काबुल,साउन ८
अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको आत्मघाती आक्रमणमा ६१ जनाको ज्यान गएको छ भने २ सय जना घाइते भएका छन् । हजारा समुदायका मानिसहरुले विरोध प्रदर्शन गरिएको स्थानमा आक्रमण हुँदा ठुलो संख्यामा मानिसहरुको ज्यान जानुका साथै घाईते भएका हुन् ।
विद्युत लाइनको रुट परिवर्तन गर्न माग गर्दै बिरोधमा उत्रीएको हजारा अल्पसंख्यक समुदायमाथी भएको आक्रमणको जिम्मा इस्लामिक स्टेट आइएसले लिएको छ ।
तुर्किमिनिस्तानबाट काबुल ल्याउन लागेको ५ सय किलो भोल्टको ट्रान्समिसन लाइन बामयान र वारडक प्रान्त भएर ल्याउन नहुने भन्दै हजारा समुदायले प्रदर्शन गरिरहेको स्थानमा आत्मघाती विस्फोट भएको बिबिसीले जनाएको छ ।