Similar Articles

Home Page Spiritual Articles

सब भन्दा सजिलो साधना: ओमकारको श्रबण--प्रा. डा. नारायण कुंवर

बिराट नेपाल

दिव्य ध्वनि ओमकारको साधना धेरै सजिलो छ, तर ऋषि मुनि वा सन्तहरुले सर्व साधारणले बुझ्न सक्तैनन भनेर हो वा दुरुपयोग गर्छन भनेर हो यसको ज्ञान आफूसित मात्र सिमित राखे। आफ्नो कानमा गुञ्जीरहेको दिव्य ध्वनिलाई आफू हरिको पछि होइन कि हरि नै आफ्नो पछि लागेको भन्नु हुने सन्त कविरले पनि हरि कसरी पिछा लागे यसको रहस्य एक जना वाहेक आफ्ना सयौ शिष्यहरु मध्ये कुनैलाई पनि बताउनु भएन। सबभन्दा विश्वासपात्र शिष्य धरमदाशलाई मात्र ओमकारको रहस्य खोल्नु भयो र उनलाई नामदान (ओमकारको दिक्षा) पनि दिनु भयो। नामदान दि सके पछि यो महत्वपूर्ण ज्ञान बाहिर कतै नजाओस,  मेरो लाख विन्ती छ भन्दै सन्त कविरले धरमदाशलाई सचेत गराउनु भएको थियो:

धरमदाश तोहे लाख दुहाई। सार बस्तु वाहर नहि जाई ।।

कविर पछिका सन्तहरुले विस्तारै आफ्ना शिष्यहरुलाई नामदान दिने गरेको पाइन्छ। आफ्ना शिष्यहरुलाई नामदान दिने त्यस्ता सन्तहरु मध्ये सन्त रविदाश पनि हुनुहुन्छ। सन्त रविदाश चमार जातका हुनुहुन्थ्यो र छालाको काम गर्नुहुन्थ्यो। उहाँबाट नामदान लिनेहरु मध्ये मिरा बाईको पनि नाम आउँछ। मिरा बाई राजस्थानको चित्तौढगढको राजपरिवारको हुनुहुन्थ्यो र भगवान श्रीकृष्णको अति नै भक्त हुनुहुन्थ्यो। ओमकार नै भगवान श्रीकृष्णको बास्तविक स्वरुप हो भन्ने थाहा पाए पछि जातको चमार भए पनि सन्त रविदाशको झुपडीमा गएर उहाँबाट नामदान लिनुभयो। नामदान पाएपछि ‘पायो जी मैने राम रतन धन पायो’ भनेर ओमकारको महिमाको भजन गाउन थाल्नु भयो।

यतिखेर नामदान दिने सवभन्दा ठूलो संस्था पञ्जावको व्यास स्थित राधास्वामी सत्संग हो। राधास्वामीको आश्राम भित्र सदगुरुको दर्शन गर्न र नामदान लिन प्रत्येक दिन प्राय ३–४ लाख सत्संगीहरुको भिड लाग्दछ। त्यो भिडको नामदान प्रातिको उत्सुकाता र आश्रमको सुन्दरतालाई देखे पछि जो कोहि लाइ पनि तुरुन्तै नामदान लिने मन लगछ। नामदान लिन थुप्रै नेपालीहरु पनि त्यहाँ पुगने गर्छन। तर एक बर्ष सम्म राधास्वामिको कुनै केन्द्रमा सत्संग नगरिकन नामदान पाइदैन।  

नामदान दिने आर्को प्रमुख संस्था दिल्लीको नजिकै रहेको ओशोधरा हो। ओशोको देसनाको आधरमा स्थापित ओशोधराले छ दिनको ध्यान समाधि कार्यक्रमको अन्त्यमा नामदान दिन्छ र छ दिनको आर्को सुरति समाधी कार्यक्रममा ओमकारको दिव्य ध्वनि राम्रो संग खुल्नको लागि अर्थात ओमकार सजिलो संग श्रबण गर्नको लागि अभ्यास गराउँछ। राधास्वामि सत्संग, व्यासमा ध्यान समाधि सिकाउने र ओमकार राम्रो संग श्रबण गर्न अभ्यास गराउने यस्तो परिपाटी छैन। ओशोधराको कार्यक्रम सबभन्दा पहिले नेपालबाट सुरु भएको हो र यसको अन्तर्रास्ट्रिय कार्यक्रम अहिले पनि नेपाल बाट संचालित भईरहेको छ।

नामदान लिए पछि ओमकार श्रबण गर्न सजिलो छ। श्रबण गर्नको लागि कुनै बिशेष परिश्रम वा बिशेष समय छुट्टाउन पर्दैन। बाहिरको संसारिक संगीत सुने जस्तै हो। हिंड्दा, बस्दा, खाँदा, सुत्दा, काम गर्दा - जुन सुकै बेला र अवस्थामा पनि चौबिसै घण्टा चलिरहेको परमात्माको दिव्य संगीत श्रबण गर्न सकिनछ। परमगुरु ओशो भन्नु हुन्छ परमात्माको दिव्य संगीत सुन्न थाले पछि संसारिक सबै संगीत हरु फिका हुन थाल्छन।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक