Similar Articles

सुशीला आर्टस् एकेडेमीले बेस्ट डान्सर नेपालको आयोजना गर्दै

बिराट नेपाल

काठमाडौँ— नृत्यमा पारंगत युवा–युवतीहरुलाई खुसीको खबर । सुशीला आर्टस् एकेडेमीले नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्न चाहाने नेपाली युवा–युवतीहरुलाई लक्षित गर्दै ‘बेस्ट डान्सर नेपाल–२०१६’ शीर्षकको नृत्यमा आधारित राष्ट्रियव्यापी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । बिहीबार रुसी सांस्कृतिक केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा एकेडेमीकी संस्थापक युलिया कोइरालाले ‘बेस्ट डान्सर नेपाल’ को दोस्रो संस्करणको औपचारिक थालनी भएको घोषणा गरेकी हुन् । एकेडेमीले थेम्स ईन्टरनेशनल कलेजको सहकार्यमा यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
‘सुशीला आर्ट्स एकेडेमीको स्थापना नेपाली कलाकारहरुलाई सहयोग पुर्याउदै समग्रताको जगमा शिक्षाको माध्यमबाट कलाको प्रवद्र्धन गर्ने उदेश्यले भएके हो, एकेडेमीकी संस्थापक कोइरालाले भनिन्—‘सङ्गीत, नृत्य, अभिनय लगायत सबै क्षेत्रका कलाकारलाई प्रोत्साहित गर्दै उहा“हरू कलाकार मात्र नभई प्रतिभा, चरित्र विकास, व्यवसायिकता आदिको माध्यमबाट नेपाली कलाको अगुवा पनि भई अन्तर्राष्ट्रिय स्तरमै नेपाली कलाको लागि योगदान पुर्‍याउन सक्नु हुनेछ भन्ने हाम्रो उदेश्य हो ।’ कोइरालाले ‘बेस्ट डान्सर नेपाल–२०१६’ को उदेश्य पनि कला प्रवद्र्धन गर्नु मात्र नभई कलाकारको प्रतिभा र क्ष्ँमताको विकास गर्नु पनि भएको स्पष्ट पारिन् ।


चार चरणमा विभाजन गरिएको यो प्रतियोगिताको पहिलो चरण असोज १ गतेदेखि प्रँरम्भ हुनेछ । आवेदन फाराम भरेर प्रतिस्पर्धामा सहभागिता जनाउने प्रतिस्पर्धीहरुबीच पहिलो चरणका प्रतिस्पर्धा गराइने छ । पहिलो चरणको प्रतिस्पर्धाबाट उत्कृष्ट ४० जना प्रतियोगि छनोट गरिनेछ । पहिलो चरणबाट छनोट भएका प्रतिस्पर्धिहरु असोज २ गते दोस्रो चरणमा सहभागी हुनेछन् । दोस्रो चरणको प्रतिस्पर्धाबाट उत्कृष्ट २० को छनोट गरिनेछ । उनीहरुबीच असोज १५ गते हुने तेस्रो चरणबाट फाइनल चरणका लागि उत्कृष्ट १० को छनोट गरिनेछ । उत्कृष्ट १० प्रतिस्पर्धीहरुबीच उपाधिका लागि मङ्सिर २२ गते ग्रँन्ड फिनाले सञ्चालन गरिनेछ ।

प्रतियोगिताका विजेतालाई नगद ५० हजार रुपैया“ प्रदान गरिनेछ । सुशीला आर्ट्स एकेडेमीको तर्फबाट २५ हजार तथा निर्देश्ँक आकाश अधिकारीको स्काइ मुभिजको तर्फबाट २५ हजार गरी विजेताले नगद ५० हजार रुपैया“ पाउनेछन् । प्रतियोगितामा दोस्रो हुने विजेताले नगद १५ हजार रुपैया“, तेस्रो हुनेले नगद ७ हजार रुपैया“, चौथो हुनेले नगद तीन हजार रुपैया“, पा“चौं हुनेले दुई हजार रुपैया“ तथा छैठौं, सातौँ तथा आठौँ स्थान हासिल गर्ने प्रतिस्पर्धीले नगद एक–एक हजार रुपैया“ पाउनेछन् ।

प्रतियोगिताका निर्णायकमा मिस नेपाल २०१४ सुविन लिम्बु, चलचित्र निर्देश्ँक आकाश अधिकारी,  यूलिया कोइराला, एलिजे बियानिक रहने छन् । पत्रकारमा सम्मेलनमा उपस्थित मिस नेपाल सुविन लिम्बुले नेपाली नृत्यांगनालाई यस्तो प्रतियोगिताले राम्रो प्लेटफार्म प्रदान गर्ने धारणा राखिन् । चलचित्र निर्देश्ँक आकाश अधिकारीले पनि नृत्य प्रतियोगिता आयोजना गरेर सुशीला आर्टस् एकेडेमीले चलचित्र क्षेत्रले गर्नु पर्ने कार्य गरिरहेको बताए ।

प्रतियोगितामा छनोट हुने प्रतिस्पर्धिहरुलाई रोयल ब्याली, बेलायतकी एलिजे बियानिकले प्रशिक्षण दिनेछिन् । पत्रकारहरुसंग कुराकानी गर्दै एलिजे नेपाली युवा–युवतीहरुको नृत्य कौशलको प्रशंसा गरेकी  थिइन् । अघिल्लो वर्ष सम्पन्न प्रतियोगिताको पहिलो संस्करणका विजेता जेनिशा डंगोल तथा दोस्रो स्थान हासिल गर्न सफल सुम्निमा साङपाङले सुशीला आर्ट्स एकेडेमीले कलाकारहरुलाई राम्रो अवसर दिएको बताए ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक