रै हो त । भुटानी शरणार्थीलाई जुनबाटोबाट धपाइयो, त्यही बाटो फर्कन्छु भन्दा रोक किन लगाइयो । कस्तो एक तर्फी  कानुन हो यो । यो त मत्स्य न्याय भएन र । भुटानी नेपाली भाषीलाई धपाउंदा भारत हुँदै नेपाल प्रवेश गर्न छुट । नेपालबाट भारत हुँदै भुटान प्रवेश निषेध । हुन त अन्तर्राष्ट्रिय रूपमा न्याय गर्न नसकेर नै होला अमेरिका, बेलायत र अष्ट्रेलियाले यी शरणार्थीलाई आ आफ्नो देशमा पुर्नवास गराएको । भारतजस्तो दक्षिण एसियाको बलियो शक्तिलाई किन जिस्काउने भनेर पनि होला ।

कार्यक्रममा साहित्यिक गतिविधिमात्र नभएर सामाजिक कुराहरू पनि थिए । उहाँहरू साहित्यिक नारा थियो - "स्रष्टालाई सम्मान, हाम्रो अभियान ।" आदिकवि भानुभक्त आचार्यको तस्बिरमा प्रमुख अतिथिबाट माल्यार्पण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । औपचारिक कार्यक्रम सुरु भएपछि डा. माया प्रभुबाट भुटानी समाजमा (suicide is preventable)  आत्महत्या हुनबाट जोगीन सकिन्छ भन्ने करिब आधा घण्टाको पाओर प्वाइट प्रेजेन्टशन प्रस्तुत गरिएको थियो । अहिले सबैभन्दा बढी आत्महत्या सम्बन्धी दररेट भुटानी शरणार्थीहरुमा भएको रहेछ । यसको रोकथामको लागि सेन्ट फ्रान्सिस हस्पिटलको डाक्टरहरुबाट यस्तो सरसल्लाह र सहयोग पु¥याएको रहेछ । यो प्रेजेनटेशन सुनेर धेरै मान्छेहरूको आँखा रसाएका थिए । मेरो विचारमा नेपाली भाषी भुटानीहरु जो अमेरिका, बेलायत र अष्ट्रेलियामा पुग्नु भएको छ । उहाँहरूले आत्महत्या गर्दै मर्ने बेला यो होइन । मर्नु नै थियो त नेपालको शरणार्थी शिविर जहाँ एक छाक खान, बस्न र एक सरो कपडा लगाउनको ठुलो समस्या थियो, जीवन कसरी अगाडि बढने छ भन्ने केही टुंगोमा थिएन, जीउ ज्यानको असुरक्षा थियो, केटाकेटीहरुको भविष्य असुरक्षित थियो । त्यो बेलामा मर्नु पथ्र्यो उनीहरू । अहिले उहाँहरू संसारको अतिविकसित राष्ट्रहरूमा कानुनी रित अनुसार बसोबास गर्नु भएको छ , जहाँ जीवनको सुरक्षा छ, जहाँ  आफ्ना केटाकेटीको भविष्य सुरक्षित छ , जहाँ कामको गरिमा छ, जहाँ कामको अवसर छ, जहांको सरकारले उहाँहरूलाई सक्दो सहयोग गरिरहेको छ, भने किन मर्न पर्‍यो  । सुख, शान्ति र चयनको जीवन आफू पनि जिउनु होस, र आफना केटाकेटीहरुलाई आफू भन्दा दरिलो र दक्ष बनाउनु होस । पुराना वितेका कुरा सम्झेर रुने, कराउने र सन्ताप गर्ने बेला होइन भनेर सबै नेपाली भाषी भुटानी दाजुभाइ दिदिबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु ।

सानासाना भाइ बहिनीहरूले पनि अति नै राम्रा राम्रा गजलहरु सुनाउनुका साथै छोटाछोटा नृत्यहरु देखाउनु भयो । तीनजना स्रष्टाहरूलाई स्काइ पीबाट पनि कविता वाचन र गीत गाउने व्यवस्था मिलाइएको थियो । आधुनिक प्रविधिलाई पनि उहाँहरूले सदुपयोग गरेको देखियो । कार्यक्रम निकै लामो भएपनि फलदायी भएको मैले महसुस गरेँ । कार्यक्रममा सहभागी सानासाना भाइबहिनीहरुलाई प्रशंसापत्रहरु पनि प्रदान गरिए । भरखरै हाइस्कूल सकिएका भाइबहिनीहरुलाई सम्मान गरियो । आउने विद्यार्थीहरुका लागि यो प्रेरणादायी काम भएको जस्तो मलाई लागेको छ । कार्यक्रममा भाग लिन न्यूयोर्कबाट जाने पनि के कम थियौँ । शकुन्तला बहिनीको गीतले हल गुन्जायमान भएको थियो भने विकास विष्टको गीतलाई सबैले ध्यान दिएर सुनेका थिए । हामीलाई न्यूयोर्क फर्कन ढिला भइसक्दा पनि कार्यक्रमको रौनक बढ्दै थियो ।

कार्यक्रमको अन्त्यमा सबैले मिलेर तयार गर्नु भएको शाकाहारी खानाको व्यवस्था थियो । भुटानी समाजले नेपाली भाषा साहित्यको लागि गरेका प्रयासको सराहाना नगरी बस्न सकिन्न । उहाँहरूलाई पनि एउटै धारमा ल्याउनु आवश्यक भएको मैले महसुस गरेको छु । आगामी दिनहरूमा सबै नेपाली भाषाभाषीहरुलाई एउटै मन्चमा उभ्याउन हामी कटिबद्ध भएका छौँ ।
भुटानी समाज कनेक्टिकटको निम्ता र साहित्यिक कार्यक्रम- गीता खत्री, न्युयोर्क
भुटानी समाज कनेक्टिकटको निम्ता र साहित्यिक कार्यक्रम- गीता खत्री, न्युयोर्क
भुटानी समाज कनेक्टिकटको निम्ता र साहित्यिक कार्यक्रम- गीता खत्री, न्युयोर्क
भुटानी समाज कनेक्टिकटको निम्ता र साहित्यिक कार्यक्रम- गीता खत्री, न्युयोर्क


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक