Similar Articles

संस्मरण

बिश्वब्यापी रक्तदान अभियान, न्युयोर्क - लन्डन यात्रा स्मरण!- अर्जुन प्रसाद मैनाली

बिराट नेपाल

बिश्वब्यापी रक्तदान अभियानको सन्दर्भमा मार्च ९, २०१४मा न्युयोर्क देखि लन्डन गए। संजोगबस यस दिन लण्डनमा नेपाल पत्रकार महासंघ, बेलायत शाखाको दोस्रो अधिवेशन रहेछ। बेलायतवासी नेपालीहरुबाट न्यानो मायाका साथै उक्त अधिवेशनमा अतिथिको रूपमा आफूलाई पाउदा धेरै हर्षित भएको थिय। अधिवेशनकै मध्यान्तरमा नेप्लिज ब्लड डोनर्स यु के संस्थाको उद्घाटनका साथै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै एक हजार डलर सहयोग गरेँ। इन्टरनेशनल नेप्लिज ब्लड डोनर्सका महासचिव मिलन शर्मा र उप समिति संयोजक एभरेष्ट गौतमको सक्रियतामा विभिन्न क्षेत्रमा उल्लेखनीय सेवा गर्नु भएकाहरुको सक्रिय सहभागितामा उक्त संस्था स्थापना भएको रहेछ।




Arjun Prasad Mainali



संस्थाका अध्यक्ष एभरेष्ट गौतमले नेपालीहरुबाट बेलायतमा रक्तदानको माध्यमबाट असाहय बिरामीहरुलाई बचाउन उल्लेखीय परिमाणमा रगतदान गर्न संस्था गठन गरेको जानकारी गराउनु भयो। त्यहा बेलाएत बासी विभिन्न नेपाली संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। "अर्को हप्तामा हाम्रो म्यारिज एन्निभर्सरि आउदै छ। भोज भत्तेरमा खर्च हुने पैसा करिब एक लाख म नेप्लिज ब्लड डोनर्स यु के लाई रक्तदान जस्तो पवित्र मानवीय कार्यमा सहयोग गर्न चाहन्छु"  नेप्लिज ब्लड डोनर्स यु के को उद्घाटनको अवसरमा रिता गौतमले (संस्थाका अध्यक्ष एभरेस्टकी श्रीमती)  उक्त इच्छा व्यक्त गरेकी थिइन। विभिन्न नेपाली संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिले कर्ताल ध्वनिका साथ् थपडी गरेका थिए ।

अमेरिकी नेपाली समुदायमा रक्तदानको उल्लेखनीय सफलताका साथै विश्वब्यापी रूपमा पनि यो कार्य अगाडी बढी रहेको छ। बेलायतको नेपाली समुदायमा सफल रक्तदान कार्यक्रम हुन् सकेमा अरू देशहरूका लागि सकारात्मक संदेश जाने अनुमान गरिएको छ। कार्यक्रम पश्चात् राजधानी दैनिकका प्रतिनिधि, नेप्लिजएभिन्युडटकम, नेपाली टी भी यु के र बि बि सी नेपाली सेवा को रेडियो कार्यक्रममा भगिरथ योगी सँग रक्तदान सम्बन्धी कुराकानी र बेलायतवासी विभिन्न नेपाली सङ्घ संस्थाका प्रतिनिधिहरू सँग रक्तदान कार्यक्रमलाई प्राथमिकता प्रदान गर्न अनुरोध गरेँ। मार्च १० मा नेप्लिज ब्लड डोनर्स युके ले आयोजना गरेको रक्तदान कार्यक्रममा करिब ३० जनाले रक्तदान गर्नु भयो। मैले पनि ११५ औं पटक रक्तदान गरेँ। नेपालीहरूलाई हौसला प्रदान गर्न आफै त्यहा गई रक्तदान गर्ने दृढ इच्छाले गएको थिय। अब मेरो अर्को अभियान मे ९ मा बेर्मुडामा हुने कार्यक्रम तय भएको छ।





बिश्वब्यापी रक्तदान अभियान सन्दर्भमा मा मार्च ९-१०,२०१४मा बेलायतका बिभिन्न कार्यक्रममा सहभागी:



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक