अमेरिका । डेमोक्र्याटिक पार्टीकातर्फ अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनको लागि उम्मेदवार घोषित हिलारी क्लिन्टनलाई अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामाले पूर्णरुपमा समर्थन गरेका छन् ।
डेमोक्र्याटिक पार्टीको अधिवेशनको क्रममा ओबामाले अमेरिकामा अब हुन गइरहेको अमेरिकी राष्ट्रपति पदका उम्मेदवार हिलारी जति सही व्यक्ति अरू नभएको दाबी गरेका छन् ।
अमेरिकाको इतिहासमा डेमोक्र्याटिक पार्टीको तर्फबाट पहिलो महिला राष्ट्रपतिको उम्मेदवारीका नयाँ इतिहास रच्न सफल हिलारीलाई बधाई दिदैैं ओबामाले विगतमा हिलारीले अमेरिकाको लागि दिएको योगदानको प्रशंसा गरेका थिए । एजेन्सी