काठमाडौं २३ साउन
२२ बर्षदेखी रोक्कीएको टेलीसिरीयल ट्वाक्क टुक्क फेरी निरन्तर प्रसारणमा आउने भएको छ । लामो समयको अन्तराल पछि आउन लागेको टेलिसिरियल ट्वाक्क टुक्क यो पटक भने ट्वाक्क टुक्क RETURNS को नामबाट टेलिभिजनमा प्रसारण हुने भएको छ ।
आवाजको दुनियाको साथी नामबाट चिनिने दिनेश डिसीले २२ बर्ष पहिले निर्देशन गरेको ट्वाक्क टुक्क त्यो समयको अत्यन्त लोकप्रीय धाराबाहिक श्रृखला थियो । अहिलेका चर्चित हाँस्य कलाकारहरु कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, दमन रूपाखेति,गोपाल नेपाल फिस्टे, नारद खतिवडा, नारायण त्रिपाठी, रबी लामीछाने, महादेब त्रिपाठी, राजन घिमीरे लगायतका कलाकारहरु यहि कार्यक्र्रमका उत्पादन हुन् ।
ट्वाक्क टुक्क फेरी निरन्तर टेलिभिजनबाट प्रसारण भएसंगै यसमा काम गर्ने नयाँ कलाकारको खोजी पनि ट्वाक्क टुक्क रिर्टन युनिटले गरेको छ । जसमा यसपटक जोक्सलाई पनि प्राथमिकतामा राखिएको छ । उत्कृष्ट चुट्कीला पठाउनेलाई पुरस्कारको घोषणा गरेको युनिटले नयाँ कलाकार र चुट्किला पठाउनेहरुका लागि आफ्नो ईमेल ठेगना janakkhadka72@gmail.com मा सम्पर्क गर्न अनुरोध गरेको छ ।