Similar Articles

Home Page Spiritual Articles

म को हुँ ?--स्वामी ज्ञान स्वरुप (नारायण भक्त पौडेल)

बिराट नेपाल

म को हूँ ? म को हूँ ? म को हूँ ? म को हूँ ?
म दृश्य देह मात्र  à¤¹à¥‚ँ कि ? अदृश्य समेत केही हूँ ?
शरीरका यी अंगमा म कान  à¤¹à¥‚ँ कि ? नाक हूँ कि ?
म चर्म हूँ कि ? चक्षु हूँ कि ? जिन्हा किंवा देह हूँ ?

शिर हूँ कि पाव हूँ कि ? प्राणि  à¤¹à¥‚ँ या वाणि  à¤¹à¥‚ँ ?
रक्त हूँ वा अस्थि हूँ कि ? बुद्धि अथवा मन म हूँ ?
अहंकार स्वयं म हूँ ? पृथ्वी अथवा तेज हूँ ?
व्योम किंवा जल म  à¤¹à¥‚ँ ? मनो शरीर योग हूँ ?

जन्म अथवा मृत्यु हूँ म केवल जड् पदार्थ हूँ ?
चेतनाको पूञ्ज हूँ ? या आशारुपी कुञ्ज हूँ ?
विचारका तरंग  à¤¹à¥‚ँ ? वा भावनाका म रंग हूँ ?
को हो मलाई पठाउने ? यो देह लिन लाउने ?

प्रयोजन के रह्यो ? यस धर्तिमा आउने ?
को हो त्यो मेरो चालक ? अनन्य जन्म पालक ?
यी प्रश्नका तरंगमा, बहन्छु म भरंगमा |
उत्तरका आशमा शास्त्र वचन म पढ्दछु |

गुरु संगत म गर्दछु, ध्यानस्थ म बस्दछु |
प्रयत्न र श्रद्धा सहित, स्वयं स्व भित्र डुब्दछु |
स्व–अन्तर म पस्दछु, स्वयं स्व मा म बस्दछु |
स्वयं स्व मै बिलाउंदै, एकाकार म बन्दछु |

अन्तर निराकारमा प्रणव नाद सुन्दछु |
आनन्दमै हराउंछु अनि स्व मै रमाउंछु |
चिदात्म सरोबर महां पूरापूर म डुब्दछु |
प्रश्नहरू हराउंछन् नानानुभव आउंछन् |

ओंकार हूँ,  à¤¶à¤¬à¤¦ म हूँ, आहत विनाको नाद हूँ |
अनाम हूँ, अरुप हूँ, निराकार स्वयं म हूँ |
शास्वत हूँ म, चित् म हूँ, आनन्द नै स्वयं म हूँ ।
म शुद्ध हूँ र बुद्ध  à¤¹à¥‚ँ, स्वर विनाको संगीत हूँ ।

शिव हूँ म, सुन्दर म हूँ, परम उर्जा स्वयं म हूँ |
मंगल पनि म हूँ, अहो दिव्य अमृतस्रोत हूँ ।
अद्वैत हूँ र पूर्ण हूँ , उमंगको लहर म हूँ |
निगुर्ण हूँ, प्रकाश हूँ, द्रष्टा र साक्षी मै त हूँ ।

म दिव्य स्वाद हूँ तथा म प्रेम और सुगन्ध हूँ ।
म ब्रम्ह हूँ, म मुक्त हूँ, परम आत्म सागरै म हूँ |
अनिवर्चनीय हूँ  à¤®, केवल अनुभव गम्य हूँ ।
मेरो जति अनित्य हो, म मात्र शाश्वत सत्य हूँ |
म मात्र शाश्वत सत्य हूँ |

जय ओशो, जय ओशोधारा



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक