पिआर इन्टरटेन्ट्मेन्ट्को प्रस्तुतिमा गायिका नित्याशिवा को तिज गित हातैमा रातो चुरा छन छन रिलिज भएको छ । तिजको गीतको भेल आएको यो बेलामा केहि फरक गित, संगीत को प्रस्तुती सहित यो गित बजारमा आएको छ।
टिबि अधिकारी को गित शंकर अधिकारी घायलको संगीत पुस्कर सुनुवारको एरेन्ज अनि नित्याशिवाको आवाज रहेको यो गितमा राधिका रसाइली र अनिता बराइली को अभिनय रहेको छ भने यो भिडियो लाइ प्रदिप रसाइली ले निर्देशन गरेका छन ।
बासु न्यौपाने को छायांकन अनि प्रदिप दहालको सम्पादन रहेको यो भिडियो लाइ पिआर इन्टरटेन्ट्नेन्ट ले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ।