Similar Articles

Interviews

म डाक्टरको डिग्री भिरेर नेपाल फर्किनेछु - डोल्मा शेर्पा

बिराट नेपाल

म डाक्टरको डिग्री भिरेर नेपाल फर्किनेछु  - डोल्मा शेर्पा
प्राय शेर्पा भन्ने बितिक्कै पर्वतारोहण, पर्यटन व्यवसाय या हिमालसंग लुकामारी गर्ने एउटा जात भन्ने बुझ्ने गरिन्छ । हुन पनि नेपाललाई विश्वमा चिनाउन अझै पनि हामी सगरमाथा र शेर्पा जातिलाई अघि सार्ने गर्दछौ । शेर्पा समुदायमा जन्मिए पनि सानै देखि विभिन्न जात जातिहरुको सामिप्यमा हुर्केकी र स्कुलमा हुने विभिन्न क्रियाकलाप आफूलाई अब्बल बनाउदै आएकी डोल्मा शेर्पा परम्परागत पेसा र सोचबाट अलग रहेर उदघोषण पेसाबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल छिन । हुन त उमेरले कच्चा तर बिचारबाट परिपक्क बनेकी एक शेर्पा चेली उनी नेपालको भुगोललाई नजिकबाट हेर्न पाएको र नेपालमा महिलाले भोग्नु परेको नियतिलाई राम्रोसँग बुझ्न पाएर खारिएको अनुभूति गरेकी छिन । डोल्मा शेर्पा अहिले उच्च शिक्षाको लागि अमेरिका आएकी छिन । सोलु सल्लेरिमा जन्मिएकी र १० कक्षा सम्मको अध्ययन उतै सकेर काठमाडौमा स्नातक गरेकी डोल्मासँग बिआरटी नेपाल ड्ट कमका लागि भुपेन्द्र महतले गरेको कुराकानीको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।  

महत: उदघोषणलाई रोज्नुको कारण ? नेपालको सन्धर्भमा यो पेसा बन्न सक्छ कि सक्दैन ?
डोल्मा: सानै देखि मलाई स्टेजमा गएर बोल्ने रहर थियो । ७-८ कक्षामा पढदा पनि म वादविवाद, निबन्ध जस्ता क्रियाकलापमा भाग लिन्थे र प्राय जसो प्रथम हुने गर्दथे । यसै बिच राजनीतिमा लाग्ने बिचार पनि नभएको होइन तर अस्वच्छ प्रतिस्पर्धा, कडा सङ्घर्ष आदिले गर्दा म यसबाट बहिरिए । शेर्पा जातिको ल्होसारमा मैले पहिलो पटक गरेको उदघोषणामा राम्रो प्रतिक्रिया आयो फलत म मा कन्फिडेन्स बढ्यो । त्यसपछि मेरो कामको उचित कदर भएर होला मैले मेला र महोत्सवमा निरन्तर उदघोषण गर्दै गए । शेर्पा नै भए पनि मेरो नेपाली भाषाको राम्रो ज्ञान, परिस्थितिलाई तुरुन्तै अबलोकन गरी त्यसलाई सदुपयोग गर्ने कला, धाराप्रबाह रूपमा बोल्ने खुबिले मलाई यो पेसामा टिकायो । विभिन्न विधाका कलाकारहरू सँगको सामिप्यता, नेपालको कुना कप्चामा जाँदा पाएको माया सदभाबले म अझ प्रभावित हुँदै गए । जहाँ सम्मको पेसाको सवाल  à¤› ,आफूलाई अब्बल साबित गर्न सके पक्कै यो पेसा बन्न सक्छ र यसबाट आकर्षक कमाइ पनि हुन सक्छ, जसको उदाहरण म स्वयम छु । 

महत: एउटा सफल कार्यक्रम सञ्चालक बन्न के कुराले साथ दिनु पर्छ ?
डोल्मा: धेरै कुरा हुन्छ, पहिले त आत्माबिश्वास चाहियो कि म दर्शकहरुलाई जस्तै परिस्थितिमा पनि सम्हाल्न सक्छु भनेर । कहिले भने अनुसार कलाकारहरू विविध कारणले कार्यक्रममा आउन सक्नु हुँदैन ,त्यसलाई म्यानेज पनि हामीले गर्नु पर्ने हुन्छ । दर्शकको मनोबललाई कदर गर्नु शाररिक हाउ भाउबाट होस् या सान्दर्बिक कुरालाई जोडेर होस, जोक गरेर होस या शेर सायरी गरेर होस दर्शकको आँखमा आँखा मिलाएर सञ्चालन  à¤—र्न भाषाको स्पस्टता त चहिने नै भो । यसको अलबा शाररिक आकर्षण, पोशाकको सही चयनले पनि विशेष भूमिका निभएको हुन्छ। 

महत: शेर्पा भन्ने बित्तिकै हिमालको सन्दर्भ जोडीन्छ,पर्यटनको सन्दर्भ जोडीन्छ तर तपाईँको चाही अन्तै सन्दर्भ जोडीयो ? कहिले तपाईँलाई फर्केर आफ्नै परम्परा र पेसामा जान मन लाग्दैन ?
डोल्मा: हुन त मेरो बुवा लगायत मेरा आफन्त पर्यटन र आरोहणमा संलग्न हुनुहुन्छ । तर मलाई भने सानै देखि केही नयाँ गर्ने रहर थियो । शेर्पा भन्ने बित्तिकै नेपाली समेत शुद्ध बोल्न नसक्ने जातिको रूपमा समाजमा चित्रण हुँदै गैरहेको अवस्थामा म भने यो विधामा आकर्षित  à¤¹à¥à¤à¤¦à¥ˆ गए । हो शेर्पा जनजातिले नेपाललाई विश्व समुदायमा चिनाउन सहयोग गरी रहेका छन् यस्को अर्थ सबै शेर्पाले त्यही पेसा अपनाउनु पर्छ भन्ने पनि छैन ,कति शेर्पाहरु सफल व्यवसायी  à¤¬à¤¨à¥‡à¤•à¥‹ दृस्टान्त हामी सामु छ जस्को उदाहरण शायद कोलोराडोमा पनि देख्न पाउनु भएको होला कति जना डाक्टर पाइलट पनि नभएका  à¤¹à¥ˆà¤¨à¤¨à¥ । मलाई केही भिन्न गर्नु छ देशको  à¤²à¤¾à¤—ि ,मेरो आफ्नो प्यासनको लागि । त्यसैले म अध्ध्यनको शिल्शिलामा अमेरिका आएको छु ।
 
महत: उदघोषणमा सफल भए पछि टेलिभिजन वा मिडियामा छाउने रहर जागेन कि अफर आएन ?
डोल्मा: होइन अफर आको हो तर समयको कारण तथा मेरो रुचि अलि बेग्लै भएकोले त्यता मन गएन । राम्रो सँग कमाइ पनि हुने र प्रतक्ष्य दर्शकहरु सामु जान पाइने भएकोले मलाई यही कामले निरन्तर खिची रह्यो । नेपालका कुना कप्चामा जाँदा पाएको अाफन्त्व र न्यानो माया अझै मेरो छाती भरी छ । यसको साथै नेपालका नारीहरूले भोग्नु परेका पिडाले मलाई मैले नजिक बाट देखेकी छु , उनीहरूको लागि केही गर्ने सपना पनि छ । मेला र महत्सबमा दाउराको भारी बेचेर मनोरन्जन लिन आउने आमाहरूको दु:ख पनि मैले देखेकी छु । त्यसैले म यही पेसामा निरन्तर लागे ।
 
महत: अनि अहिले अमेरिकामा किन त ? त्यो क्षण र यादले तपाईँलाई कति सताउछ ?
डोल्मा: म यहाँ उच्च शिक्षा हासिल गर्न आएकी हुँँ । म ५ वर्ष जति कडा मिहनेत गर्ने छु अनि फेरि म मेरा प्यारा दर्शक र श्रोताको भिडमा अझ परिस्कृत भएर जानेछु । हुन सक्छ त्यस बेला म यो क्षत्र भन्दा अझ बहिर निस्केर महिला सशक्तिकरणको अभियानता हुन सक्ने छु । मलाई मोटिभेसनल स्पिकर बनेर केही समाज परिवर्तन गर्ने धोको छ । अझ बाल शिक्षा र महिला हक र अधिकारको लागि केही गर्ने भित्री इच्चा छ । मलाई मेरो नाम अघि डा.थप्ने धोको छ ।
 
महत: भनिन्छ नि अमेरिका छिर्न गार्हो छ र छिरे पछि निस्कन झन् गार्हो हुन्छ ? तपाईँ पनि यतै हराउनु भो भने ?
डोल्मा: भोलिको कुरा कसले देखेको हुन्छ र ? समय र परिस्थितिले मान्छेलाई नसोचेको बाटोमा पनि हिडाउन सक्छ ,त्यसैले म ठोकुवा गर्न चाँही सक्दिन तर म नेपाल फर्केर मेरो प्रतिबदतालाई पुरा गर्ने कोसिसमा हुने छु । ५ वर्षको अमेरिकाको अध्ययन पछि म नेपालमै हुनेछु । डाक्टरको डिग्री भिरेर नेपाल फर्कन्छु

महत: तपाईँ यस अलवा संगितिक बजारमा पनि प्रवेश गर्दै हुनु हुन्छ ? यसमा पनि निरन्तरता हुन्छ कि शौखको लागि मात्र हुने छ ? सङ्गीतको शिक्षा लिनु छ कि ?
डोल्मा: सानै देखि मेरो अर्को शौख गुनगुनाउन पनि थियो तेसैले एउटा गीत पनि गाए जुन गीत धेरै श्रोताले रुचाउनु पनि भो । खास गरी मैले सङ्गीतको प्रारम्भिक शिक्षा मात्र लिएकी छु।तर पनि मलाई यस क्षेत्रमा खास लगाव छ , म शौख पुरा गर्नै भए पनि आफ्ना रचनालाई बहिर लेराउने प्रयासमा हुने छु ।

महत: अन्तमा केही भन्न्नु छ जुन मैले नसोधेको छ ?
डोल्मा: मलाई स्थान दिनु भएकोमा बिआरटि नेपाललाई धन्यवाद ,अमेरिकामा आएकी छु तपाईँहरू साथ र मायाको अपेक्षा रखेकी छु । धन्यवाद !


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक