Similar Articles

पुल संकटमा, सडक विभागको बेवास्ता

बिराट नेपाल

भुपेन्द्र तिम्सिना

दमक, ११ साउन

 

     à¤²à¤—ातारको बर्षाका कारण डाँस खोलामा उर्लिएको बाढीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे ८ जिरिखिम्तीमा पर्ने डाँस खोलाको पुल संकटमा पार्दा समेत सडक विभागले चासो देखाएको छैन ।

 

     à¤¬à¤¾à¤¢à¥€à¤²à¥‡ लगातार ३ दिनदेखि डाँसखोलाको पुलको पूर्वी भागमा कटान गरी त्यहाँको सुरक्षाका लागि लगाईएको तारजाली र ढुंगा बगाएर पुलको फेदको भाग समेत कटान गरेको छ । पुलको पूर्वी किनारमा रहेको पशुपतिनगर टोलका २ घर विस्थापित भएका छन् । सो टोलका १ सय घर संकटमा छन् ।

 

बाढी पुलको फेदमा ठोक्किएर पश्चिमको जिरिखिम्तीतिर मोडिदाँ बस्ती समेत उसैगरी संकटमा परेको छ । कटान हुँदै गएर दिपेन्द्र दहाल सहितको २ दर्जन घर समेत संकटमा पारेको छ । पुल र वस्ती जोगाउनका लागि नगरक्षेत्रका अगुवाहरुले सम्बन्धित निकायसँग हारगुहार मागिरहेका छन् । आफुहरुले जिल्ला दैविप्रकोप समिति, सडक डिभिजन कार्यालयमा समेत जानकारी गराएको नगरका समाजसेवी किशोर राईले जनाउनु भएको छ । उँहाले पुल à¤œà¥à¤¯à¤¾ à¤¦à¥ˆ जोखिममा परेको अवस्थामा पुल जोगाएर वस्तीलाई समेत संरक्षित गर्न सडक विभागले उत्तर र दक्षिणको केही भागमा तारजाली सहितको व्यवस्थित तटबन्ध गर्नु आवश्यक रहेको औंल्याउनु भएको छ ।

 

       à¤ªà¤¶à¥à¤šà¤¿à¤®à¤¤à¤°à¥à¤«à¤•à¥‹ जिरिखिम्ती वस्तीको खोला किनारमा तारजाली सहितको तटबन्ध नहुँदा संकट निम्तिएकाले सम्बन्धित निकायको त्यसमा ध्यान जानु आवश्यक रहेको कटान पिडीत मध्येका दिपेन्द्र दहालले उल्लेख गर्नुभएको छ ।

 

बाढीको संकटपछि सोमबार पथरीशनिश्चरे नगरपालिका कार्यालयले २ वटा जेसिवी मगाएर खोलाको बहाव सिधा पार्ने प्रयत्न गरेपनि सफल हुन सकेन ।

 

नगरपालिकाका कार्यकारी अधिकृत विनोदकुमार भण्डारीले सानाखाले जेसिवीले खोलोको बहाव परिवर्तन गर्न समस्या भएकाले ठूलाखाले स्काभेटर लगाउन आवश्यक रहेको बताउनु भएको छ । उहाँले आफुले समेत पटक पटक सडक विभागलाई जानकारी गराएको जनाउनु भएको छ  à¥¤

 

उता, सडक डिभिजन कार्यालय विराटनगरका निमित्त प्रमुख नन्दकुमार गुप्ताले आफुहरुसँग खोला फर्काउने मेसिनरी सामग्री नभएको उल्लेख गर्दै पुल जोगाउने सवालमा खासै चासो देखाउनु भएन ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक