Similar Articles

Interviews

समृद्ध नेपालको सपना, प्रवासी नेपालीको चाहना श्रृङ्खला -५ माधवी बस्नेत कार्कीसंगको कुराकानी

बिराट नेपाल

समृद्ध नेपालको सपना, प्रवासी नेपालीको चाहना श्रृङ्खला -५  माधवी बस्नेत कार्कीसंगको कुराकानी
अमेरिकाका विभिन्न व्यक्तिहरूको अनुभव,सीप र क्षमतालाई मातृभूमिको समृद्धिका लागि कसरी उपयोग गर्ने विषयमा केन्द्रित रहेर सुरु गरिएको समृद्ध नेपालको सपना प्रवासी नेपालीको चाहना स्तम्भमा पाँचौ श्रृङ्खलाका लागि माधवी बस्नेत कार्कीलाई निम्त्याएका छौँ । 

माधवी बस्नेत कार्की करिब २० वर्ष देखि अमेरिकी भूमिमा विभिन्न संघसंस्थामा आवद्ध रहेर काम गर्दे आउनु भएकी छ । कार्की हाल भर्जिनियामा रहेको भर्टर्नेट कलेजको डीनको रूपमा काम गर्दे आउनु भएकी छ । उहाँ पाठयक्रम निर्माण, शैक्षिक गुणस्तर कायम राख्न नीतिगत रूपमा समन्वय गर्नुपर्ने दायित्वमा रहनुभएकी छ । अमेरिकामा कानुनी क्षेत्रमा समेत क्रियाशील रहनु भएकी बस्नेत महिला अधिकारको क्षेत्रमा क्रियाशील रहनु भएको छ । 

आफ्नो प्रवासको अनुभवका बारेमा बस्नेत को धारणा रहेको छ, "नेपालमा रहेका हितैषीसँग कुरा गर्दा बाहिर बसेर आएका समाचार र सामाजिक सञ्जालको आधारमा विदेशमा वस्नेहरुले वढाईचढाई धारणा बनाइएको भनेता पनि कता कता देश अलि असहज परिस्थितिमा गुज्रिएको उहाँको ठम्याई रहेको छ । "

यसैले समृद्ध नेपालको सपना पुरा गर्न धेरै चुनौती र कम सम्भावना रहेको बस्नेत वताउनुहुन्छ । यसै सेरोफेरोमा रहेर बस्नेतसँग मधुकर अधिकारीले गर्नु भएको कुराकानीको सम्पादित अंशहरु : 

तपाईँले प्रवासी जीवन विताउनुभएको कति भयो ? 
मैले प्रवासी जीवन बिताउन थालेको करिब २० वर्ष भयो । 

तपाईँ कानुनको जानकार हुनुहुन्छ, नेपालको पछिल्ला घटनाक्रम कसरी हेर्नु भएको छ
हेर्नोस ,कानुन वा नियम भन्नुहोस,त्यो मानिसलाई अनुशासित बनाउने एउटा महत्त्वपूर्ण साधन हो । यो जति नै राम्रो भएतापनि कार्यान्वयनमा गएन या मानिसले आत्मसात गरेनन भने त्यसको उपादियता रहन्न ।मैले पछिल्ला दशकहरूमा नेपालको गतिविधि सक्ष्म रूपले हेर्दे आएकी छु ,त्यसबाट मलाई नेपालका घटनाक्रमहरू हेर्दा जुन क्षेत्रमा पनि एउटा समूह अर्थात् भीडले निर्णय गरेको जस्तो लाग्छ । जुन कानुनी राजको अवधारणा विपरीत हो । 
अर्को कुरा,हामी पार्टीको झण्डा वोक्ने भयौँ,तर देशको झण्डा वोक्ने हुन सकेनौं । यो विडम्बनाको विषय हो । मानिसहरू बोल्न र लेख्न सक्षम भएका छन्, तर देशको हरेक तप्काका मानिसहरू सानो विषयमा अल्झिएर महत्त्वपूर्ण समय खेर गएको हो की भन्ने अनुभूति गरेकी छु । 

उसो भए तपाईँ नागरिकहरुमा नै समस्या देख्नुहुन्छ ?
हेर्नोस, अमेरिकी राष्ट्रपति जोन अफ केनडीले भने जस्तै तिम्रा लागि देशले के दियो भनेर नसोध, मेरो दायित्व के हो भनेर सोच । यो अति नै महत्त्वपूर्ण कुरा छ । राम्रो कुरालाई राम्रो र गलतलाई गलत भन्नु भन्दा मेरो पार्टी,मेरो सङ्गठन भनेर गलतलाई सही भन्ने जुन प्रवृत्ति  à¤› ,त्यसले देशलाई अगाडि वढाउँदैंन् । तसर्थ नागरिकले जानेका छन्, बुझेका छन् ,देश विदेश घुमेका छन् ,विश्वका महत्त्वपूर्ण विश्वविद्यालयमा पढेका छन् । तर ,नेपालमा नीति नियम वनाउदा या काम गर्दा किन भीडको पछि लाग्छन भन्ने महसुस हुन्छ । 

