Similar Articles

Interviews

के म तिम्रो होइन र चलचित्रका नायक आर्यन अधिकारीसंग गीता अधिकारीले गर्नु भएको कुराकानी

बिराट नेपाल

के म तिम्रो होइन र चलचित्रका नायक आर्यन अधिकारीसंग गीता अधिकारीले गर्नु भएको कुराकानी
पछिल्लो समयमा केमा व्यस्त हुनुहुन्छ ?
मैले अभिनय गरेको चलचित्र ‘के म तिम्रो होइन र’ यही महिनाको ३१ गतेदेखि प्रदर्शनमा आउँदै छ, यतिवेला त्यही चलचित्रका बारेमा जानकारी गराउने उद्देश्यले हुने कार्यक्रमहरूमा आफूलाई संलग्न गराउँदै आएको छु । त्यस्तै नुवकोट, नारायणघाट, नवलपरासी, चितवनलगायतका विभिन्न ठाउँहरूमा भएका कार्यक्रमहरूमा सहभागी भएर आए निक्कै उत्साहित भएको छु ती कार्यक्रमका प्रतिक्रियाहरुले । र अन्य कार्यक्रमहरू पनि तय भइरहेका छन् । यस्तै यस्तैमा व्यस्त छु भन्नु पर्ला ।

चलचित्रको प्रदर्शन मिति नजिक आउँदै छ कतिको एक्साइटेड हुनुहुन्छ ?
एकदमै एक्साइटेड छु म । वैशाख ३१ कहिले आउला जस्तो लागिरहेको छ । राम्रो काम गरेको छु । मिहिनेत गरेको छु । म एउटा सिनेमामा मात्र अनुहार देखाउन आएको होइन यो क्षेत्रमा । चलचित्रको प्रोमो र गीतहरुलाई यतिवेला निक्कै मनपराइएको छ । खुसी लागेको छ ।

चलचित्रमा तपाईँको भूमिका ?
३१ वैशाख देखि सिनेमाघरहरुमा चलचित्र आए पछि मेरो भूमिका थाह नै हुनेछ । अहिलेलाई यति भनौ लबर ब्याइ, रिसाहको भूमिकामा देखापरेको छु । फाइट म्यानको भूमिका देखिएको छु । बाँकी चललचित्र रिलिज भए पछि ।

कस्तो बनेको छ के म तिम्रो होइन र ?
म त भन्छु एकदमै राम्रो नेपाली चलचित्र बनेको छ के म तिम्रो होइन र ? चलचित्रका सबै कलकारहरु देखि लिएर सम्पूर्ण टिमले निकै मिहिनेत गर्नु भएको छ एउटा राम्रो चलचित्र बनाउनका लागि । चलचित्रकी नायिका मरिष्काको अभिनय पनि लोभ लाग्दो छ । मरिष्कासँग मेरो क्यामेष्ट्री पनि मिलेको जस्तो लाग्छ । दर्शकले रुचाउनु भएको छ ।

अधिकारी ब्रदर्स पिक्चर्सको सहकार्य रहेको यो चलचित्रलाई सुरेश अधिकारीले निर्माण गर्नु भएको हो । सञ्जिव भट्ट र सुनिल अधिकारी चलचित्रका निर्माता हुनुहुन्छ । चलचित्रमा ३ वटा गीत रहेका छन् । चलचित्रमा म र मरिष्कासँगै प्रज्वल सुजल गिरी, सुरेन बसेल, रमेश अधिकारी, विनोद केसी, गौरी मल्ल, मिथिला शर्मा लगायतका कलाकारहरू हुनुहुन्छ । सबैको मिहिनेत आगामी ३१ बाट सिनेमाघरहरुमा देखिने छ । त्यस्तै चलचित्रमा वसन्त सापकोटा र ताराप्रकाश लिम्बुको सङ्गीत, नवराजकृष्ण थापाको छायाँकन, आकाश अधिकारीको कथा, यम थापाको पटकथा तथा संवाद, वसन्त श्रेष्ठ र रेनेशा वान्तवा राईको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र अर्जुन जिसी र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । सबैको मिहिनेतबाट एउटा राम्रो नेपाली चलचित्र बनेको दाबी गर्छु ।

तपाईँको पहिलो चलचित्र पारिवारिक भयो नि ?
निर्देशक आकाश अधिकारी मेरो अंकल र निर्माता सुरेश अधिकारी दाइ भएकै कारणले मैले यो चलचित्रमा काम पाएको होइन म उहाँहरूको स्क्रिप्टमा फिट भएर काम गरेको हुँ । तर पनि के हो भने बाहिरकोसँग भन्दा पारिवारसँग काम गर्दा सजिलो भने पक्कै हुन्छ ।

ढिलो आए जस्तो लाग्दैन यो क्षेत्रमा ?
त्यस्तो होइन । तर, पनि म २ वर्ष अगाडि नै यो क्षेत्रमा आउन चाहन्थेँ । पछि मलाई केही हतार हुन्छ जस्तो लाग्यो । आफू पनि तयार भएको छैन जस्तो महसुस भयो । चलचित्र सम्बन्धी केही अध्ययन गर्न जरुरी छ जस्तो लागेर केही वर्ष ढिला गरेँको हुँ ।

चलचित्रको सार्वजनिक भएको लुक्सलाई लिएर बलिउड अभिनेता टाइगर श्राफसँग तपाईँको तुलना गरिदै छ नि ?
पहिलो कुरा सम्भावना बोकेको नायक भनेर मेरो चर्चा हुँदा खुसी लाग्छ । त्यसै अनुसार प्रतिक्रिया पाउँदा खुसी न हुने कुरै भएन । तर कसैसँग तुलना गर्दा राम्रो लाग्दैन । श्राफसँग मेरो शरीर मिल्छ होला तर मलाई त्यस्तो लाग्दैन । म आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छु कसै सँग तुलना भन्दा पनि । टाइगर श्राफ र मेरो ज्यान उस्तै भएर पनि जोडिएको होला । मलाई पनि सामाजिक सञ्जालमा यो कुरा नआएको होइन । तर, यो राम्रो हो जस्तो लाग्दैन । कसैसँग तुलना हुनु, कसैको नामसँग जोडिनु त्यति राम्रो होइन । तर, जोडिन्छ नै भने त मैले पनि के भन्न सक्छु र ।

कसरी बनाउनु भयो यस्तो शरीर ?
शरीर बनाउनु भनेको तपस्या गर्नु जस्तै हो । जीम मात्र गएर शरीर बन्दैन । खानेकुरामा पनि विशेष ध्यान दिनुपर्छ । शरीर बनाउने समयमा कुनै पेय पदार्थ खादा पनि सोच्नुपर्ने हुन्छ । ५–६ महिना त मैले नुन कम खाए, चिल्लो खानेकुरा हेर्दै हेरिन । खानाहरुलाई अरू कुराले रिप्लेस गरे । चलचित्रकै लागि मैले ६ महिना पूर्ण रूपमा वर्कआउट गरेको थिएँ ।

अब तपाईँको रोजाई कस्तो चलचित्र हुनेछन् । एक्सनमै जम्नुहुन्छ कि अरू ?
यो क्षेत्रमा चल्नका लागि मानिसले कुनै न कुनै धारलाई समात्नुपर्छ । अहिले त म एक्सन मुभी नै गर्न चाहन्छु । तर, सधैँ एक्सन नै गर्नुपर्छ भन्ने पनि छैन । अहिले चलचित्रको कुरा त भइरहेको छ तर कुनै सम्झौता भइसकेको छैन ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक