वीआरटी नेपाल संवाददाता ।
फ्रान्सको दक्षिणमा रहेको नाइस सहरमा 'वास्टिले डे ’ मनाइरहेका मानिसहरू माथि आज ट्रक दौडदा ७७ को ज्यान गएको छ भने एक सय भन्दा बढी घाइते भएका छन् । टेलिभिजनहरुले मानिसहरूको सब र घाइतेहरुको दर्दनाक अवस्थाको समाचार दिइरहेका छन् । स्थानीय मानिसहरू दिवस मनाउन जम्मा भएका ठाउँमा ट्रक दौडदा भागदौड मच्चिएको थियो । ट्रकले किचिर घटनास्थलमा मर्नेको सङ्ख्या ७०को हाराहारीमा भएता पनि उचारका क्रममा थप ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । एकसय भन्दा बढी घाइतेलाई अस्पताल पुर्याइएको छ ।
प्रहरीले सो ट्रकलाई नियन्त्रणमा लिन गोलावारी गरेको थियो । प्रहरीको गोली लागेर ड्राइभरको मृत्यु भएको छ । प्रहरीले ट्रकवाट प्रहरी तफै गोली प्रहार गरिएको जनाएको छ । घटनामा आतंककारिको हात रहेको हुनसक्ने अनुमान गरिएको छ । एक वर्ष अघि पनि फ्रन्समा आतंककारिहरुले आक्रमण गरेका थिए । त्यस पछि आतंककारी गतिविधि विरुद्ध कडा रूपमा प्रस्तुत भएको फ्रन्समा यो घटनाले थप सन्त्रास फैलिएको छ । यो घटनालाई आतंककारीहरुको निकृष्ट हर्कत भन्दै अमेरिकाले खेद व्यक्त गरेको छ ।