नेपालमा विगत पच्चिस वर्षमा पटक पटकको राजनीतिक परिवर्तन पछि अव समृद्धिको बाटोमा लाग्ने सोच आएको देखिन्छ, तपाईँलाई के लाग्छ ?  
समृद्धि भनेको रातारात हुने विषय होइन,तर एउटा सानो देश नेपाल अनि त्यहाँका नागरिकलाई पर्याप्त हुने प्राकृतिक सम्पदा अनि नेपाललाई माया गर्ने र आर्थिक,नैतिक सबै तरिकाले सहयोग गर्ने हात यी सबै हुँदा हुँदै पनि एउटै विषयमा रुमल्लिएको जस्तो देखेको छु ।यसले समृद्धिको गोरेटो कोर्न किमार्थ सक्तैन् । म एउटा उदाहरण दिन चाहन्छु , जस्तो सन् १९९० मा हामी मानवअधिकार र न्यायका लागि जुन विषय उठाउथ्यौं,अहिले पनि त्यही देख्छु । त्यस्तै विकासमा पनि एउटा आउँदा एउटा गर्ने, अर्को आउँदा अर्को सोचाईले गर्दा जनता दिक्क भएका छन् । जनताको जीवनमा परिवर्तन ल्याउने विषय हो भने, मेरो भन्ने भावनावाट माथि उठनुपर्छ र राम्रा अवधारणालाई ग्रहण गरेर अगाडि वढनुपर्छ । तर सरकारमा वस्नेहरुमा नै त्यस्तो देखिदैंन अनि कसरी समृद्धि हासिल होला ?
 
तपाईँलाई के लाग्छ, नेपाल आगामी पन्ध्र वर्षमा समृद्ध देश बन्न सक्छ ?
त्यो सम्भावना म कम देख्छु,किनकि हामीले विगत २५ वर्षमा जुन राजनीतिक अभ्यास गरेका छौँ,त्यसले सरकारको स्थायित्वमा जोड दिएन् । जब सरकार नै स्थायी भएन भने त्यसले लगानी गर्ने लगानीकर्ताहरुलाई हतोत्साही बनाउँछ । जुन नेपालमा देखिएको छ । जलविद्युतको क्षेत्रमा लगानी गर्ने भन्छन् । तर, त्यसको लागि काम गर्ने वातावरण बनाउनु परयो नि । त्यसैले मैले माथि नै भनेको " रुल अफ ल" अर्थात् कानुनी राज्य हुनुपरयो । गलत गर्नेलाई कारबाही गर्नुपरयो । अर्को ,हामीहरूको व्यवस्थापन क्षमता पनि कमजोर भयो, त्यत्रो भूकम्प गएपछि  à¤†à¤à¤•à¥‹ राहत त व्यवस्थित गरेर वितरण गर्न चुकेको अवस्थाबाट हामी गुज्रिएका छौँ । त्यसैले ,समृद्धिको सपना देख्न सकिन्छ तर यो पूरा हुन निकै वर्ष लाग्छ । 

त्यसो हो भने समस्या समाधानको उपाय के होला त ? 
खासमा समस्या समाधानको उपाय भनेको पहिलो कानुनी शासन हुनुपरयो, मेरो र तेरो , मेरो गुट र उसको गुट हुनुभएन् । दोस्रो ,सक्षम व्यक्तिहरूलाई एउटा टीम वर्कमा काम गर्ने मौका दिनुपरयो । तेस्रो, अनुशासनमा बसेर हरेक तप्का र समूहका व्यक्तिले आफ्नो भूमिकामा काम गर्नु परयो । अझै पनि नेपालमा देखिएको सामाजिक विकृतिहरु चाहे त्यो महिला हिंसा होस, चाहे मानव अधिकारको विषय नै किन नहोस् त्यसलाई एउटा निर्मूल गर्ने सोचमा जानु परयो भन्ने मेरो सुझाव छ ।  

प्रवासमा भएकाहरुले नेपाललाई वास्ता नगरेको पलायवादी जस्ता टिप्पणी आएको देखिन्छ, तपाईँलाई के लाग्छ ? 
हामी प्रवासी भूमिमा वस्नेहरु एक जुट भएर एउटा सन्देश दिन असफल भएका हौँ । तर ,हामी सहयोगी बनेको उदाहरण त गत वर्ष भूकम्प जाँदा सबै नेपालीले सहयोगी भावना अगाडि वढाएर देखाईसकेका छौँ । वास्तवमा विदेशमा वसेकाहरुलाई एउटा संयन्त्र मार्फत उनीहरूको सीप ज्ञानलाई उपयोग गर्ने काम भएको छैंन् , यसको लागि सरकारले केही सोच बनाएको खण्डमा यस्ता टिप्पणीहरु कम हुँदै जान्छन् । 

अन्तिममा तपाईँले नेपालमा गर्न खोज्नु भएको कुनै सोच छ ?
खासमा मलाई नेपालको शिक्षा क्षेत्रमा केही गर्न सकिन्छ कि भन्ने लागेको छ । घर घरमा बोर्डिङ्ग स्कुलको अवधारणालाई परिवर्तन गर्नुपर्ने छ । साथै एसएलसि पछि को शिक्षालाई बढी व्यवहारिक वनाउनका लागि शिक्षाको पाठयक्रमलाई परिवर्तन गर्नुपर्छ भन्ने लागेको छ । तसर्थ यसमा केही गर्न सकिन्छ की भन्ने सोचमा रहेकी छु । 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक