Similar Articles

Interviews

नेपालीहरूको इज्जतसँग गासिएको चलचित्र हो ‘बुद्ध वर्न इन नेपाल’- रमित ढुङ्गाना, नायक/निर्माता

बिराट नेपाल

नेपालीहरूको इज्जतसँग गासिएको चलचित्र हो ‘बुद्ध वर्न इन नेपाल’- रमित ढुङ्गाना, नायक/निर्माता
नेपाली चलचित्रका नायक तथा निर्माता, रमित ढुंगानासँग बिआरटी नेपाल ड्ट कमको लागि गीता अधिकारीले गर्नु भएको कुराकानीको केही अंश । 

अहिले के गर्दै हुनुहुन्छ ?
हामीले निर्माण गरेको चलचित्र ‘बुद्ध वर्न इन नेपाल’ आगमी जेठ ८ गते देखि अल नेपाल प्रदर्शनमा आउँदै छ । अहिले त्यही चलचित्रका बारेमा जानकारी गराउने उद्देश्यले विभिन्न कार्यहरू गरिरहेका छौ । त्यस्तै एनआरएनको सहयोगमा अमेरिका, क्यानडालगायतका देशहरूमा देखाउने पनि तयारी गरिरहेका छौ ।
 
कसरी सोच आयो चलचित्र ‘बुद्ध वर्न इन नेपाल’ बनाउने ?
म अमेरिकामा हुँदा बुद्धको जन्म स्थानको बारेमा गलत प्रचारप्रसार भएको पाए । धेरै जसो किताबहरूमा त बुद्ध भारतमा नै जन्मिएका हुन् भनेर पनि लेखिएको छ  à¤° त्यहाँका विद्यार्थीहरूलाई त्यही नै पढाईन्छ । यी सबै कुराहरूले मलाई भित्रैबाट पोल्यो अनि मैले सोचे यति धेरै चलचित्रमा अभिनय गरियो तर देश कोलागि केही गर्न सकिएन अव यही माध्यम हो भनेर मैले ‘बुद्ध वर्न इन नेपाल’ भन्ने एउटा इन्टरनेशनल लेभलको नेपाली चलचित्र बनाउने सोच आयो र बनाए । बुद्ध सम्बन्धी जसरी नकारात्मक हल्लाहरु रहेका छन् त्यसलाई चिर्नै पर्छ भनेर यो चलचित्र निर्माण गरेका हौ । नेपाली जहाँ भए पनि सम्पूर्ण नेपालीहरूको इज्जतसँग गासिएको चलचित्र हो यो ।

चलचित्रमा तपाईँको भूमिका ?
मैले सच्चा देश प्रेमीको भूमिका निर्वाह गरेको छु यो चलचित्रमा । नेपालका बारेमा भएका गलत प्रचार प्रसारहरुलाई, नराम्रा हल्लाहरुलाई रोक्ने प्रयास गरेको हुन्छु । चलचित्रमा एउटा अभियान नै छ जसको नेतृत्व मैले गरेको छु । अहिलेलाई यति भनौ बाँकी चलचित्र हेरेपछि थाहा भइहाल्छ नि ।

ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो चलचित्रमा अशिष्मा नकर्मी, निर शाह, मिथिला शर्मा, अनिता लामालगायतका हलिउड कलाकारहरूले पनि निकै मिहिनेत गर्नु भएको छ एउटा राम्रो नेपाली चलचित्र बनाउनका लागि । चलचित्रका गीत देखि लिएर यसको छायाँकनलगायतका सबै कुराहरू उत्कृष्ट छ ।

कतिको गाह्रो अर्थात् अप्ठायारोको सामना गर्नु प¥यो यो चलचित्र निर्माणमा ?
अन्य नेपाली चलचित्र बनाउन जस्तो सजिलो चाहिँ यो चलचित्र बनाउन भएन । नेपाल बाहिर पनि चलचित्रको छायाँकन गरिएको छ । अमेरिकामा पनि यसको छायाँकन भएको छ । अमेरिका त कहिले नेपालमा सुटिङ गर्नु परेकाले पनि अत्यन्तै कडा मिहेनत गर्नुपरेको थियो यस चलचित्रका लागि ।

तपाईँको एक खालको क्रेज थियो नेपाली चलचित्रका दर्शकमाझ केही समयको अन्तराल पछि फर्कदा चलचित्र सफल हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?
म केही समयको अन्तराल पछि पुनः नेपाली दर्शकमाझ आएको छु । मलाई आशा छ हिजोको जस्तै मलाई दर्शकहरूले साथ सहयोग दिनुहुने छ । रमित ४ वर्ष पछि नेपाली चलचित्र उद्योगमा एउटा राष्ट्रियता बोकेको चलचित्र लिएर आएको छ । मलाई लाग्छ यो भनेको मेरो लागि र समग्र देशकै लागि राम्रो कुरा हो । यो चलचित्र सफल हुनेमा म पूर्ण आशावादी छु । जहाँ जहाँ नेपाली छन् सबैका लागि हो यो चलचित्र । देशका लागि हो यो चलचित्र । असफल भन्ने त कुरै आएन होइन र ? तपाईँले व्यावसायिक सफलता तर्फ ईंगीत गर्नु भएको हो भने त्यसमा पनि सफल हुनेमा आशावादी छु । सबैभन्दा ठुलो कुरा हामीले चलचित्रमार्फत के दिन खोजेका छौ भन्ने कुरा हो । नेपाल सरकार र विश्वभरि रहेका नेपालीहरूको साथ सहयोग यो चलचित्रले पाउने छ ।

यस चलचित्रले व्यावसायिक सफलता गरेन भने अबको तपाईँको गन्तव्य ?
म केही समय बाहिर बसेर आएको भएर तपाईँले सायद यस्तो प्रश्न गर्नु भयो होला भन्ने लाग्छ मलाई । म के भन्न चाहन्छु भने मेरो कर्मथलो भनेकै नेपाल हो । चलचित्र सफल हुनेमा म ढुक्क छु किनकि मैले माथि पनि भने यो आम नेपालीसँग गासिएको चलचित्र हो । यो रमितको मात्रै नभएर सबै नेपाली को चलचित्र हो । हरेकले यो चलचित्र हेर्नुहुन्छ जस्तो मलाई लाग्छ र यो चलचित्र हेर्दा सबै नेपालीलाई आनन्द प्राप्त हुन्छ । अबको मेरो गन्तव भन्नु भयो नेपाली चलचित्र नै हो । तर, अब राम्रो प्रोजेक्टमा मात्रै काम गर्छु ।

यो क्षेत्रबाट केही समयसम्म ओझेल पर्नुको कारण ?
मेरो मन मस्तिष्कमा नेपाली चलचित्र छ । मेरो शरीरको रगतको प्रत्येक कणमा नेपाली चलचित्र छ । फेरि कसरी ओझेल ? हो केही समय चलचित्र न खेलेको हो । चलचित्र नखेल्दैमा यो क्षेत्रबाट पलायन भो भन्न चाहिँ मिलि हाल्दैन भन्छु म । केही वर्ष रेस्ट गरेको हु । फेरि आएको छु । अब भने फेरी यो क्षेत्रमा जमेरै लाग्छु ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक