Similar Articles

हिलारी क्लिन्टन तथा डोनाल्ड ट्रंपको शानदार जित

बिराट नेपाल

विजय थापा ,वाशिंगटन डिसी
गत मार्च १५ तारिखमा भएको अमेरिकन राष्ट्रपतिको प्राथमिक निर्वाचन महा मङ्गलवार तृतीय (सुपर टुइजडे थर्ड) तृतीयको निर्वाचनमा डेमोक्रेटिक `दल कि सशक्त उम्मेदवार हिलारी क्लिन्टनले ५ वटा राज्यहरूमा भएको निर्वाचनमा डेमोक्रेटिकका प्रतिद्वन्दी बर्नी स्याँडर्सलाई ५ वटा राज्यमा हराएकी छिन् l उनले भर्खरै भएको फ्लोरिडा राज्यमा ६४.५ प्रतिशत मतले विजयीको बिकुल फुकेकी छिन् भने नर्थ क्यारोलिनामा पनि ५४. ७ प्रतिशत मतले 
विजयी हासिलले गरेकी छिन् l

यस्तै गरी उनले ओहायोमा भएको निर्वाचनमा पनि ५६.२ प्रतिशत मत हासिल गरी डेमोक्रेटिक दलको तर्फ बाट आफू आगामी नोवेम्बरमा हुने निर्वाचनमा उम्मेदवार बन्ने अवसर प्राप्त गर्ने सम्भावना बनाएकी छिन् à¥¤ 

यसै गरी उनको आफ्नो क्षेत्र इलिनोइज (सिकागो )मा ५०.५ मा प्रतिशत मत प्राप्त गरी शानदार विजयी हासिल गरेकी छिन् भने मिजौरीमा पनि ४९.६ प्रतिशत मत प्राप्त गरी ५ वटै राज्यबाट जित हासिल गरेकी छिन् l मिजौरिमा अत्यधिक प्रतिस्पर्धा भएको छ भने झिनो मतले क्लिन्टनले जितेकी छिन् l अमेरिकामा अहिले सम्म कोही पनि महिला उम्मेदवार राष्ट्रपतिमा जित्न सकेका छैनन् l पहिलो चरण मै अधिकांश रूपमा महिला बाहिरिन्छ l

यसै गरी रि पब्लिकनका डोनाल्ड ट्रंपले फ्लोरिडा, नर्थ क्यारोलिना, इलोनिएस, मिजौरीमा विजयी हासिल गरेका छन् भने ओहायोमा जन केसिचले जितेका छन् l उनको हातमा ६ सय ४० डेलिगेट छन् भने उनले दलमा आफ्नो नाम मनोनयन गर्न १ हजार २ सय ३७ ल्याउनु पर्छ भने क्लिन्टनले आफ्नो उम्मेदवारीमा मनोनय गर्न २ हजर ३ सय ८३ डेलिगेट प्राप्त गर्नु पर्छ l

मार्च १५ तारिखमा भएको निर्वाचनमा डेमोक्रेटिक दलमा सबै ५ राज्यहरूमा मतदाताको सहभागितामा ठुलो हर्ष भएको छ भने रिपब्लिकन दलमा उत्साहजनक वृद्धि देखिएको छ l हिजो पाँच राज्यको विजयी सँगै क्लिन्टनको पक्षमा १ हजार ५ सय ६८ डेलिगेट प्राप्त गरेकी छिन् भने बर्नी सँग ७ सय ९७ डेलिगेट छन् l

हिलारी क्लिन्टन पहिला रिपब्लिकन समूहमा काम गरेकी तर १९६८ मा मार्टिन लुथर किङ्ग जुनिएरको भाषण सुने पछि डेमोक्रेटिक बनेकी थिन l उनले बेन्गाजी आक्रमणको आफूले जिम्मा लिने र आफू उत्तरदायी छु भनी ११ घण्टा सम्म संसदमा सवालको जवाफ दिएकी थिइन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक