Similar Articles

गीतकार भगीरथ दाहालको 'अनुकम्पा' र 'आफ्ना पराया' सार्वजनिक

बिराट नेपाल

काठमाडौं,२२ साउन

 

गीतकार भगीरथ दाहालको एकल रचनामा रहेको आधुनिकगीतिएल्वम ‘अनुकम्पा’र उहाँद्धारा रचित गीति पुस्तक संग्रह ‘आफ्ना पराया’को चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, गायक रामेश श्रेष्ठ, गीतकार केशवराज राजभण्डारी, चर्चित संगीतकार राजु सिंहद्धारा लोकापर्ण सम्पन्न भएको छ । 


आधुनिक एल्वममा सुरेन्द्र श्रेष्ठको संगीतमा चर्चित गायक÷गायिका अन्जु पन्त, रामकृष्ण ढकाल, प्रमोद खरेल, बेनुका राई, दिपा महर्जन तथा सुरेन्द्र श्रेष्ठको स्वर रहेको छ ।
एल्वम अनुकम्पामा ६ वटा गीतहरु संग्रहित छन् । भने गीति संग्रहमा ७७ वटा गीतहरु रहेका छन् । 


लोकापर्ण समारोहमा गायिका द्धय बेनुका राई र दिपा महर्जनले गीत गाएका थिए । गायिका अन्जु पन्तको स्वरमा रहेको म रुँदा हास्ने बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । उक्त भिडियोमा  à¤¸à¤®à¥à¤ªà¤¦à¤¾ बानिँया, राजेन्द्र लुईटेल, रवि सुवेदी, रामकृष्ण श्रेष्ठ आदिको अभिनय रहेको छ । 


सोनाम पाख्रिनको निर्देशनमा अमृत सुनुवारको छायांकन तथा प्रविन श्रेष्ठको सम्पादन रहेको छ । कार्यक्रममा बोल्दै वरिष्ठ गायक रामेश श्रेष्ठले गीतकार भगीरथ दाहाल विदेशमा बसेर पनि नेपाली संगीत प्रतिको मायालाई खुलेर प्रशंसा गरेका थिए । उनले संगीतकार, गायक सबैको मेहनतले एउटा राम्रो एल्वम बनेकोमा खुसी व्यक्त गर्दै शुभकामना व्यक्त गरे । 


कार्यक्रमका प्रमुख अथिति मदन कृष्ण श्रेष्ठले अनुकम्पामा सबै प्रकारको गीत समेटेको र आफुलाई मन परेको एल्वम मध्यको एक भएको बताए । राम्रो सृजनालाई मिडियाले स्थान दिन आग्रहगर्दै रेडियोम ागीत बजाउँदा गीतकार, संगीतकारको नाम पनि प्रशारण गर्न अनुरोध गरे । 


त्यस्तै चर्चित संगीतकार राजु सिंहले एउटा उत्कृष्ठ एल्वम बनेको बताए । एल्वमको हरेक पक्ष राम्रो भएको बताउँदै सबैको मेहनतको प्रशंसा गरेका थिए । एल्वममा नेपाली मौलिक पन पाएको बताउँदै सिंहले संगीतकार सुरेन्द्र श्रेष्ठको प्रशंसा गर्नुका साथै शुभकामना दिए ।


 à¤—ीतकार तथा पूर्वनिर्वाचन आयुक्त केशवराज राजभण्डारीले गीति एल्वम तथा गीति संग्रहको सफलताको शुभकामना दिए । यस एल्वमको प्रस्तुतकर्ता भने अन्जु उप्रेति दाहाल रहेकी छन् । रंगीन संसार डट कम तथा मूलधार साप्ताहिक यसको मिडिया पार्टनर रहेको छ । 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक