Similar Articles

सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग १–० ले पराजित

बिराट नेपाल

सेप्टेम्बर ८, काठमाडौं । अफगानिस्तानसँग पराजित हुँदै नेपाल साफ च्याम्पियन्ससिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । हारसँगै घरेलु टोली नेपालले पहिलो पटक साफको फाइनलमा पुगेर इतिहास रच्ने मौका गुमाएको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो । नेपाल लगातार दोस्रो पटक सेमिफाइनलमा अफगानिस्तानसँगै पराजित भएको हो । २०११ मा नयाँदिल्लीमा भएको सातौं साफमा पनि नेपाल अफगानिस्तानसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
खेलको पहिलो १० मिनेटमा गोल खाएको नेपालले अन्त्यतिर पेनाल्टी पाएपनि सदुपयोग गर्न सकेन । डिफेण्डिर रोहित चन्दको प्रहार अफगान गोलरक्षक मन्सुरले रोकेका थिए । डिफेण्डरलाई पेनाल्टी हान्न दिने निर्णय गम्भीर गल्ती सावित भयो र अफगानिस्तानलाई १–० ले हार स्वीकार गर्न बाध्य भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको सुरुमा नै नेपालका भोला सिलवालको प्रहार बारमा लगेर फर्किएको थियो । सातौं मिनेटमा अफगानको कर्नर नेपाली गोलरक्षक किरण चेम्जोङले पन्च गरेर क्लियर गरेका छन् । लगतै भोलालाई मुस्तफाले फल गरेपछि पाएको फ्रिकिकमा सन्दीप राईको उत्कृष्ट प्रहार अफगान गोलरक्षक मन्सुरले बचाउ गरे ।
तर, १० औं मिनेटमा नेपाली गोलरक्षक किरणले गम्भीर गल्ती गर्दा अफगानिस्तान सुरुवाती अग्रता लिन सफल भयो । अनुरुद्दिनको प्रहार रोकेका उनले हातमा आएको बल फुत्काउँदा सन्जेर अहमदीले गोल गरेका हुन् । १ गोलले पछि परेको नेपालले खेलमा फर्कने प्रयास गरेपनि अफगान डिफेण्डर र गोलरक्षकले असफल बनाए । पहिलो हापको अन्त्यतिर नेपालले लगातार ४ पटक पोष्ट चार्ज गरेपनि गोल गर्न सकेन र पहिलो हापमा १–० ले पछि पर्यो ।
दोस्रो हापको सुरुमा नेपालले केही मौका पाएको थियो । ५२ औं मिनेटमा भरत खबासको पासमा अनिल गुरुङले पोष्ट चार्ज गरेपनि अफगान गोलरक्षकले असफल पारे ।
६० औं मिनेटमा मिडफिल्डर राजु तामाङको स्थानमा युवा स्ट्राइकर विमल घर्तिमगर मैदान प्रवेश गरे । ६४ औं मिनेटमा विमलको प्रहार बार नजिकैबाट बाहिरियो भने ७८ औं मिनेटमा जुमानु राई वान भर्सेज वानमा हुँदा अफसाइड भए, जतिबेला उनको प्रहार बरमा ठोक्किएर फर्किसकेको थियो ।
८५ औं मिनेटमा अफगान गोलरक्षक मन्सुरले बल नियन्त्रणमा लिने क्रममा विमल घर्तिमगरलाई लडाएपछि नेपालले पेनाल्टी पायो । यो खेलमा फर्कने सुन्दर मौका थियो । तर, डिफेण्डर रोहितको प्रहार मन्सुरले रोकेपनि लाइन्स म्याले अफसाइडको झण्डा उठाएपछि नेपालले अर्को मौका पायो । तर, रोहितले आफ्नो पहिलो गल्ती सच्याएर नेपाललाई खेलमा फर्काउने सुन्दर मौका चुकाए । उनको प्रहार अफगान गोलरक्षकले सहजै रोकेका थिए ।
खेलको अन्त्यतिर नेपालले केही मौका पाएको थियो । सन्दीपको फ्रिकिकमा अनिल चुके भने अन्तिममा पाएको फ्रि किकमा विमलले राम्रो पोष्ट चार्ज गरेका थिए । तर, त्यसलाई अफगान गोलरक्षक मन्सुरले सहजै नियन्त्रणमा लिएपछि नेपाल पराजित भयो र पहिलो पटक फाइनलमा पुग्ने सपना चकनाचुर भयो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक