नेपाली माटो र भाषामा सर्वाधिक रुचाइएका गायक रामकृष्ण ढकाल । २०४३/०४४ सालदेखि गायनमा सुनिन थालेको यो नाम अहिले पनि त्यति नै चर्चामा छ । लोकप्रिय गायक नारायण गोपालको अर्काे पुस्ताको रूपमा उनलाई लिइँदै आइएको छ, सङ्घर्षको कठिन गोरेटोबाट सफलताको फराकिलो राजमार्गसम्म आइपुगेका रामकृष्णमा नेपाली गीति क्षेत्रले गर्व गर्दै आएको छ । शिवप्रसाद ढकाल र चन्द्रमाया ढकालका साईला छोरा रामकृष्ण ढकाल २०३१ साल साउन ७ गते निजगढ बारामा जन्मिएका थिए । २०४३ सालमा नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो भाग्य परीक्षण गर्न चितवनवाट काठमाडौँ छिरेका रामकृष्ण त्यसपछि निरन्तर साङ्गीतिक यात्रामा छन् । गायक ढकालले प्रारम्भमै आफूलाई हुने बिरुवाको चिल्लो पात प्रमाणित गरे ।
पहिले आधुनिक गायनमा आफ्नो विशिष्ट स्थान बनाउन सफल रामकृष्णले पहिलो गीत २०४५ सालामा रेकर्ड गराएका थिए । दिनेश सुब्बाको शब्द सङ्गीतमा गाइएको त्यो गीतको शब्दास यस्तो छ–
हाम्रो सुन्दुर संसार थियो
हुरी आई उडाई दियो
गायक रामकृष्ण ढकालसँग भुपेन्द्र महतले अमेरिकाको कोलोराडोमा गर्नु भएको कुराकानीको भिडियो ।