Similar Articles

Interviews

समृद्ध नेपालको सपना, प्रवासी नेपालीको चाहना श्रृङ्खला –२

बिराट नेपाल

समृद्ध नेपालको सपना, प्रवासी नेपालीको चाहना श्रृङ्खला –२
अम्विका प्रसाद अधिकारी अमेरिकामा आउने नेपालीहरुमा पहिलो पुस्ताको व्यक्तित्व हुनुहुन्छ् । सन् १९७८ मा अमेरिकामा अध्ययनका लागि आउनु भएका अधिकारीले सन् १९८६ मा दोस्रो पटक पिएचडी उपाधिको लागि अमेरिका आउनु भएको थियो । उहाँले सन् १९९१ मा शहरी योजनामा हावर्ड युनिभर्सिटीवाट पिएचडीको उपाधि हासिल गर्नु भएको हो । उहाँको उपाधि "शहरी योजना तथा नमुना " मा भएको हो । अमेरिकाको एरिजोनाको टेम्पेमा रहेको एरिजोना स्टेट युनिभर्सिटीमा अध्यापन तथा अनुसन्धान गर्दे आउनु भएका अधिकारी गैर आवासीय सङ्घमा पनि सक्रिय हुनुहन्छ । आफना कुराहरूलाई स्पष्ट राख्नु हुने अधिकारी अमेरिका पढेर नेपाल फर्किएर अन्र्तराष्ट्रिय प्रकृति संरक्षण कोष – आयुसिएनको देशीय प्रतिनिधिको रूपमा समेत काम गर्नु भएको अनुभव छ । सन् २००० देखि उहाँ अमेरिकामा बसोबास गर्दे आउनु भएको छ । उहाँले फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता सम्बन्धी प्रारुप तयार पार्ने क्रममा  à¤ªà¤¨à¤¿ समन्वय गर्नु भएको थियो । 

समृद्ध नेपालको सपना : प्रवासी नेपालीको चाहना श्रृङ्खला– २ मा अधिकारीसँग मधुकर अधिकारीले गर्नु भएको कुराकानीको सम्पादित अंशहरु:

तपाईँले प्रवासी जीवन विताउनु भएको कति वर्ष भयो ?
खासमा भन्ने हो भने म अध्ययनको सिलसिलामा सन् १९७८ मा नै अमेरिका आएको हुँ , तर अध्ययन सकेर नेपाल गएर काम गरे । पछि सन् १९८६ मा पिएचडिको लागि अमेरिका आएको हुँ । यसरी अध्ययनको क्रममा आउने जाने भईरहयो तर सन्  à¥¨à¥¦à¥¦à¥¦ देखि निरन्तर अमेरिकामा बस्दै आएको छु । 

तपाईँको विज्ञता र कामको प्रकृतिको बारेमा कसरी जान्न सकिन्छ  ?
हेर्नोस मेरो काम भनेको सुरुमा म आर्टिटेक्ट इन्जिनियर नै हो । तर यसमा पछि मैले शहरी योजनाको बारेमा अध्ययन गरेको हुँ । खासमा सङ्क्षिप्तमा भन्नुपर्दा, शहरी योजना दुई तरिकाले गर्न सकिन्छ । पहिलो, कुनै नयाँ ठाउँ छनौट गरेर त्यसलाई सहरको रूपमा अवधारणा बनाउने र पूर्वाधार त्यही अनुसार बनाउने । दोस्रो, भइरहेको सहरमा जनघनत्वको वृद्धि र नागरिकको आवश्यकताका आधारमा नयाँ योजनाका साथ भवन, आवास, कार्यालय,यातायात र आवासको लागि चाहिने आवश्यक विषयमा सुधार गर्दे लैजाने । यसमा म अर्को जोडन चाहन्छु, खासमा विश्वमा सहर तर्फ जाने मानिसहरूको सङ्ख्या हरेक वर्ष वढदो छ । सन् २००८ मा पहिलो पटक विश्व भरि नै  à¤¶à¤¹à¤°à¥€ क्षेत्रमा बसोबासमा गर्ने जनसङ्ख्या ५० प्रतिशत नाघेको हो । तर विकसित देशहरूमा यसको प्रतिशत अलि बढी छ । जस्तो अमेरिकामा ८५ प्रतिशत रहेको छ भने सिंगापुरलाई शत प्रतिशत मानिन्छ । स्वीडेनमा ८६ प्रतिशत जनसङ्ख्या शहरी क्षेत्रमा बसोबास गर्छन् ।  

तपाईँको विचारमा नेपाललाई एउटा समृद्ध देश बनाउन विषयगत रूपमा कुन क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ ?
कुनै पनि देशलाई समृद्ध बनाउने भनेको त्यो देशको आर्थिक नीति ,औद्योगिकीकरण र व्यवसाय नै हो । यसलाई हामी आर्थिक वृद्धिको ईन्जिनको रूपमा पनि लिन्छौं । अहिले नेपालको सन्दर्भमा हेर्ने हो भने एउटा मात्रै ठुलो सहर छ, काठमाण्डौं त्यसमा ३० लाख मानिसहरू बसोबास गर्छन् । त्यही एउटा सहरले कुल गार्हस्थ उत्पादनमा एक तिहाई सम्म योगदान दिएको छ । त्यस्ता सहर अरू दुई चार वटा बनाउन सक्ने हो भने रोजगारीको अवसर सृजना हुने र एक अर्कामा सडकको सञ्जालले जोडन सक्छ । जुन ठाउँमा सहर वस्छ त्यो ठाउँको वरिपरिका क्षेत्रमा आफै उत्पादनका साधनले बजार पाउने ,आवासीय प्रयोजनको लागि भवन निर्माण हुने देखि हरेक क्षेत्रमा त्यसले विकसित हुने अवसर पाउँछ । 

प्रवासी भूमिबाट नेपालमा देख्नु भएको चार समस्या के के छन्  ? यी समस्या समाधानको उपाय के हुन्छ जस्तो लाग्छ ?
मेरो विचारमा सबैभन्दा पहिलो कुरा हामी राजनीतिक रूपमा सार्वभौमसत्ता सम्पन्न मुलुकको रूपमा स्थापित भएका छौँ,त्यसैले अबका दिनमा आर्थिक रूपले पनि सार्वभौम हुनु परयो । हाम्रा नीति नियम र आवश्यकताका वस्तुहरू जुनकुनै ठाउँबाट लिन सक्ने हुनुपरयो । त्यो अव सैद्धान्तिक रूपमा मात्र होइन की व्यवहारिक रूपमा पनि आवश्यकता छ ।

म एउटा सानो उदाहरण दिन्छु, अमेरिका र क्यानाडाको बिचमा सामान्य डकुमेन्टको आधारमा आवागमन गर्न पाइन्छ । तर, क्यानडा अमेरिकामा भन्दा जनसङ्ख्या देखि हरेक कुरामा सानो छ । क्यानाडाले आफ्नो देशमा आउने सामानहरुमा लगाउने कर अमेरिकामा भन्दा निकै महँगो छ, उदाहरणको लागि पेय पदार्थमा उसको चर्को अन्तशुल्क छ । त्यसबाट उसले जनताको सामाजिक दायित्वमा खर्च गर्ने रकम सङ्कलन गर्न सफल भएको छ । त्यसैले पहिलो कुरा त नेपालमा स्वतन्त्रता पूर्वक आर्थिक नीति नियमहरू बनाउन सक्नु परयो या पाउनु परयो ।

दोस्रो ऊर्जाको समस्या हो, अहिले हामी सयको अंकमा अर्थात् आठ,नौ सय मेगावाटको उत्पादनमा रहेका छौँ । गुजरातमा एउटै सोलार प्लान्ट नौसय मेगावाटको छ ।त्यसैले अव हामीले हाम्रो सम्भावनाको क्षेत्र मध्ये एक जलविद्युतको विकास गर्ने पर्छ । ऊर्जाको सङ्कटले निम्त्याउने विकराल समस्या मैले व्याख्या गरिरहन पर्देन नेपाली जनता हरेकले हरेक दिन भौग्दै आएका छन् ।

तेस्रो औद्योगिकीकरण अपरिहार्य छ । हामी कहाँ अहिले पनि आन्तरिक उत्पादनले के कुरामा सक्षम छौ भनेर खोज्यो भने नगन्य मात्रामा छ । त्यसैले औद्योगीकरण गरेर हामीहरूले हामीलाई चाहिने सामान र वस्तुहरूको उत्पादन गर्दे त्यसमा अतिरिक्त शुल्क लिएर निर्यात गर्ने सोचमा जानु पर्छ । जस्तो चियापत्ति,कफि जस्ता वस्तुहरू । जब औद्योगिकीरणमा जान्छौ त्यसपछि त्यो एउटा आर्थिक चक्र ( साइकल ) मा प्रवेश गर्छ । यसमा कृषिको व्यवसायीकरण पनि जोडन सकिन्छ । हामीहरूले बजारको माग अनुसार उत्पादनमा लाग्यौ भने त्यसले निकै प्रभाव पार्छ । जस्तो म फिजीको उदाहरण दिन्छु त्यो देशले उच्च कोटीको फलफुल उत्पादन गरेर अमेरिका अस्ट्रेलिया जस्ता देशहरूमा निर्यात गरेर आफूलाई समृद्ध बनायो । 

चौथो, समस्या यातायातको छ । किनकि हामीले गर्न नसकेको र नेपाललाई आर्थिक समृद्धिको बाटोमा अवरोध गर्ने नै बाटो अर्थात् सडक सञ्जाल भएको छ। यसको लागि जलविद्युत विकास गर्दे त्यसको आधारमा चल्ने रेल यातायातलाई एकीकृत गर्नुपर्छ । यो देशको काँचुली फेर्ने माध्यम हो ,किनकि उत्पादित वस्तुलाई बजार सम्म पुरयाउनका लागि राम्रो सडक सञ्जाल, व्यवस्थित रेल सेवा र हवाई यातायातको मैदान सुरक्षित बनाउन सकियो भने देशलाई आमूल परिवर्तन गर्न सकिन्छ । 

एउटा देशको नागरिकले त्यो देशलाई समृद्ध बनाउन के गर्नुपर्छ ?
हरेक देशका नागरिकलाई एउटै कुराले पिरोल्छ त्यो हो रोजगारीको अवसर,सुरक्षित आवास, औषधी उपचार र सामाजिक मान्यता । 

कतिपय अवस्थामा राम्रो र सक्षम नागरिकहरू पनि साना समस्याहरुले आफ्नो भविष्य अन्यौल रहेको ठान्छ । नागरिकको लागि राज्यको दायित्वको चाहना पनि हुन्छ । 
त्यसैले नागरिकमा देशलाई समृद्ध बनाउने हो भने व्यवासायिक सोच आउन परयो, गाउँमा कृषि पेसामा छ भने उसले त्यसलाई कसरी वजारीकरण गरेर आम्दानीको स्रोत बनाउन सक्छ । एक्लै सक्दैन भने समूह बनाएर पो गर्ने हो की रु यस्ता कुराहरूमा ध्यान दिनुपर्छ । त्यसैले मेरो विचारमा असल नागरिकले आफू उद्यमी बनेर राज्यलाई कर तिर्दे रोजगारी सृजना गर्ने सोचमा लाग्नु पर्छ । किनकि आर्थिक रूपमा नागरिक सबल नभएसम्म उसले सामाजिक दायित्व पूरा गर्न सक्दैंन् । साथै देशको कानुन पालना गरेर सानो भए पनि काममा संलग्न हुनुपर्छ । नागरिकका यस्तै सानो प्रयासले देश निर्माण भएको हामीले कति देशहरूको इतिहासबाट पढदै आएका पनि छौँ । 

नेपालमा बस्ने नेपालीहरूले प्रवासी भूमिमा वस्नेहरुको आलोचना बढी गर्छन्, के साँच्चै प्रवासमा वसेपछि देशको माया ममता टुटेकै हुन्छ ? यसमा तपाईँको के टिप्पणी छ ?
खासमा भन्ने हो भने यो केही यदाकदा सुनिने विषय मात्र हो । मैले भेटेका र सुनेका मान्छेहरू भन्नु हुन्छ भने धेरैले सम्मान नै गरेको पाएको छु  à¥¤ मानिस जहाँ वसेपनि आफू जन्मेको देश भुल्नै सक्दैंन् । उसले कहीँ न कहीँ मातृभूमिसँग आफूलाई जोडेर राखेको हुन्छ । 

सामान्य अध्ययनले के भन्छ भने प्रवासी भूमिमा कमाएको भन्दा आफू स्वदेशमा २५ प्रतिशत सम्म कम कमाई हुन्छ भने त्यो त्यही वस्छ भन्ने मानिन्छ । यो अहिलेको विश्वमा हरेक देशका मानिसहरू आउने जाने प्रक्रिया चलिरहेको छ।  

साथै डायस्पोराले नै देश बनाएको हुन्छ , त्यो तपाईँ चीन, भारतको उदाहरणवाट पनि थाहा पाउन सक्नु हुनेछ । अहिले राष्ट्रसंघ, अमेरिकाले समेत कुनै पनि देशको आर्थिक समृद्धिमा डायस्पोराको महत्त्वपूर्ण भूमिका हुने अध्ययन मार्फत सार्वजनिक गरेका छन् । 

एउटा चिन्ता के हो भने रेमिटेन्सको रकमले सधैँ देश विकासको उपकरण ( टुल्स ) हुन सक्दैंन् । त्यसलाई अन्य लगानीको क्षेत्रमा विस्तार गर्न परयो भन्ने हो । यहाँ म अर्को उदाहरण दिन्छु, पहिला मेक्सिको रेमिटेन्समा अडेको थियो । बिस्तारै उसले त्यसलाई उत्पादनशील क्षेत्रमा लगाउन सक्यो र अहिले उसको प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पुगेको छ । त्यसैले नेपालको हकमा पनि विदेशी सहायता भन्दा रेमिटेन्सको रकम धेरै छ यसले बिस्तारै लगानीको क्षेत्रमा रूपान्तरण गर्न सकियो भने तपाईँ सोध्नु भएको जस्तो आलोचना कम हुन्छ । 

यहाँ म स्पष्ट पार्न चाहन्छु, डायास्पोरा (एनआरएन)को भूमिका भनेको देश विकासको लागि एउटा उत्प्रेरक मात्र हुन् देशलाई समृद्ध बनाउने भनेको त्यही भूमिमा वस्नेहरुले आफै यसको निर्धारण गर्न सक्छन् । 

गत अप्रिलमा गएको भूकम्प पछि अमेरिकामा रहेका नेपालीहरूले त्यति सहयोग नगरेकै हुन् की के हो ?
त्यो कुरामा म सहमत छैंन् । किनकि यहाँ रहेका हरेक संस्थाले केही न केही सहयोग गरे । अझ कतिपयले आफू पढेको विद्यालय या गाउँमा विभिन्न तरिकाले सहयोग गरे । एनआरएन अमेरिका,टेक्सासमा रहेका नेपाली, भर्जिनियाका नेपाली कोलोराडो, क्यालिफोर्नियामा रहेका हरेक समुदायका मानिसहरू आफ्नो खर्चमा नेपाल पुगेर राहत वितरण गरेर आए । मेरो विचारमा अरू देशमा जस्तो सय दुई सयष् जम्मा गरेर सङ्गठित रूपमा नगएको हो, तर अमेरिकाले विश्वभरि छरिएर रहेका नेपालीहरू मध्ये बढी सहयोग जुटाएका छन् । यसमा त नेपाली सरकारी अधिकारी मिडियाहरु सबैले भनेकै हुन नि विदेशमा बस्ने नेपालीहरूको सहयोगले राहत वितरणमा सहयोगी भूमिका खेल्यो भनेर । एनआरएनका केन्द्रीय अध्यक्ष शेष घले आफै पुगेर राहत वितरण गर्नु भएको थियो । त्यसैले सबैको प्रयास सकारात्मक भएको मैले पाएको छु ।

अबको १५ वर्षमा नेपाललाई समृद्ध देशको रूपमा विश्व सामु परिचय दिलाउन सक्षम होला ? हुन सक्छ भने आधार के के देख्नु भएको छ ?
खासमा समृद्ध भन्ने आधार फरक छन् । अल्पविकसित देशबाट माथि उठने नेपालको चाहना छ । सन् २०२२ सम्म यसबाट माथि उठने नेपालको योजना छ ।त्यो भनेको प्रतिव्यक्ति आम्दानी १००० डलर भन्दा माथि पुरयाउने भन्ने हो । यो विश्व बैङ्क र संयुक्त राष्ट्रसंघ मापन गर्ने आधारमा हो । 

तपाईँले भन्नु भएको जस्तो समृद्ध देश वनाउनका लागि १० प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिने सम्भावना पनि छ  à¥¤ हामीहरूले जलविद्युत विकास गरयौ भने दुई अंकको आर्थिक वृद्धि हासिल गर्न सकिन्छ । त्यो भयो भने आगामी चौध वर्षमा प्रतिव्यक्ति आम्दानी ३ हजार डलर हुन सक्छ । हामीले कृषिलाई र पर्यटनलाई एक अर्काको परिपूरक वनाउँदै अगाडि वढायौ भने अर्को सम्भावनाको स्थान छ । किनकि अहिले सम्म नेपालमा एक रातको सात आठ सय पर्ने कोठा र त्यो अनुरूपको हजार वटा कोठाहरू भएको होटेल नै छैंन् । त्यति प्राकृतिक रूपले सुन्दर देशमा विश्वभरिका बढी खर्च गर्ने क्षमता भएका व्यक्तिहरूलाई आमन्त्रण गर्न सकियो भने पर्यटन क्षेत्रले चौतर्फी फाइदा दिलाउँछ । यसको लागि ठुला विमानस्थल हवाईजहाजको सेवामा समेत ध्यान दिनु पर्छ । जस्तो केन्याले अहिले ७५ वटा वोईङ्ग मार्फत सेवा दिएको छ । तपाईँलाई मैले सुरुमा नै भने जब हामी आर्थिक संप्रभुताका साथ नीति नियम बनाएर यस्ता क्षेत्रहरू विकास गरयो भने १५ वर्षमा नेपालको अर्थतन्त्र कायापलट नै हुन्छ । 

अन्त्यमा तपाईँ नेपालमा गर्न चाहनु भएको कुनै योजना छ ? तपाईँको योजना संक्षेपमा बताउन सक्नु हुन्छ ?
म अहिले पनि विभिन्न तालिमहरुमा क्रियाशील रहेको छु । मलाई दुई वटा योजना लागू गर्ने सोचाईमा छु । काठमाण्डौंमा जनघनत्व बढे अनुसार सार्वजनिक यातायात साह्रै खराब छ, यसलाई दू्रत बस सेवा मार्फत नागरिकको आवागमनलाई तत्काल सुव्यवस्थित बनाउने सोचका आधारमा सरोकारवाला निकायहरुसँग काम गर्दे आएको छु । किनकि नेपालमा अहिले सववे र लाईट रेलको तत्काल सम्भावना छैंन । त्यसैले अल्पकालको लागि दू्रत गतिको बस सेवा नै वाञ्छनीय देखिएको छ । अर्को यातायातको क्षेत्रमा लापर्वाहीको कारणले भएको जनधनको क्षतिलाई कसरी न्यूनीकरण गर्ने भन्ने सन्र्दभमा केही गरौँ की भन्ने सोचमा रहेको छु । हेरौ ,केही अरू थप योजनाहरू रहेका छन् । ती कार्यान्वयनको चरणमा म पूर्णकालीन रूपमा काम गर्ने वेलामा अर्थात् अहिले गरेको कामबाट अवकाश पाएपछि नेपालको लागि सहयोगी भूमिका खेल्ने छु त्यो समयमा  à¤¤à¤ªà¤¾à¤ˆà¤¸à¤à¤— फेरी संवादमा वस्नेछु । 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक