नयाँ दिल्ली,१० साउन
नेपाल भारत यातायात ब्यवसायी समितिहरुले उल्लेखनीय काम गरिरहेको बेला भारतको राजधानी नयाँ दिल्लीको गुडगाँव सुखरालीबाट नयाँ टुर्स एण्ड ट्रावल्सको रुपमा श्री कृष्ण नेपाल भारत टुर्स एण्ड ट्रावल्सले कार्य गर्ने निश्चित गरेको छ । विधिवत रुपमै नयाँ समितिको गठन गरी सेवा र सुविधा सहित प्रवासी नेपालीहरुविच सक्रिय काम गर्ने अठोटका साथ अगाडी बढ्ने कुरा श्री कृष्ण संचालन समितिका अध्यक्ष राज कुमारले पत्रकार गोबिन्द पोख्रेललाई वताए ।
राजले हामी प्रवासी नेपाली जनताको विचमा मात्र सिमित नभै नेपाल र भारतको पर्यटकीय क्षेत्रमा समेत उल्लेखनीय काम गर्ने मनसायले यो क्षेत्रमा उत्रेका छौ । नेपालबाट उपचारका लागी आउने विरामीहरुका विच, भारतबाट नेपालमा भ्रमण गर्न जाने पर्यटकहरुका विच, नेपालबाट आफ्ना आफन्ति भेट्न आउनेहरुका विच र नेपालबाट भारतका विभिन्न धार्मिक पर्यटकीय स्थानहरुको भ्रमणमा आउने धर्माबलम्वी र नेपाली पर्यटकहरुका विच सेवा र सुविधा सहित काम गर्दै अगाडी बढ्ने लक्ष्य सहित काम गर्ने कुरा पनि श्री कृष्णका अध्यक्ष राजले विस्तार पूर्वक वताए । श्री कृष्ण नेपाल भारत टुर्स एण्ड ट्रावल्सको कार्यालय सटर नं. १०, एम. जी. रोड, पहिलो मन्जिल, कम्युनिटि सेन्टरको सामुन्ने, नजदिक इफ्को चोक, सुखराली गुडगाँवमा राज सँग गरिएको सानो कुराकानी
-राजकुमारजी यो क्षेत्रमा काम गर्ने मनसाय कसरि बन्यो ?
पहिलेदेखि नै यो क्षेत्रमा कार्य गरेका राजकुमारले भने, मैले यो क्षेत्रमा काम गर्नका लागी केही साथीहरुसँग पहलका लागी अनुरोध गरे । साथीहरुको सोचेजस्तो सहयोग पाए । अनी यो क्षेत्रमा सेवा र सुविधा सहितको नयाँ गर्ने सोच बन्यो । अफिस खोलेर अग्रसरताका साथ काम गर्न सुरु गर्यौ । सफल पनि हुने कुरामा कुनै शंका नै छैन ।
-तपाइहरुले सुरु गरेको एक हप्ता भयो, हैन र ? यो एक हप्तामा कति जति गाडीहरु नेपाल पठाउनुभयो ?
हो आज ठ्वाक्कै एक हप्ता भयो । हामीले यो समयमा २ वटा व्हींगर गाडि र एउटा बोलेरो गाडी नेपाल पठायौ । यो हप्ता हाम्रो लागी अपार सफलता सहितको राम्रो अवसर पनि थियो । किनकी हामीले नसोचेको भयो ।
-तपाइहरुसँग गाडीहरु कुन–कुन उपलब्ध छन ? र के कस्तो सेवा र सुबिधा छ ?
हेर्नोस, हामीसँग वातावरणीय अर्थात एसि गाडिको रुपमा फोर्स र बोलेरो गाडिहरु छन । व्हींगर गाडी र बसमा एसि छैन तर फोर्स, बोलेरो, व्हींगर र बस हामीसँग छन । सेवा र सुविधाको विषयमा गाडीको सिट संख्या भन्दा बढि यात्री बोकेर नहिड्ने, महिलाहरुलाई अगाडीको क्याबिनमा नराख्ने जस्ता महत्वपूर्ण कुराहरुलाइ प्राथमिकता दिने जमर्को रहनेछ ।
-यो क्षेत्रमा कार्यरत टुर्स एण्ड ट्रावल्सहरु थुपै्र भएका कारण चुनौति पनि छ नी, कसरी हेर्नु भएकोछ ?
हो हामीले पनि पहिले मालिकका गाडी चलाउथ्यौ । पछि यो क्षेत्रमा प्रवेश गर्यौ । धेरै ब्यक्तिहरुलाइ चिन्ने मौका मिल्यो । कतिपय आदरणीय सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिने महान ब्यक्तिहरुले कमाउन र खान पाउने अधिकार सबैलाइ छ, भन्ने महान सोच राखेर हामीलाइ अविस्मरणीय सहयोग गर्नु पनि भयो । यसरी सहयोग गर्नेहरुको प्रेरणा पाएपछी हामी केही गर्न सक्छौ भन्ने सोच बनाएर अगाडी बढ्ने प्रयासमा जुटेकाछौ । प्रेरणा प्रदान गर्ने अग्रजहरुको यस्तै सहयोग रहिरह्यो भने, निश्चित रुपमा चुनौतिलाइ किनारा लगाउदै हामी सफल हुनेछौ ।
-अरु केही विशेष थप सुविधाहरु पनि छन कि ?
हो निश्चित रुपमा छन, अलपत्र परेर नेपाल फर्कन नसक्ने अवस्थाका असहाय गरिबहरुका लागी दिल्ली एनसिआरमा कार्यरत स्थानिय सँघ संस्थाले आधिकारिक निवेदन सहित हामीलाई नेपाल सम्म पुर्याउनका लागी निवेदन दिएमा नेपाल सम्म निःशुल्क पुर्याउन सहयोग गर्ने मानवीय आचरणको कार्य गर्न हामी पक्कै पनी पछि हट्ने छैनौ ।
-अन्तमा राजकुमारजी नेपाली समुदायलाई केही भन्न चाहानुहुन्छ ?
हो हामी बजारमा नयाँ तरिकाले नयाँ काम लिएर आएकाछौ । हामीलाइ विशेष सहयोगीको रुपमा नेपाली जन सम्पर्क समिति गुडगाँग शाखा अध्यक्ष टिकाराम पाण्डेको अथाह सहयोग प्राप्त भएको छ । वहाँलाइ विशेष धन्यवाद दिन चाहान्छौ र हाम्रो सम्पूर्ण नेपाली समुदायसँग विनम्र निवेदन पनि छ, एक पटक सेवाको मौका दिनुहोला । सेवा नै धर्म हो, भन्ने विषयसँग हामी कटिबद्ध छौ । सेवा र सुविधाका लागी हामी पछि हट्ने छैनौ । गाडीहरुको यात्रा गर्दा सदैव समितिकै गाडीहरुमा यात्रा गर्न अनुरोध छ । अफिसका निम्न नम्बरहरु ९२०५०९१५२१, ५२२, ५२३ र ५२४ अनि हरियाणाको भिवाड़ी ०८०९४०२०२१४ र बावल ०८२२२९२५८८५ मा सम्पर्क गर्न अनुरोध गर्दछु । विशेष गरी दिल्ली एवं गुडगाँव देखि नेपाल अर्घाखाँची, बुटवल, पोखरा, गुल्मी, भालुवांग, प्यूठान, सुनौली, नारायणगढ र काठमाडौंका लागी हामीले नेपाल भारत आवागमनको ब्यवस्था गरेकाछौ । नेपालमा सम्पर्क शाखा कार्यालयको रुपमा श्रृजना होटल, मेन बजार कृष्ण नगर ९८४७५४८१७२, ९८११५९१८४०, न्यू लुम्बिनी होटल, अर्घाखाँची ९८११५९१८४० र रोल्पाली फगामी होटल भालुवांग ९८११४८८०३३ नेपालमा सम्पर्क गरी ढुक्क हुनुहोस ।
(नवगठित समितिमा अध्यक्ष राज कुमार, उपाध्यक्ष नमकान्त भुसाल, उपाध्यक्ष अनिल कुमार, कोषाध्यक्ष दधिराम घिमिरे, महासचिव बुद्धि भुसाल, सचिव केशव शर्मा र सल्लाहकार भुप नारायण पौडेल रहेका छन ।)