Similar Articles

फिल्मी समाचार

यादब खरेल संयोजकत्वमा राष्ट्रिय चलचित्र नीति कार्यन्नयनको अनुगमन तथा मुल्याकन समिति गठन

बिराट नेपाल

काठमाडौं, १८ साउन
 

नेपाल सरकार सुचना तथा संचार मन्त्रालयले राष्ट्रिय चलचित्र नीति कार्यन्नयनको अनुगमन तथा मुल्याकन समिति गठन गरेको छ । नेपाल सरकार मन्त्रिीस्तरको गत श्राबण १३ गतेको निर्णय अनुसार बिशिष्ठ चलचित्रकर्मी यादब खरेलको संयोजकत्वमा दुई बर्षको लागी नौ सदस्य समिती गठन गरीएको हो । 

 

समितीको सदस्यमा बिशिष्ठ चलचित्रकर्मीहरु हरीहर शर्मा,युवाराज लामा,चलचित्र बिकाश बोर्डका अध्यक्ष राजकुमार राई,चलचित्रकर्मी à¤¶à¥à¤¯à¤¾à¤® सापकोटा,बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय,सबनम मुखिया,चलचित्र प्राबिधिक बसन्त कुमार रुपाखेती रहेका छन । समितिको सदस्य सचिबमा सुचना तथा संचार मन्त्रालयका कानुन उपसचिब पुस्कर राज नेपाल रहेकाछन । 

 

समितिले राष्टिय चलचित्र नीती,अनुगमन समिति गठन तथा कार्यसंचालन मार्गदर्शन २०७३ अन्र्तगत चलचित्र क्षेत्रलाई सिर्जनशील सास्कृतीक एबं मनोरञ्जनात्मक उधोगको रुपमा बिकाश गरी स्वदेशी चलचित्रको बिकाश र संरक्षण गर्दै चलचित्रको प्रर्बदन एबं चलचित्रकर्मीहरुको हकहितको संरक्षण  à¤—र्न यो समिती गठन गरीएको संचार मन्त्रालयले बताएको छ । समितिले राष्टिय चलचित्र नीतिको कार्यन्यन पक्षलाई समन्वयत्मक रुपमा अनुगमन,सहजिकरण गर्नेछ । 

 

समितिको कार्यक्षेत्र राष्टिय चलचित्र नीती २०७१ को स्वीकृत कार्ययोजनाको प्रभाबकारी कार्यन्यन भए नभएको अनुगमन गरी सो को कार्यन्वयनमा सहजिकरण गर्ने र सो को प्रतिबेदन सुचना तथा संचार मन्त्रालयमा पेश गर्ने छ ।

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक